Kevin Kpariyar - Gospel of Grace

Kevin Kpariyar - Gospel of Grace Sharing the truth about salvation through the Lord Jesus Christ and encourage those who know Him as Apologetic,Bible teaching & Gospel Preacher

06/11/2021

केहि उत्साहका वचनहरू

“यसकारण तिमीहरू प्रिय वालकहरूझैँ परमेश्वरका देखासिकी गर्नेहरू होओ; र प्रेममा हिँड, जसरी ख्रीष्टले पनि हामीलाई प्रेम गर्नुभयो, र मिठो बास्ना दिने सुगन्ध हुनाका लागि बलिदानकोरूपमा आफैलाई हाम्रा निम्ति परमेश्वरकहाँ अर्पण गर्नुभयो। (एफिसी ५:१-२)

उक्त उल्लेखित पदहरूले एउटा जीवन मार्गको अवधारणालाई व्यक्त गर्दछन् : “प्रेममा हिँड” भन्ने कुराले साधारण हिसाबले भेला हुँदा र भेटघाट हुँदा देखाईने प्रेमलाई दर्शाउँदैन तर वास्तवमा हामी आपसी प्रेममा रहेका छौं कि छैनौ भन्ने ठूलो प्रश्न खडा गर्दछ। प्रेममा हिँड्ने मानिसका पाऊहरू तेलमा चोपिएका हुन्छन् -व्यवस्था ३३:२४ अर्थात आत्माको भरिपूरीमा हिँडेका हुन्छन् -“यदि हामी आत्मामा जिउँछौं भने हामी आत्मामा हिँडौ।” (गलाती ५:२५) आत्मामा हिँड्ने मानिसको हिँड़ाई अरूकोभन्दा धेरै फरक हुन्छ अनि “येशूलाई हिंड्दै गर्नुभएको देखेर”-यूहन्ना १:३६ भने झैँ उसले आफ्नो हिंड़ाईलाई येशूको हिँड़ाई जस्तो बनाउने प्रयास गर्दछ। येशूलाई नै आफ्नो हिँड़ाईको प्रतिरूप र नमूना बनाउँछ -अनि ऊ आफै प्रेममा हिँडदछ। ख्रीष्टले आफ्नो हिँड़ाईमा पूर्णरूपले परमेश्वरलाई रिझाउनु भएको थियो अनि त्यसै गरी हामी पनि उहाँको पाईलामा टेकेर हिँड्नुपर्छ र परमेश्वरलाई रिझाएर हिँड्नुपर्छ। यो भन्दा उच्च सौभाग्य हाम्रा निम्ति अरू केहि पनि छैन। ख्रीष्टको पाईलामा टेकेर हिँड्ने सौभाग्य हामीलाई यस संसारमा दिएको छ, जुन संसारको बाटो भएर मुक्तिदाता स्वयंले यात्र गर्नुभयो अनि उहाँका चेलाहरू र प्रेरितहरूले पनि आफ्ना प्रभुको पाईलामा टेकेर हिँडेका कारण परमेश्वरका निम्ति प्रशन्नताको पात्र बनेका थिए अनि परमेश्वरलाई रिझाएका थिए ।

यसकारण “प्रेममा हिँड्नु” हाम्रो कर्तब्य हो। यस कर्तव्यलाई हामीले कहिल्यै हामीबाट पर नसारौं । यो गुण हामी जस्तै दु:ख-सु:ख भोगी मानिसहरूमा थियो-अर्थात प्रभुका प्रेरितहरूमा थियो। प्रभुका प्रेरितहरू यहि प्रेमको जीवनमार्गमा हिँडेका थिए। हामीसँग पवित्र आत्मा हुनुहुन्छ; ख्रीष्ट नै हाम्रो उदाहरण बनी हाम्रो अघि जानुभएकोछ। प्रेरितहरूको उदाहरण पनि हामीसँग छ।

भाइहरू हो, सबै मिलेर मेरो देखासिकी गर्ने होओ; अनि हामी तिमीहरूका नमूना हौँ; जो हामी जस्तै हिँडछन्-तिनीहरूलाई ध्यानपूर्बक हेर।” भनेर प्रेरित भन्छन्। (फिलिप्पी ३:१७)

प्रभुले हामीलाई उहाँको पदचिन्हमा हिंड्नलाई साथ दिनुभएको होस्। उहाँकै हात र साथमा रहन सहायता गर्नुभएको होस्; अनि हामी यस धर्तीको यात्रामा रहुन्जेलसम्म परमेश्वरलाई रिझाएर हिंड्न सकेका हौँ। उहाँको काम हामीबाट धेरै भएको होस् अनि त्यस कामबाट परमेश्वरको महिमा भएको होस् ।

