Threshold International

Threshold International

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Threshold International, Education, Sydney.

“Fun learning videos for children, autism awareness for parents, and Nepali culture knowledge for the next generation 🌈”
हाम्रो बालबालिकाको भविष्यका लागि खेल्दै सिक्दै, संस्कार र संस्कृति संगै 🌈

25/11/2025

अटिजम (Autism) के हो?
अटिजम (Autism) कुनै रोग होइन। यो एउटा भिन्न तर सुन्दर विकासको शैली हो।
अटिजम भएका बच्चाहरूले संसारलाई फरक तर विशेष तरिकाले बुझ्ने क्षमता राख्छन्।

केही बच्चाहरू संख्या र मेमोरीमा असाधारण
केही कला, संगीत र सिर्जनात्मकतामा उत्कृष्ट
केही गहिरो सोच र कल्पनामा अद्भुत हुन सक्छन्।

यद्यपि, कहिलेकाहीँ उनीहरूलाई भीड, ठूलो आवाज, नयाँ मानिस, वा वातावरणको अचानक परिवर्तन अनुकूल हुन कठिन हुन सक्छ।
त्यसैले आमाको माया, बाबुको धैर्य, र परिवार तथा समाजको स्वीकार्यता नै उनीहरूका लागि सबैभन्दा ठूलो सहयोग हो।

अटिजम भएका बच्चाहरू कम बोल्न सक्छन्, तर उनीहरू कम बुद्धिमान् हुँदैनन्।
उनीहरू शान्त देखिन सक्छन्, तर उनीहरूका भावना गहिरो हुन्छन्।
उनीहरू फरक हुन्छन्, तर गलत कहिल्यै हुँदैनन्।

हामी सबैको सानो बुझाइ र सहयोगले उनीहरूको संसार धेरै उज्यालो बन्न सक्छ।
स्वीकार गरौँ, बुझ्ने प्रयास गरौँ, प्रेम र सम्मान दिन सिकौँ।

यस पेजमा हामी निम्न विषयहरू साझा गर्नेछौँ:
• अटिजमका लक्षण र चिन्हहरू
• बच्चाहरूलाई कसरी सहयोग गर्ने
• आमाबुवाका अनुभव र कथाहरू
• स्पीच, OT, र बिहेभियर थेरापी सम्बन्धी जानकारी
• बच्चाहरूका गतिविधि, सिकाइ तरिका र घरमै गर्न सकिने अभ्यास
• प्रेरणादायी सामग्री र शैक्षिक भिडियोहरू

यदि तपाईंको परिवारमा अटिजम भएको बच्चा छ भने, तपाईं एक्लो हुनुहुन्न।
हामी तपाईंलाई साथ र जानकारी दिन यहाँ छौँ।

Like, Follow र Share गरेर यो समर्थनको अभियानमा सहभागी हुनुहोस्।

24/11/2025

With Nepal Bihani Khabar – I just got recognised as one of their top fans! 🎉

21/11/2025

नयाँ यात्रा सुरु! 🎉
Hamro Kids & Culture TV मार्फत हामी ल्याउँदैछौँ —
🌈 रमाइलो खेल्दै सिकाउने भिडियो
🧩 Autism Awareness
🏡 नेपालि गाउँघर र संस्कृतिको ज्ञान

👉 साथ दिनुहोस्, Like + Follow बटन दबाउनुहोस् ❤️
Let’s build a bright future for our children together!

24/08/2023

प्रतियोगी : २६२ # नाम : गिता दुलाल # ठेगाना : मण्डनदेउपुर काभ्रे # नेपाली नारीहरुको महान पर्व हरितालिका तीज २०८० को पावन अवसरमा नेपालि कांग्रेस काभ्रे सांस्कृतिक शाखा द्वारा हामीहरुको कला संस्कृति र मैलिकतालाई जगेर्ना गर्ने उदेस्यले फेसबुक पेजमा एक महिने तीज फोटो प्रतियोगिता हुन लागिरहेको हो !
प्रतियोगीहरुले बिभिन्न पुरस्कार प्राप्त गर्न सक्नुहुनेछ ।प्रथम स्थान हाँसिल गर्ने बिजेताले नगद रु १० हजार र साडि द्वितीय स्थान हाँसिलगर्ने प्रतियोगीले ८ हजार नगद र साडि तृतीय स्थान हाँसिल गर्ने प्रतियोगीले ६ हजार नगद र साडि चौथो ले ४ हजार पांचौ ले २ हजार नगद पुरस्कार पाउनुहुनेछ ! साथै सम्पुर्ण प्रतियोगीहरुलाई प्रमाण पत्रले सम्मान गरिने छ !

#सहभागी हुनका लागी तयार गरिएका केहि नियमहरु

१) सहभागि हुनको लागी पेज like गर्नुपर्ने साथै फोटो
प्रतियोगितामा काभ्रे जिल्लाका महिला दिदीबहिनीहरुले मात्र सहभागी जनाउँन सक्नुहुने छ।

२) फोटो सफा, सिङ्गल र कुनै ब्यक्ति वा समुदाय कसै प्रति असर नपर्ने फुल फोटो हुनुपर्नेछ ।

३) फोटो साडी, कुर्था, लेंगा सहित हामीहरुको मौलिकता ,सांस्कृतिक झल्काउँने #तीजको (पोशाक) कपडामा हुनुपर्ने छ। (विदेशी, फेशननयुक्त कपडा लगाएको मान्य हुने छैन) उक्त फोटो यस पेजको Massage BoX अथवा WhatsApp न 9843574039 नम्बर मा पुरा नाम थर ठेगाना खुलाइ उपलब्ध गराउनु पर्नेछ।

४) फोटोमा Mention, Share गर्न सक्नुहुने छ बिजेताको छनोट Like को ७५% र कमेन्ट, सेयर साथै निर्णायक मण्डलको २५% छनोटमा विजेताहरू घोषणा गरीनेछ ।

५) फोटो प्रतियोगितामा कुनै पनि उमेरका महिला दिदी/बहिनीहरूले भाग लिन सकिनेछ ।

६) भोट तीजको अन्तिम दिन ऋषीपंचमिको १ दिन पछि दिंउसोको १२ बजे सम्म मात्र गर्न पाईनेछ र फोटो प्रतियोगिताको नतिजा ऋंषिपन्चमीको भोलि पल्ट घोषणा गरीनेछ।

७) प्रतियोगि सम्पुर्ण समय र स्थानमा अनिवार्य उपस्थिति भएको हुनुपर्ने छ ! ८)प्रतियोगी हरुलाइ थप आकर्षक पुरस्कार दिइने छ ! ९)पुरस्कार बितरण कार्यक्रम बनभोज गरेर गरिने भएकोले प्रतियोगी हरुले बनभोज कार्यक्रम को लागि रु १००० सहयोग गर्नु पर्ने छ ! बनभोज कार्यक्रम को लागि नगद दिन नसक्ने गरिब महिला दिदि बहिनि हरुलाइ निशुल्क सहभागि हुन सक्नुहुने छ ! १०)बनभोज कार्यक्रम मा बिभिन्न खेल खेलाइ अरु थप पुरस्कार दिइने छौ ! अन्य थप केहि पेजबाट आधिकारिक जानकारी गराउँने जानकारी गराउँदछौँ। धन्यवाद जय नेपाल

HOSPITALITY 17/11/2013

Information of Hospitality

HOSPITALITY 16/10/2013

Information of Hospitality

Contracting & Hospitality. 15/09/2013

Some field works and materials.

Want your school to be the top-listed School/college in Sydney?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Sydney, NSW
2064