09/15/2026
हार्दिक श्रद्धाञ्जली तथा समवेदना
अत्यन्त दुःखका साथ भर्मन्ट हिन्दू मन्दिरले श्रीमती मेनुका निरौलाज्यूको दुःखद निधनको खबर सम्प्रेषण गर्दछ। उहाँ सबित्रा बरालकी प्यारी आमा तथा श्री कपिल बरालको सासू आमा हुनुहुन्थ्यो। उहाँको आज, सेप्टेम्बर १५, २०२६ तारिख नेपालमा निधन भएको हो।
स्वर्गीय श्रीमती मेनुका निरौलाज्यू नेपालमा झापा, धाइजनमा आफ्ना छोरा बुहारीहरु तथा परिवारसँग बस्दै आउनुभएको थियो। हिन्दू परम्पराअनुसार नेपालमा रहनुभएका परिवारका सदस्यहरूले त्यहीँ हिन्दु धार्मिक संस्कार विधिहरु सम्पन्न गर्नु हुनेछ । उहाँकी छोरी श्रीमती सबित्रा बराल र ज्वाइँ श्री कपिल बरालले यहाँ भर्मन्टमा परम्परागत धार्मिक संस्कार बिधिहरु सम्पन्न गर्ने हुनेछन् ।
यस दुःखद तथा शोक पूर्ण घडीमा भर्मन्ट हिन्दू मन्दिर सम्पूर्ण समुदायका सदस्यहरूलाई शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्न, दिवंगत आत्माको शान्तिका लागि प्रार्थना गर्न तथा भर्मन्टमा रहनुभएका परिवारजनलाई साथ र सहयोग प्रदान गर्न विनम्र अनुरोध गर्दछ।
दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा परिवारलाई साथ र सहयोग प्रदान गर्न चाहनुहुने समुदायका सदस्यहरूले निम्न ठेगानामा भेट गर्न सक्नुहुनेछ:
203 Pearl St., Apt. 306 (3rd Floor)
Essex Junction, VT 05452
कृपया ध्यान दिनुहोला: भवनको मुख्य ढोका लक हुने भएकाले प्रवेशका लागि तल दिइएका परिवारका सदस्यहरू मध्ये कुनै एकलाई फोन गर्नुहोला।
**परिवारका सम्पर्क विवरण:**
**सबित्रा बराल (छोरी):** 802-825-3710
**कपिल बराल (ज्वाइँ):** 802-234-8977
**टी. पी. निरौला (भतिज):** 802-373-1692
भगवानले दिवंगत आत्मालाई मोक्ष तथा चिरशान्ति प्रदान गरून्। यस शोकको घडीमा शोकसन्तप्त परिवारजनलाई धैर्य, साहस, शक्ति र दुःख सहन सक्ने आत्मबल प्रदान गरून् भनी प्रार्थना गर्दछौँ।
ॐ शान्तिः शान्तिः शान्तिः
Condolence Message
It is with profound sadness that the Vermont Hindu Temple shares the news of the passing of Mrs. Menuka Niroula, beloved mother of Sabitra Baral and mother-in-law of Kapil Baral, who passed away today, September 15, 2026, in Nepal.
Mrs. Menuka Niroula had been residing with her sons and family in Dhaijan, Jhapa, Nepal. In accordance with Hindu traditions, the family members residing in Nepal will observe the mourning rituals there. Her daughter, Sabitra Baral, and son-in-law, Kapil Baral, will observe the traditional mourning rituals here in Vermont.
During this difficult and sorrowful time, the Vermont Hindu Temple respectfully requests members of our community to extend their heartfelt condolences, prayers, and support to the bereaved family in Vermont.
Community members who wish to pay their respects and offer support to the family may visit at:
203 Pearl St., Apt. 306 (3rd Floor)
Essex Junction, VT 05452
**Please Note:** The building door is locked. Please call one of the family members at the numbers below for access.
**Here is the family contact information:**
Sabitra Baral (Daughter): 802-825-3710
Kapil Baral (Son-in-law): 802-234-8977
T. P. Niroula (Bhatiz): 802-373-1692
May Bhagwan grant Moksha and eternal peace to the departed soul, and may the divine provide strength, courage, and solace to the family as they observe this period of mourning.
Our deepest and heartfelt condolences to the Baral and Niroula families.