Kevin Pariyar
Springfield MA

04/04/2021

एउटा पाखण्डीसित व्यवहार

तितस ३:१०-११ ले हामीलाई एक पाखण्डी व्यक्तिप्रति गरिने एउटा अनुशासनको ढाँचालाई प्रदान गरेको छ। “पहिलो र दोस्रो चेताउनी दिएपछि विभाजन ल्याउने मानिसलाई रद्द गर, यो जानेर कि यस्तो मानिस कुबाटो लागेको छ, र आफैद्वारा दोषी ठहरिँदै पाप गरिरहन्छ।”

अंग्रेजीको हेरेटिक भन्ने शब्द नेपालीमा पाखण्डी भनेर अनुवाद गर्न सकिन्छ। हेरेटिक अर्थात पाखण्डी शब्दलाई ग्रीकमा ‘एउटा रोजाई, व्यवहार र बिचारको गति अर्थात कार्य, या हठी अर्थात लिंडेढिपी गर्ने व्यक्ति भन्ने अर्थ जनाउँछ। एक व्यक्ति जसले उसको आफ्नै बिचारको गति रोज्छ अनि स्वेच्छा अनुसारको बिचार व्यक्त गर्छ र लिँडेढिपी गर्छ भने त्यस्ता व्यक्तिलाई पाखण्डी भनिन्छ। पाखण्डी व्यक्तिले विभाजन ल्याउने काम गर्छ। उसले आफ्नो स्वेच्छा अनुसारको विचार प्रकट गर्छ अनि देखावटी अर्थात शानदार शिक्षाहरूमा जोड दिन्छ र उसको विचारहरूलाई समर्थन गर्नेहरूसित मिलेर एउटा दल र समूह गठन गर्छ । यसले मण्डलीमा गम्भीर खतरा ल्याउँछ। एउटा पाखण्डी व्यक्ति आफ्नो मौलिक सिद्धान्तमा ठिकै हुन सक्छ तर आफ्नो रोजाई अनुसारको बिचार र अनौठो दृष्टिकोण ल्याएर आफ्ना वरिपरी एउटा दलको गठन गर्नु चाहिँ उसको खराबी हो।

मण्डलीको ईतिहासमा पाखण्डता अर्थात फरकमत चाहिँ कट्टरपन्थी बिश्वास भन्दा विपरित कुरा हो तर ‘पाखण्डता’ को वस्तविक अर्थ चाहिँ स्वेच्छा हो। जहाँ-जहाँ पाखण्डताले काम गर्छ, यसले सिधै दल र पन्थ उत्पन्न गर्छ अर्थात यसले मण्डलीमा फूट ल्याउने काम गर्छ।

यस्ता व्यक्तिलाई एक-दुई पल्ट सम्झाउनु पर्छ अर्थात चेताउनी दिनु पर्छ। यसो गरेर उसलाई हामीले उसको पापको गम्भीरताको स्मरण गराउन सक्छौं त्यस त्यसको डरलाग्दो परिणामको बारेमा चेताउनी दिन सक्छौं। यदि उसले उसको दलबन्दी र बिरोधी मतको व्यवहारलाई दोबर चेताउनी दिँदा पनि मान्दैन भने उसलाई टाडा राख्नुपर्छ र उसँगको सबै संसर्गलाई अन्त्य गर्नुपर्छ। मण्डलीले दिएको सरसल्हालाई बारम्बार ईन्कार गरेर उसले आफ्नो वस्तविक रुप देखाउँछ भने उसलाई मण्डलीमा स्थान दिनु उचित हुँदैन। यसले उसको बरालिएको अवस्थालाई देखाउँछ अनि यस्तो मानिस आफ्नो पापबाट नफर्किने एउटा टेड़ो मानिस हो जो सहि मार्गमा फर्किन चाहँदैन। यस्तो मानिसमा आत्मिक अभिमान प्रकट भएको हुन्छ अनि ऊ आफै दोषी ठहरिएको हुन्छ। यसैले यस्तो मानिस संगतिका लागि योग्य छैन भन्ने स्पष्ट हुन्छ र यस्तो मानिसलाई गूठबन्दी र विभाजनकर्ताको रूपमा संगतिबाट अस्वीकार गर्नुपर्छ।

