26/03/2025
विषय : शैक्षिक वर्ष सन 2025 का लागि निर्देशन
सेवामा पत्राङ्क : 00२/ २६
शिक्षा विभाग प्रमुख एवम् शिक्षा परिषद् दिनाङ्क : २६/०३/२०२५
……… शाखा
विषय : शैक्षिक वर्ष सन 2025 का लागि निर्देशन
महोदय ज्यू,
सादर नमस्कार ।
सम्पूर्ण शाखा शिक्षा विभाग एवम् शिक्षा परिषद्ले निम्न निर्देशन अनुसार नेपाली भाषा कक्षा सञ्चालन गर्नुहुन केन्द्रीय शिक्षा विभागले निर्देशन जारी गर्दछ ।
१∙ शिशुकक्षा देखि कक्षा ४ सम्म सम्पूर्ण पाठ पढाउनु ।
२∙ कक्षा ५ बाट कक्षा ९ सम्म समय र घण्टीको श्रोत अनुसार स्थानीय परीक्षा परिषद्ले पाठ निर्धारण गर्नु ।
३∙ कक्षा १० ( नेपाली साहित्य डिप्लोमा प्रवेशिका ) परीक्षा केन्द्रीय शिक्षा परिषद्ले सञ्चालन गर्नेछ ।
४∙ कक्षा १० को निर्धारित पाठ गत वर्ष अनुसार नै हुने छ ।
५∙ पाठ्य पुस्तक अलावा अन्य पुस्तकहरू अनिवार्य पढाउन केन्द्रीय शिक्षा विभागले निर्देशन दिएको छैन । यदि पढाइएको छ भने मूल शिक्षा विभागले तोकिएको पाठ्यक्रम समयको अभावले पढाउन नसक्ने अवस्था श्रृजना हुन नदिन स्थानिय परीक्षा परिषद्ले ध्यान दिनु पर्ने छ । जसका कारण मूल भाषागत पढाइको स्तर खच्किन पुग्ने सम्भावना हुन्छ ।
६∙ सबै शाखाहरुमा पढाइको एकरूपता ल्याउन कविताहरुलाई शिक्षा विभागले जारी गरेको लय (पेजमा उपलब्ध छ) अनुसार पढाउनु पर्ने छ ।
७∙ शिक्षक निर्देशिका अनुसार पढाउनु पर्ने छ ।
८∙ केन्द्रीय शिक्षा विभागको पेजमा दिएको निर्देशन अनुसार कार्य गर्नु पर्ने छ ।
९∙ कक्षा १०को परीक्षामा भाग लिने विद्यार्थीको नामावली, अप्रैल महिना भित्रै विभागलाई पठाउनु पर्ने छ ।