Ramadi Basic School, Pokhara- 21

Ramadi Basic School, Pokhara- 21

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ramadi Basic School, Pokhara- 21, Education, united state, Los Angeles, CA.

05/28/2025

🚗 Why overspend? Get HD clarity, night vision, and wide-angle views for a fraction of the cost!
👇 Click below to grab yours!

Photos from Ramadi Basic School, Pokhara- 21's post 01/09/2019

अनिको संसारको साथी नेपालको सहयोगमा १७ जना विद्यार्थीलाई न्यानो टोपी वितरण ।

02/05/2018
09/29/2016

यस विद्यालयको आगन्तुक विद्यार्थी भर्ना कार्यक्रम अन्तर्गत असोज 12 सम्म विभिन्न बोर्डिङ स्कुलका नर्सरी देखि कक्षा ३ सम्म मात्र ४५ जना भर्ना भइसकेका छन् । भर्ना कार्यक्रममा अहोरात्र खटेर प्रत्यक्ष सहयोग गर्नुहुने समाजसेवी तथा शिक्षक अभिभावक सङ्घका अध्यक्ष श्री समन बहादुर गुरुङ प्रती विद्यालयले हार्दिक सम्मान व्यक्त गर्दछ । साथै हामिलाइ बिश्वास गरेर विद्यार्थी भर्ना गर्नुहुने सम्पुर्ण अभिभाभकहरु लाई हार्दिक धन्यवाद ।
भर्ना म्याद असोज २९ गतेसम्म रहेको छ । निशुल्क पाउन सकिने भर्ना फारमको लागि विद्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ वा ९८४६२८१९३० मा सम्पर्क गरी प्राप्त गर्न सक्नुहुनेछ ।
भर्ना अभियान तथा योजना निर्माणमा निरन्तर खट्नुहुने विद्यालयका शिक्षकशिक्षिका दिल कुमारी पौडेल , नारायणी बराल, लक्ष्मी खत्री , सुनिता बराल तथा स्वयममसेवकहरु वीना गुरुङ , मोहन पौडेलज्यु लाई हार्दिक शुभकामना !

09/19/2016

यस विद्यालयको आगन्तुक विद्यार्थी भर्ना कार्यक्रम अन्तर्गत असोज २ सम्म विभिन्न बोर्डिङ स्कुलका नर्सरी देखि कक्षा ३ सम्म मात्र २० जना भर्ना भइसकेका छन् । भर्ना कार्यक्रममा अहोरात्र खटेर प्रत्यक्ष सहयोग गर्नुहुने समाजसेवी समन बहादुर गुरुङ प्रती विद्यालयले हार्दिक सम्मान व्यक्त गर्दछ । साथै हामिलाइ बिश्वास गरेर विद्यार्थी भर्ना गर्नुहुने सम्पुर्ण अभिभाभकहरु लाई हार्दिक धन्यवाद ।
भर्ना म्याद असोज २९ गतेसम्म रहेको छ । निशुल्क पाउन सकिने भर्ना फारमको लागि विद्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ वा ९८४६२८१९३० मा सम्पर्क गरी प्राप्त गर्न सक्नुहुनेछ ।
भर्ना अभियान तथा योजना निर्माणमा निरन्तर खट्नुहुने विद्यालयका शिक्षकशिक्षिका दिल कुमारी पौडेल , नारायणी बराल, लक्ष्मी खत्री , सुनिता बराल तथा स्वयममसेवकहरु वीना गुरुङ , मोहन पौडेलज्यु लाई हार्दिक शुभकामना !!!