यसरी मान्न पनि सकिन्छ कि यस्तो मानिस मण्डलीबाट आफै बाहिर जान सक्छ किनभने उसले आफ्नो इच्छा अनुसारको मार्गलाई स्थापित गर्न सकेन। तर यस्तो पाखण्डी मानिसलाई मण्डलीबाट एउटा दुष्ट मानिसको रूपमा बहिष्कार गरिएको कुरा उल्लेख छैन। सायद यो तितसको पत्रि चाहिँ एउटा व्यक्तिलाई लेखेको कारणले मण्डली उल्लेख नगरिएको हुन सक्छ। यदि मानिसहरूले तिनको कुरा मानेनन् भने तिनी आफै उनीहरूबाट अलग रहनु पर्थ्यो जसको परिणाम यहि हुन्थ्यो कि त्यो पाखण्डी व्यक्ति जसले आफ्नो मार्गलाई बदल्न चाहेन ऊ आफै मण्डलीबाट बाहिर निस्केर जान्थ्यो। यस्तो किसिमको अनुशासनको अभ्यासले कि त् त्यस व्यक्तिलाई तोड्दछ र सुधार गर्छ कि त ऊ अझै कठोर बन्दै जान्छ संगतिबाट आफै पछि हट्छ। यदि त्यो व्यक्ति मण्डलीमा रहनुपर्छ भने उसलाई निश्चय पनि सार्वजनिक हप्काईको दायरामा राख्नुपर्छ र मण्डलीका सामूहिक सबै कार्यहरूमा चुप लगाउनुपर्छ। अनि ऊसँग कुनै संगत राख्नु हुँदैन। यस्तो मुद्दा अझ खराबरूपले बिकसित हुँदैन गयो भने त्यस्तो व्यक्तिलाई एउटा दुष्ट व्यक्तिको रूपमा बहिष्कार गर्नु जरूरी पर्छ जसरी एउटा दुष्ट व्यक्तिलाई कोरिन्थीको मण्डलीबाट अलग गरिएको थियो। (१ कोरिन्थी ५:१३)

विभाजन सृजना गर्नेहरूलाई चिनिराख्नु अनि अलग रहनु-रोमी १६: १७,१८ मा विभाजन सृजना गर्नेहरूको सम्बन्धमा दिएको आदेशले हामीले माथि उल्लेख गरेको बिषयसँग धेरै नजिकको सम्बन्ध राखेकोछ। “अब हे भाईहरू हो, म तिमीहरूलाई विन्ती गर्दछु, जुन शिक्षा तिमीहरूले सिकेका छौ, त्यसको विपरित फाटो ल्याउने र ठक्कर खुवाउनेहरूलाई चिनिराख, र तिनीहरूबाट टाडा बस। किनकि त्यस्ता मानिसहरू हाम्रा प्रभु येशू ख्रीष्टको सेवा गर्दैनन्, तर आफ्नै पेटको सेवा गर्दछन्; अनि मिठा बोली र चिप्ला कुराहरूद्वारा सिधा-सोझाहरूका हृदयहरूलाई ढोका दिँदछन्।

एउटा विभाजन सृजना गर्ने मानिसले गर्ने काम यहि हो। जस-जसले उसको विचारलाई अनि उसलाई समर्थन गर्छन् उनीहरूलाई आफ्नो वरिपरी भेला गराउने प्रयास गर्छ। यसको परिणाम यहि हुन्छ उसले भित्र गरेको फूटको कारण बाहिरी विभाजनमा पुर्र्याउँछ । असन्तुष्टहरू आफै बाहिरिन्छन् र हामी हाम्रै इच्छा अनुसार चल्छौं भन्दै हिँडन थाल्छन्। जो कोहि आफ्नै विचार अनुसार हिँडन चाहन्छन् अर्थात एक किसिमको शिक्षालाई पालन गर्छन् र आफ्ना दाजुभाईहरूबाट बाहिरिन्छन् तिनीहरूनै विभाजन सृजना गर्नेहरू हुन् र यस्ताहरूलाई चिनी राख्नु पर्छ र यस्ताहरूबाट अलग बस्नु पर्छ; हामी तिनीहरूबाट पर हट्नु पर्छ । यो शब्दले मूल ग्रन्थमा ‘त्याग गर्नु’ भन्ने अर्थलाई जोड दिएको छ।

पावलको दिनमा पनि सम्भवत यस्ता विभाजन गर्नेहरू थिए जसले अन्त कतै विभाजन उत्पन्न गरेका थिए। यस्ताहरू कुनै बेला रोममा आए भने तिनीहरूलाई चिनीराख्नु र त्यस्ताहरूबाट अलग रहनु भनेर प्रेरित पावलले रोमका ख्रीष्टियनहरूलाई आदेश दिएर लेखेका थिए, किनभने तिनीहरूले प्रभु येशू ख्रीष्टको सेवा गर्दैनन्, तर आफ्नै पेटको सेवा गर्दछन्; अनि मिठा बोली र चिप्ला कुराहरूद्वारा सिधा-सोझाहरूका हृदयहरूलाई ढोका दिँदछन् भनेर सजक गराएका थिए।

