वीरेन्द्र ज्योति माध्यमिक विद्यालय, सोताङ गाउँपालिका-५ सोलुखुम्बु

  • Home
  • Romania
  • Sotanga
  • वीरेन्द्र ज्योति माध्यमिक विद्यालय, सोताङ गाउँपालिका-५ सोलुखुम्बु

वीरेन्द्र ज्योति माध्यमिक विद्यालय, सोताङ गाउँपालिका-५ सोलुखुम्बु वीरेन्द्र ज्योति माध्यमिक विद्यालय सोताङ, सोलुखुम्बु

14/09/2026

“बालापनको रक्षा, भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ ६२ औँ राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा विरेन्द्र ज्योति माध्यमिक विद्यालयमा आयोजित र्‍याली कार्यक्रमका केही झलक (२०८३ भदौ २९ गते)।

11/09/2026

६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा सोताङ गाउँपालिकाको प्रायोजनमा विद्यालयद्वारा आयोजित कक्षागत विभिन्न खेलकुद, सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रतियोगितात्मक कार्यक्रमहरूका केही झलकहरू।

यस विद्यालयमा शैक्षिक सत्र २०८३ मा प्रारम्भिक बाल शिक्षा देखि माध्यमिक तह कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूका लागि सञ...
10/09/2026

यस विद्यालयमा शैक्षिक सत्र २०८३ मा प्रारम्भिक बाल शिक्षा देखि माध्यमिक तह कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूका लागि सञ्चालित साधारण तथा प्राविधिक (बाली विज्ञान) धारतर्फको प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा विश्लेषण कार्यक्रम सम्पन्न गरिएको छ।

त्यसैगरी, मिति २०८३ भदौ २९ गते मनाइने भनिएको यस वर्षको ६२ औँ राष्ट्रिय बाल दिवसको दिन हरितालिका तीज पर्वसमेत पर्ने भएकाले उक्त अवसरलाई मध्यनजर गर्दै विद्यार्थीहरूको सिर्जनात्मकता, प्रतिभा, सहभागिता तथा मनोरञ्जनलाई अभिवृद्धि गर्ने उद्देश्यले आजै अग्रिम रूपमा कक्षागत विभिन्न खेलकुद, सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रतियोगितात्मक कार्यक्रमहरू सञ्चालन गरिएको छ। उक्त कार्यक्रमहरू विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएकाे छ ।

06/09/2026

यस वीरेन्द्र ज्योति माध्यमिक विद्यालयको आर्थिक वर्ष २०८२/८३ को शिक्षक अभिभावक सङ्घसंघका अध्यक्ष श्री खड्ग बहादुर बिकको संयोजकत्वमा विद्यालयको सामाजिक परीक्षण समितिले मिति २०८३ साल भदौ २१ गते आइतबारका दिन विद्यालयको समग्र अवस्थाको सामाजिक परीक्षण सम्पन्न गरियो ।
१. विद्यालयको कुल आय =१,३४,०१,७७७/७३
२. विद्यालयको कुल खर्च=९१,७५,०८५/०५
३. विद्यालयको बचत रकम=४२,२६,६९२/६८

प्रधानाध्यापक

२०८३ साल भदौ २२ गते शोक मनाउने र २३ गते सार्वजनिक विदा ॥
03/09/2026

२०८३ साल भदौ २२ गते शोक मनाउने र २३ गते सार्वजनिक विदा ॥

आवश्यकता ॥
20/08/2026

आवश्यकता ॥

💐हार्दिक बधाई तथा शुभकामना💐-----------------------------------------श्री वीरेन्द्र ज्योति माध्यमिक विद्यालयको विद्यालय व...
16/08/2026

💐हार्दिक बधाई तथा शुभकामना💐
-----------------------------------------
श्री वीरेन्द्र ज्योति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक सङ्घमा विगत लामो समयदेखि देखिँदै आएको गुटबन्दी र निर्वाचनमुखी प्रतिस्पर्धालाई अन्त्य गर्दै सहकार्य, सहमति, एकता र साझा प्रतिबद्धताको भावनाका साथ मिति २०८३ साल श्रावण ३१ गते सम्पन्न अभिभावक आम भेलाबाट विद्यालय व्यवस्थापन समिति सदस्यहरू, शिक्षक–अभिभावक सङ्घका अध्यक्ष तथा सदस्यहरू सर्वसहमतिबाट चयन हुनुभएकोमा श्री वीरेन्द्र ज्योति माध्यमिक विद्यालय परिवार हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।

नवनिर्वाचित विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक सङ्घका पदाधिकारी एवं सदस्यज्यूहरूको अनुभव, क्षमता, प्रतिबद्धता र सहकार्यबाट विद्यालयले आगामी दिनमा थप शैक्षिक उपलब्धि हासिल गर्दै गुणस्तरीय, अनुशासित, प्रविधिमैत्री तथा समुन्नत शैक्षिक संस्थाका रूपमा अघि बढ्ने विश्वास विद्यालय परिवारले लिएको छ।

विद्यालयको विकास र विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि “व्यक्ति होइन, विद्यालय; गुट होइन, सहकार्य; प्रतिस्पर्धा होइन, सहमति” भन्ने भावनाका साथ यहाँहरूको कार्यकाल सफल, उपलब्धिमूलक र अनुकरणीय रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ। सो कार्य सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नुहुने महानुभावहरू प्रति विद्यालय परिवार कृतज्ञता प्रकट गर्दछौ ।

विद्यालय व्यवस्थापन समिति तर्फ
१. श्नी नेत्र बहादुर बस्नेत सोताङ ५
२. श्री आपासाङ शेर्पा सोताङ २
३. श्री ममता नाछिरीङ रार्इ सोताङ ४
४. श्री सुमित्रा रार्इ सोताङ ३
शिक्षक अभिभावक सङ्घ तर्फ
१. श्री खड्ग बहादुर विक सोताङ ५ (अध्यक्ष )
२. श्री मनिकला रार्इ सोताङ ३ (सदस्य )
३. श्री कविता बस्नेत थापा सोताङ ५ (सदस्य)
४. श्री निर कुमार तामाङ सोताङ ५ ( सदस्य)
५. श्री अम्बर बस्नेत सोताङ ५ (सदस्य )
६. श्री समिर रार्इ सोताङ ४ (सदस्य)
७. श्री धनबहादुर कार्की सोताङ ५ (सदस्य)

श्री वीरेन्द्र ज्योति माध्यमिक विद्यालय परिवार

सम्पूर्ण अभिभावकज्यूहरूलाई हार्दिक स्वागत गर्दछु।
15/08/2026

सम्पूर्ण अभिभावकज्यूहरूलाई हार्दिक स्वागत गर्दछु।

Address

Sotanga

Opening Hours

Monday 16:00 - 09:00
Tuesday 16:00 - 09:00
Wednesday 16:00 - 09:00
Thursday 16:00 - 10:00
Friday 16:00 - 09:00
Sunday 16:00 - 09:00

Alerts

Be the first to know and let us send you an email when वीरेन्द्र ज्योति माध्यमिक विद्यालय, सोताङ गाउँपालिका-५ सोलुखुम्बु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category