09/07/2016

" समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी" आदर्श वाक्यका साथ २०७३ सालको शिक्षा दिवसलाई यस विद्यालयले भित्तेलेखन तथा आधारभूत तह स्तरीय शिक्षासम्बन्धी अनुलेखन प्रतियोगिता गरी मनाउने तयारी गरेको छ ।

09/01/2016

आज मिति २०७३/०५/१६ गते रामदी आधारभूत विद्यालयका शिक्षकहरुको बैठक बसी सामुदायिक विद्यालयप्रतिको अभिभावकको आकर्षण बढाउन २ वटा महत्त्वपूर्ण निर्णय गरियो :-
१) दसैँ तिहारको बिदा अबधिमा विद्यालय सेवा क्षेत्रभित्र बाट संस्थागत तथा अन्य विद्यालयमा गई अध्ययन गर्ने विद्यार्थीलाइ आगन्तुक विद्यार्थीका रुपमा भर्ना गरि नमुना शिक्षण गर्ने ।
२) विद्यालयले हालसम्म गरेका गतिबिधी, विद्यालयका आगामी शैक्षिक कार्यक्रम, विषयगत सिकाइ उपलब्धी झल्कने समग्र योजना सहितको चिनारी पुस्तिका ( prospectus) तयार गरी आगमी वर्षको घरदैलो कार्यक्रम गर्ने।

Photos from Ramadi Basic School, Pokhara- 21's post 08/24/2016

यस रामदी आधारभूत विद्यालयको शैक्षिक , भौतिक तथा समग्र विकासको लागि तपसिल बमोजिमको सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी हातहरुप्रती हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ । तपाइहरुको सहयोग विद्यालयको शैक्षिक उन्नयनको लागि कोशेढुङ्गा साबित भएको छ ।