ख्रीष्टियनहरूलाई दुष्टताबाट भाग्नु अर्थात अलग रहनु भनी बताइएको छ, तर एउटा व्यक्तिको पारामा लागेर कसैको आफ्नो विचारमाथि जोड दिएर विभाजन रच्नु चाहिँ हामीले पवित्र शास्त्रबाट सिकेको शिक्षाको विपरितमा चल्नु हो। हामीलाई त “आत्माको एकता कायम गरेर शान्तिको बन्धनमा परिश्राम गर्नलाई” पो पवित्र शास्त्रले सिकाएको छ। (एफिसी ४:३) यसकारण, जब धार्मिकता, सत्यता र पवित्रतालाई कायम गर्न असम्भव हुन्छ तब मात्र अधर्मलाई अभ्यास गरी बढुवा दिनेहरूका माझबाट अलग हुनुपर्छ। यस्तो अवस्थामा मात्र नामधारी ख्रीष्टियनहरूका बीचबाट विभाजन गर्नु पर्ने आवश्यकतालाई उचित ठान्न सकिन्छ। (२ कोरिन्थी ६:१४-१८ र २ तिमोथी २:१९-२२

04/02/2021

समस्त मण्डलीको निम्ति कार्य गर्नु- स्थानीय मण्डलीले सदैव यो याद राख्नु पर्दछ कि यो कार्य गर्नु चाहिँ परमेश्वरको समस्त मण्डलीको स्थानीय प्रतिनिधित्व गर्नु हो अर्थात एक स्थानीय मण्डलीको अभिव्यक्ति हो र यस्तो कार्य गर्नु भनेको सबै जग्गामा भएका मण्डलीका निम्ति गर्नु हो। मण्डली एउटा शरीर हो, त्यसैले मण्डलीहरू एक अर्काबाट स्वतन्त्र रहन्छ भन्ने कुरा बाइबलमा पाईंदैन। ख्रीष्टको शरीरको एकताको सत्यतालाई कायम गर्नलाई अनि शान्तिको बन्धनमा आत्माको एकता राख्नलाई एउटा मण्डलीले गरेको सबै साँचो अनुशासनको अभ्यासलाई सबै मण्डलीहरूले स्वीकार गरी सहमत हुनुपर्छ। परमेश्वरको वचन अनुसार एउटा स्थानीय मण्डलीमा जुन कुरा बाँधिएको हुन्छ त्यो स्वर्गमा बाँधिएको हुन्छ अनि पृथ्वीको जुनै ठाउँमा पनि बाँधिएको हुन्छ। मण्डली चाहिँ प्रभुको अधिकारलाई प्रतिनिधित्व गर्ने एउटा पात्रको रूपमा उत्तरदायी रहेको हुन्छ र उनीहरूका बीचमा जे गरिएको हुन्छ त्यो प्रभुको इच्छा अनुसार गरिएको हुनुपर्छ र त्यो सबै स्थानका मण्डलीहरूका निम्ति गरिएको हुन्छ।

यसो भन्नुको अर्थ स्थानीय मण्डलीले पनि प्रभुप्रति जिम्मेवारी भएर कुनै पनि न्यायका फैसलाहरू गर्नुपर्छ। यदि त्यस मण्डलीको कारवाही सबै मण्डलीहरूमा बाँधिएको हुन्छ भने, त्यस मण्डलीले परमेश्वरको वचन अनुसार कारवाही गरेको हुनुपर्छ र अन्याय जग्गामा रहेका मण्डलीहरूको विवेकलाई सन्तुष्ट पारेको हुनुपर्छ। उनीहरूको कारवाहीको चरित्र यस्तो हुनुपर्छ ताकि यस कारवाहीप्रति कसैले प्रश्न उठाए या खोज तलास गर्दा पनि उनीहरूलाई धार्मिक साबित गर्न सक्ने कार्य गरिएको हुनुपर्छ। यस्तो कारवाहीको कार्य जहिले पनि प्रभुको नामको खातिर अनि प्रभुको वचन अनुसार गरिएको हुनुपर्छ। कुनै मण्डलीले गलत किसिमले कुनै कारवाहीलाई अगाडी बढाउँछ र अन्य जाग्गाका मण्डलीहरूलाई पनि त्यस गल्तिको सहभागी गराउँछ भने उनीहरूको न्याय प्रभुले आवश्य गर्नुहुन्छ, किनभने प्रभुले एफिसिको मण्डलीलाई “मलाई तिम्रो काम थाहा छ” भनेर भन्नुभएको छ।

Excerpt from “The Church of the Living God” by R.K.Campbell-Translated.

11/28/2020

साँचो भक्तिको रहस्य ( २१ तिमोथी ३:१६)

जब हामी प्रभु येशूले अदभूत किसिमले यस संसारमा प्रवेश गरेको बिषयलाई बिचार गर्दछौं, उहाँ एक कन्यको गर्भबाट आउनुभएको देख्दछौं। (लूका १-२) उहाँ यस संसारमा मृत्युलाई अंगाल्न आउनुभएको देख्छौं। (यूहन्ना १९:३८-४१) उहाँ यस संसारमा पु:नरूत्थानको संसारमा प्रवेश गर्न आउनुभएको देख्छौं।(यूहन्ना २०) उहाँ स्वर्गरोहण हुनलाई आउनुभएको थियो। (लूका २४:५०-५१; प्रेरित १:९) यी सबै घट्नाक्रमलाई पावलले एउटा भक्तिको रहस्य महान छ भनेर भनेकाछन्। यस भक्तिको रहस्यमा ६ वटा कदमलाई संकेत गरिएकोछ : पावलले यी ६ कदमलाई यस्तो सारंश दिएका छन्: “यसमा विवाद छैन, भक्तिको रहस्य महान छ- (१) परमेश्वर शरीरमा प्रकट हुनुभयो (२) आत्मामा धर्मी ठहरिनुभयो (३) स्वर्गदूतहरूद्वारा देखिनुभयो (४) अन्यजातिहरूकहाँ प्रचारिनुभयो (५) संसारमा बिश्वास गरिनुभयो (६) महिमामा माथि लगिनुभयो।” (१ तिमोथी ३:१६)

धेरैका लागि भक्तिपूर्ण जीवन अर्थात ईश्वरीर्य जीवन भनेको बिहान बेलुका प्रार्थना गर्नु, बाइबल अध्ययन गर्नु, सेवा संगतिमा लाग्नु ईत्यादि हुनसक्छन् किनभने यी कुराहरू पनि भक्तिका पाटाहरू नै हुन्। तर भक्तिको रहस्य चाहिँ उक्त ६ कदमलाई मनन् गर्नु, चिन्तन गर्नु अनि ती नै कदमको सत्यतामा जिउनु हो ।

10/02/2020

ओरिजिनल (ORIGINAL) नामको व्यख्याप्रति छोटो प्रतिक्रिया

समानन्तर रहेका दुई भाषाहरू हिब्रु र अरामिक मै दुई फरक रुप देखियो । हिब्रुको यहोशूआ अरामिकमा लैजाँदा येशूआ भयो भने पूर्णरूपले फरक रहेको भाषा ग्रीकमा लैजाँदा अलिक फरक देखिनुमा कुन चाहिँ ठूलो कुरा भयो र? ग्रीक बर्णमालामा चाईएको अक्षर “sh” श भईदिएको भए सायद त्यति फरकरुप बनाउने थिएनन् होला । बिचराहरूले कोशिस गरेर IESOUS सम्म त सक्दो मिलाएका रहेछन्। यदि ग्रीकमा “श” अक्षर भएको भए सायद उनीहरूले त्यस्तै राख्ने थिए होलान। अनि ग्रीकमा कसैको नामको अन्तमा “आ” राख्दा स्त्रिवाचक नाम नहुने भएको भए उनीहरूले येशूआ IESOUA नै राख्ने थिए होलान्। भाषान्तर (transliterate) गर्दा ग्रीकमा “SH” अक्षर नभएको हुँदा यसरी प्रयोग गरिएको प्रमाण हुन्छ। यी सबै प्राविधिक कुरा हुन् | भाषागतरूपले हेर्दा यस्ता कठिनाई सबैलाई आइपर्छन्।यो मानोमानी ढंगले परिवर्तन गरिएको थिएन तर भाषन्तर गर्दा प्राविधिक बाध्यताले त्यसरी बदलाइएको देखिन्छ। यदि नयाँ नियम ग्रीकमा लेखिएका हुन् भने, प्रभुका चेला लूका, मर्कूस, यूहन्ना र अन्य प्रेरितहरूले ग्रीकरूपलाई नै प्रयोग गरेका थिए भन्ने स्पष्ट देखिन्छ। यूहन्ना १:४१ मा अन्द्रियासले पत्रुसलाई भन्छन्, “हामीले मशिहलाई भेटायौं जसको अर्थ ख्रीष्ट हो” भनेर ग्रीकमा अनुबाद गरी-गरी बताउँछन्। यो किन अनुबाद गरी गरी यहाँ राखिएको हो सो मैले बुझेको छैन। नयाँ नियम ग्रीकमा लेखिएको थिएन र प्रभुका चेला र प्रेरितहरूले ग्रीकरुप चलाएका थिएनन् भन्ने कुरा पनि प्रमाणित गरेर देखाउनु परयो। होइन भने यो ओरिजिनल (original) नामको ब्याख्या दिशाहीन दर्शन बाहेक अन्य केहि हुन सक्तैन। अर्को भिडियोमा नयाँ नियम ग्रीकमा लेखिएको थिएन र नयाँ नियमका लेखकले हिब्रु नाम मात्र चलाएका थिए भन्ने पनि ब्याख्या गर्नु परयो हजुर ।