08/21/2016

प्रतिवद्धता
आज २०७३ भाद्र ३ गते भएको कास्की जिल्लाका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको भेलाबाट कास्की जिल्लाको शैक्षिक सुधार गर्न निम्न अनुसारका कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछौ ।
१. सामाजिक परीक्षण नियमअनुसार तोकिएको समयमा अनिवार्य गर्ने, सामाजिक परीक्षणमा आर्थिक मात्र नभएर शैक्षिक विषयको समेत परीक्षण गर्ने र सामाजिक परीक्षणबाट देखिएका कमिकमजोरीलाई तत्काल सुधार गर्नका ेलागि थाल्ने ।
२. विद्यालय सुधारकोलागि प्रअले सवै शिक्षक, समुदाय, अभिभवकहरुको सहभागिता बढाउने र नेतृत्वदायी र व्यवस्थापकीय भुमिक प्रभावकारी पार्ने ।
३. विद्यालय सुधार योजनालाई नाममात्रको, औपचारिक र निकासा लिनकोलागि मात्र नबनाइ सरोकारवालाको व्यापक सहभागितामा कार्यान्वय गर्न सकिने, शैक्षिक सुधार हुने खालको बनाउने एक एक बर्षमा कार्यान्यन पक्षको समिक्षा गरी परिमार्जन गर्ने र कार्यान्वयनमा लैजाने ।
४. विद्यार्थीहरुलाई विद्यालयमा नियमित गर्ने, विद्यालय अनुपस्थित हुने विद्यार्थीलाई खोजी गर्ने, अनुपस्थितिको कारण पत्तालगाउने, समस्या समाधान गर्न विद्यालयले प्रयास गर्ने र जिल्ला शिक्षा कार्यालयले सहयोग गर्ने ।
५. पठनपाठन हुने दिन र समय बृद्धि गर्न विद्यालय विहान ९.४५ मा खोल्ने, १० बजे बाट कक्षा सुरु गर्ने, शुक्रबार पनि अनिवार्य ४ बजे सम्म विद्यालय सञ्चलन गर्नेे, सकेसम्म स्थानीय विदा घटाउने, विद्यालय व्यवस्थापन समितिको निर्णयले मात्र स्थानीय विदा गर्ने, बर्ष भरिमा ५ दिन भन्दा बढि स्थानीय विदा नगर्ने, कक्षा एक देखि तीन सम्मको नेपाली विषयको लागि ९० मिनेटको पिरियड कायम गर्ने, कक्षा शिक्षणलाई कार्यान्वयन गर्ने ।
६. विद्यालय समयमा खाली पिरियड भए पनि शिक्षकहरु विदयालयमा नै रहने र आवस्यकता अनुसार तयारी गर्ने, योजना बनाउने, सामाग्री निर्माण लगायत विद्यालयको आवस्यकता अनुसारको कार्य गर्ने ।
७ शिक्षा नियमावलीमा भएको व्यवस्था, शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालयको परिपत्र अनुसार शिक्षकले अनुमति नलिइ अन्यत्र कार्य नगर्ने प्रावधानलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने ।
८. विगतमा भौतिक निर्माण, पुस्तकालय निर्माण, प्रयोगशाला निर्माण लागयतका कोटा परेका र कार्य सम्पन्न नगरेका विद्यालयहरुले भाद्र मसान्त भित्रमा कार्य सम्पन्न गरी बेरुज फर्छोट गर्न कागजातहरु पेश गर्ने ।
९. हरेक परीक्षा पछि, हरेक शिक्षकले आप्mनो विषयमा विद्यार्थीले प्रप्त गरेको शैक्षिक उपलव्धि विश्लेषण गर्ने, उपलव्धि कम भएमा बृद्धिको योजना बनाइ कार्यान्वयन गर्ने, उपलव्धि घटेमा प्रअले सम्वन्धित शिक्षकलाई सचेत गराउने ।
१० शैक्षिक सत्र २०७२ को अन्तमा लिइएको कक्षा आठको जिल्ला स्तरीय परीक्षाको सिकाइ उपलव्धि निकै कम देखिएको हुनाले हरेक विद्यालयले तल्ला कक्षा देखि विद्यार्थीको सिकाइ उपलव्धि बृद्धि गर्ने तथा साना कक्षा देखि नै सिकाइको जग मजबुत पार्ने .
११. विद्यालयमा विषयगत शिक्षक नमिलेको भएमा शिक्षक दरवन्दि रिक्त भएको अवस्थामा र शिक्षक नियुक्ति र सरुवा गर्दा त्यस्ता विद्यालयले र जिल्ला शिक्षा कार्यालयले विषयगत शिक्षक मिलान हुने गरी नियुक्ति र सरुवा गर्ने, जिल्लामा विषयगत शिक्षक मिलान गदैजाने ।
१२. राष्ट्रिय पठन सीप प्रर्बधन कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने, यस कार्यक्रमलाई जिल्लाको शिक्षाको गुणस्तर बृद्धिको लागि पूर्ण प्रयोग, सदुपयोग गर्ने ।