अर्को कुरा JESUS नामप्रति धेरै आपति जनाउन खोजेको देखियो तर दाजुको आफ्नै ब्याख्याले यसो पनि भन्दै थियो कि कि JESUS Swiss भाषा अनुसार Yesus थियो । किनकि Swiss भाषामा letter J लाई Y लवज मा भनिन्थ्यो। त्यसको मतलब Geneva बाईबल conference ले पनि YESUS नै बनाएका रहेछन्। तर जर्मन र अंग्रेजीमा आउँदा J (ज) sound आउने हुनाले JESUS भएको त रहेछ नि। यो भिडियो हेरेर मलाई कुनै नौलो कुरा लागेन । म आफै हिब्रु-अरामिक नामप्रति पूर्ण आदर, सम्मान र भक्ति राख्छु तर अन्य भाषाहरूमा जसरी भनिन्छ ती सबैलाई पनि उतिकै आदर र सम्मान राख्छु । एकोरो दाबी, विभाजित मनस्थिति र पाखण्डता नै यस गतिविधिको खराबी हो। प्रभुको नाम सम्बन्धि गरिएको चर्चा कुनै झुटो शिक्षा होइन । प्रभुको नाम हिब्रु अरामिकमा यहोशूआ- येशूआ नै हो यसमा कुनै दुईमत छैन। तर दाबि एकोरो भयो अनि यसै बिषयलाई लिएर विभाजन गरियो। यो चाहिँ खराबी हो, पाखण्डता हो।

अर्को कुरा म origina (ओरिजिनल) नामको भन्दा पनि उचालिएको नामको चर्चा गर्न चाहन्छु । प्रेरित २:३६ ले भन्छ, “जुन येशूलाई अर्थात येशूआ लाई ईस्राएलीहरूले क्रूसमा टाँगे, उहाँलाई नै परमेश्वरले प्रभु र ख्रीष्ट तुल्याउनुभयो।” परमेश्वरले उहाँलाई प्रभु बनाउनुभएको छ । प्रेरित कर्मको किताबमा “येशू अर्थात येशूआ” नाम भन्दा बढ्ता “प्रभु” नाम प्रयोग भएको छ । मैले येशूआ भन्न जानिन अर्थात येशूआ भनिन तर आफ्नो भाषामा येशू भनेको छु अनि हरदम प्रभु भनेको छु । उही प्रभु मण्डलीका शिर हुनुहुन्छ। एफिसी १: २१-२३ अनुसार त्यहि नाम सबै नामभन्दा उच्च छ भनेर भनिएको छ । प्रिय दाजु कृपा गरी original नामभन्दा पनि उचालिएको नामको चर्चा गर्नुहोस् । उचालिएको नाम अल्फा र ओमेगा हो, परमेश्वरका पुत्र हो, बचन हो, जीवनको रोटि हो, जीवानको पानी हो, जीवनको ज्योति हो इत्यादि। तपाईले कष्ट गरि निर्माण गरेको भिडियोमा तपाईका समर्थकहरू हाजिर हुनु पर्नेथ्यो । सबैले yes, आमेन र थप तथ्य थप्नु पर्ने थियो अनि पो सबैले धेरै बुझेर गएका रहेछन् भनेर जानिन्थ्यो । कसले तपाइको भिडियो share गर्छ ? कसले तपाइको भिडियोलाई comment गरी थप जानकारी दिन्छ ? मैले त तपाई एक्लै देख्दैछु।

07/27/2020

जन्ममा दिएको नाम अर्थात उहाँले मानव अवतार लिँदा पाउनु भएको नाम - The name given at His Birth कुरा साँचो हो कि परमेश्वर स्वयंले नै आफ...

06/24/2020

http://thesaviorofworld.blogspot.com/2020/06/variations-in-languages.html

भाषाको विविद्दता-Variations in Languages अब येशूआ नाम जो अहिले प्रचलित हुन आएको छ त्यो नाम हिब्रु नाम नै थियो तर त्यो नामलाई एउटा ...

06/16/2020

“दाजु भाईहरू एकतामा एकसाथ बस्नु चाहिँ कति असल र कति मनोहर कुरा हो ! यो त शिरमाथिको उत्तम तेल जस्तो हो, जो दाह्रीमा, अँ हारुनको दाह्रीमा बगेथ्यो, जो बग्दै बग्दै उनका बस्त्रहरूको किनारासम्मै पुगेथ्यो। यो हर्मोन पर्वतको शीतजस्तो हो, जो सियोनका पहाडहरूमाथि खस्छ; परमप्रभुले त्यहि नै आशिष, अर्थात सदा सर्वदा रहने जीवन ठहराउनुभयो।” (भजन १३३)

जब परमेश्वरका लोगहरूबीचमा झैझगडा, विवाद, बेमेल र विभाजन उत्पन्न हुन्छ त्यसबेला प्राय हामी सबैले सम्झिने, पड्ने र उद्धृत गर्ने शास्त्रको खण्ड भनेकै भजनसंग्रह १३३ अध्याय हो। किनभने भजनसंग्रह १३३ अध्यायमा एउटा अनमोल स्थानको उल्लेख छ। यस्तो अवस्था नै सबैको हृदयको चाहना बन्दछ। यहाँ एउटा मनोहर अवस्थाको उल्लेख छ। यो एउटा असल र रहर लाग्दो अवस्था हो जहाँ रहीरहौं जस्तो लाग्छ। यो अवस्थाको चाहना हाम्रो हृदयले गर्दछ। किनभने यो एउटा आशिषको स्थान हो। यो एउटा जीवनको अवस्था हो। (३ पद) तर यस्तो असल, मनोहर, आशिषमय र जीवनलेपूर्ण अवस्थामा कसरी प्रवेश गर्ने भनेर यस अध्यायमा कुनै त्यस्तो अर्ती, उपदेश र आज्ञहरू दिएको छैन। यस अध्यायमा एकताको अवधारणा अर्थात एकताको आईडिया (IDEA) मात्र पाइन्छ तर अर्ती (INSTRUCTION) भने पाइन्दैन। यहाँ त पहिला नै स्थापित अवस्थाको उल्लेख छ।
यस्तो मनोहर अवस्थामा पुग्ने प्रक्रिया अर्थात अर्ती चाहिँ हामी नयाँ नियममा पाउँदछौं । नयाँ करारको हिब्रुको पत्रि ३: १-१४ सम्मलाई राम्ररी अध्यान गर्दा एकताको क्षेत्रमा प्रवेश गर्ने बिशेष आधार दिएको पाउँदछौं। हिब्रु ३ अध्यायमा दाजुभाई दिदीबहिनीको सम्बन्ध सामान्य मानव समाजको सम्बन्ध जस्तो छैन। यो सम्बन्ध अर्थात एकता दुई महान सत्यातामा आधारित रहेको उल्लेख छ। पहिलो सत्यता “यो पवित्र सम्बन्ध हो” भने दोस्रो सत्यता यो “स्वर्गीय बोलावटका भागिदारहरूको” सम्बन्ध हो। यहाँ भाईहरूलाई सामान्य भाईहरू मात्र भनिएको छैन तर “पवित्र भाईहरू र स्वर्गीय बुलावट पाएकाहरू” भनेर भनिएको छ। अब यस पवित्र सम्बन्ध र स्वर्गीय बुलावटलाई यस धर्तीमा कायम राख्नलाई “हामीले स्वीकार गरेका प्रेरित र महापूजाहारीलाई अर्थात ख्रीष्ट येशूलाई ध्यान देओ” भन्ने अनमोल आज्ञ दिएको छ। हामीलाई यस पवित्र सम्बन्धको एकता भित्र राख्ने एउटै मात्र माध्यम भनेको प्रभु येशू स्वयं हुनुहुन्छ अनि हामी सबैलाई उहाँलाई नै ध्यान दिन, उहाँलाई नै हेर्न र उहाँमा नै लागिरहनलाई आदेश दिएको छ। हामीलाई एकताको सुत्रमा बाँधिराख्नलाई प्रभु येशूको दुई किसिमको सेवाको उल्लेख गरिएको छ। यहाँ प्रभु येशूलाई “प्रेरित र महापूजाहारी” को दर्जामा देखाइएको छ अनि उहाँले हामीलाई यी दुवै दर्जाबाट सेवा गर्नुहुन्छ जसको कारण हामी उहाँमा एक भई रहन सक्छौं। प्रभु येशू ख्रीष्टको प्रेरितिक पद वा सेवाले हामीलाई सिक्षा, सिद्धान्त र अर्ती दिने काम गर्नुहुन्छ । प्रभु येशूको शिक्षामा ध्यान लगायौं भने हामी आपसी मेलमिलापमा रहन सक्छौं। दोस्रो प्रभु येशूले हाम्रा लागि महापूजाहारीको दर्जामा रहेर सेवा गर्नुहुन्छ। “किनकि हाम्रा महापूजाहारी हाम्रा दुर्बलताहरूमा दुखित हुन नसक्ने हुनुहुन्न ; तर हामीहरूझैँ उहाँ सबै कुरामा परिक्षित हुनुभयो, तरै पनि पापरहित हुनुहुन्छ।यसकारण हामी साहससँग अनुग्रहको सिंहासनको नजिक जाऔं र दया पाऔं, अनि खाँचो पर्दा सहायता पाउनलाई अनुग्रह प्राप्त गरौं।” (हिब्रु ४:१५-१६) प्रभु येशू ख्रीष्टको यी दुई सेवाले हामीलाई एकतामा राखिराख्न सक्छ, जबसम्म हामीले उहाँलाई हेर्दछौं, उहाँका आज्ञाहरू र वचनमा ध्यान दिन्छौं। हामी कम्जोर र दुर्बल बन्दा हाम्रा बिश्वासका कर्ता र सिद्ध तुल्याउनु हुने महा पूजाहारी येशूलाई हेर्दछौं भने उहाँले हामीलाई टिठाउनुहुन्छ, हामीलाई सुधार र सिद्ध गर्दै उहाँमा राख्नुहुनेछ। यसकारण जुनै अवस्थामा पनि यदि हामी हृदयको सत्यमा, हृदयको बिनम्रतामा, अनि बिश्वास र भरोसामा प्रभु येशूको मार्गलाई ध्यान दिन्छौं भने, भजन १३३ को अवस्थामा पुग्न सम्भव छ। स्वर्गीय दाजु निलसर्टले कतै भन्नुभएको थियो, “कुनै सिद्धान्त (Doctrine) ले हामीलाई एकसाथ राख्न सक्तैन, तर प्रभु येशू ख्रीष्टले मात्र हामीलाई एकसाथ राख्न सक्नुहुन्छ।” अब प्रभु येशूलाई कसरी पूर्णरूपले सामूहिक ढंगले अंगाल्ने र उहाँमा एक भईरहने ? हिब्रु ३ अध्यामा करिब ३ पटक जति “तिमीहरूका हृदय कठोर नपर” भनेर उल्लेख गरिएको छ।(८, १३ र १५ पदमा) हामीहरूबीचको एकताको बाधक भनेकै हाम्रो हृदयको कठोरता हो। विवाद र गडबडी आएका बेला सबैभन्दा धेरै उत्पन्न हुने आचरण ‘हृदयको कठोरता’ नै हो। ८ पदमा उजाडस्थानमा ईस्राएलीहरूको हृदयको कठोरताको कुरा गरिएको छ, १३ पदमा हाम्रो आफ्नै पापको छलदूवारा हाम्रो हृदय कठोर नबनोस् भनिएको छ भने १५ पदमा यदि हामीले उहाँको आवज सुनेकाछौं भने हृदय कठोर नपार्नलाई अर्ती दिएको छ। हाम्रो हृदयको कठोरतानै एकताको बाधक र शत्रु हो। १२ पदमा हामीलाई परमेश्वरदेखि टाडा लैजाने अबिश्वासको खराब हृदय आउने कुरामा होशियार रहनलाई आदेश गरिएको छ भने १३ पदमा एकले अर्कालाई अर्ती दिँदै पापको छलमा नपर्न आदेश दिएको छ। १४ पदमा प्रभु येशूप्रतिको भरोसामा अटुट बिश्वास राख्नलाई आदेश दिएको छ। यी चारवाटा पद (१३-१५) लाई ईमान्दारिताका साथ ध्यान दिएमा यो पवित्र सम्बन्ध अटल रहन सक्छ। प्रिय दाजुभाई दिदीबहिनीहरू, हामीले हाम्रो हृदयलाई जाँच गरौं कि हाम्रो हृदयको कठोरताले गर्दानै यस्तो फूट, बेमेल र बिभाजन हामीबीच व्याप्त भएको हो कि?