१३. शैक्षिक सुधारको लागि आधुनिक सूचना प्रविधिको प्रयोगमा जोड दिने, विद्यालयमा विगतमा किनिएका कम्प्यूटर, ल्यापटप, स्मार्ट बोर्डहरुलाई चालु अवस्थामा राख्ने, हरेक विद्यालयमा एक मल्टिमेडिया प्रोेजेक्टरको व्यवस्थागर्ने, हरेक शिक्षकसँग एक एक ल्यपटप हुने अवस्था श्रृजना गर्ने, विद्यालयले इन्टरनेटको व्यवस्था गर्ने, कम्प्यूटर विषय शिक्षणमा मात्र नभएर हरेक विषय शिक्षण गर्दा कम्प्यूटर, मल्टिमेडिया प्रोजेक्टर र नेट इन्टरनेट प्रयोगमा ल्याउने , विद्यार्थीलाई सरल र रमाइलो तरिकाले शिक्षण गर्न हरेक शिक्षकले शिक्षण सिकाइ सँग सम्वन्धित र मिल्दा सामग्रीहरु खोजी गरी प्रयोग गर्ने ।
१४. विद्यालयले शिक्षकहरुलाई शैक्षिक सामग्री बोक्नकोलागि ब्यवसायिक झोला उपलब्ध गराउने, शिक्षकले हरेक कक्षाको लागि विषय बस्तुसँग मिल्ने कुनै न कुनै सामग्री निर्माण गरी शिक्षण सिकाइमा प्रयोगमा ल्याउने ।
१५. शिक्षकले शिक्षक डायरी अनिबार्र्य बोक्ने र प्रयोगमा ल्याउने, हरेक शिक्षकले अनिवार्य रुपमा आप्mनो विषयको पाठ्यक्रम, उपलव्ध भए सम्मका शिक्षक निर्देशिका र सन्दर्भ सामाग्रीहरु आफुसँग राख्ने र प्रयोग गर्ने ।
१६. विद्यालयले जतिसानो कक्षा त्यति राम्रो कक्षाकोठा व्यवस्थागर्ने, विद्यालय वातावरण, कक्षा कोठा, फर्निचर, विद्यार्थी बसाई र शिक्षण सिकाईलाई बालमैत्री बनाउने ।
१७. हरेक स्रोत केन्द्रमा विषयगत शिक्षकको समुह निर्माण गर्ने, त्यस्तो समुहले विषयगत शैक्षिक उपलव्धिको समिक्षा गर्ने र उपलव्धि कम भएमा बृद्धिकोलागि योजना निर्माण गर्ने र कार्यान्वयनमा लैजाने ।
१८. विद्यालय निरीक्षक, स्रोत व्यक्ति र जिल्ला शिक्षा कार्यालयबाट हुने अनुगमनलाई बृद्धि गर्ने, कक्षा अवलोकन, नमुना कक्षा प्रदर्शन, समिक्षा जस्ता कार्य गरी अनुगमनलाई प्रभावकारी पार्ने, विद्यालय तहमा प्रअबाट अन्य शिक्षकको कक्षा अनुगमन गर्ने कार्यलाई नियमित गर्ने ।
१९ . जिल्ला शिक्षा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाहलाई छिटोछरितो र सरल बनाउने ।
२०. सवै विद्यालयहरुमा वालक्लव गठन गरि सक्रिय पार्नमा सहयोग गर्ने ।
२१. विद्यालयमा प्राप्त हुने छात्रवृत्ति रकमलाई तोकिएको समयमा एक समारोहका विच पारदर्शी तरिकाले वितरणको व्यवस्था मिलाउने ।
२२. विद्यालयमा शिक्षा ऐन, नियमावली, निर्देशिका,पाठ्यक्रम लगायतका महत्वपूर्ण सामग्रीको अनिवार्यरुपमा संकलन, व्यवस्थापन र प्रयोग गर्ने ।
२३. विद्यालय सरोकारवालाहरुवाट पालना गरिने आचारसंहिता निर्माण गरि प्रदर्शन र कार्यान्वयनको व्यवस्था मिलाउने ।
२४. विद्यालयमा सुझावपेटिका राख्ने,एकजना महिला शिक्षकलाई लैडि.गक फोकलपर्सन तोक्ने र व्यिालयमा लैडि.गकमैत्री वातावरण सृजना गर्ने ।
२५. विद्यालय सेवाक्षेत्रभित्रका विद्यालय वाहिर रहेका सवै बालबालिकाहरुलाई विद्यालय भर्ना गर्ने व्यवस्था मिलाउने र यस कार्यमा कुनै विद्यार्थीलाई थप सहयोग आवश्यक पर्ने भएमा विभिन्न संघसंस्था र जिल्ला शिक्षा कार्यालयसंग समन्वय गर्ने । विद्यालय वाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरि निशुल्क तथा अनिवार्य आधारभुत शिक्षा सुनिस्चितताको घोषणा गर्ने ।
२६. विदयालयमा विपद व्यवस्थापनसमिति गठनगरी सो संग सम्वन्धित योजना निर्माण गरि कार्यान्वयनमा ल्याउने

Photos 08/15/2016
Want your school to be the top-listed School/college in Los Angeles?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


United State
Los Angeles, CA
90015