10/26/2019

“परमप्रभुको भय नै ज्ञानको शुरू हो ।” ( हितोपदेश ९:१०)

साँचो अर्थात धार्मिक भयलाई तीन कुराहरूदूवारा पहिचान गरिन्छ; सहि भयले पापलाई गम्भीररूपले महसुस गराउँछ; यसले पश्चतापतर्फ डोर्याउँछ र ख्रीष्टमा बाँच्ने बिश्वास दिलाउँछ; यसले मानिसको हृदयमा परमेश्वरप्रति एउटा पवित्र आदर र भक्ति सृजना गर्दछ, उहाँको वचन र मार्गलाई आदर गर्ने बनाउँछ । कोमल हृदय राख्न उत्प्रेणा गर्दछ र ख्रीष्टदेखि टाडा लाने र पवित्र आत्मालाई सन्ताप गर्ने कुनै कुराबाट पछि हट्ने बनाउँछ । शत्रुलाई निन्दनीय ढंगले बोल्न उस्काउने कुरा र ख्रीष्टको नामको अनादार हुने कुराबाट अलग रहने बनाउँछ ।

10/14/2019

“Many a man claims to have unfailing love, but a faithful man who can find?” (Proverbs 20: 6).

Many people will profess faithfulness, but very few will demonstrate it. The virtue of faithfulness is often costly, and few people are willing to pay the price. But for the godly person, faithfulness is an absolutely essential quality of his character, regardless of what it might cost.

Address

Springfield, MA
01108

Telephone

+14138856113

Website

Alerts

Be the first to know and let us send you an email when Kevin Kpariyar - Gospel of Grace posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category