24/11/2020
जनकपुरका धिरजकुमार साह भाङ अर्थात् ‘हेम्प’ बाट घर बनाउँछन् । सुन्दा अचम्म लाग्न सक्छ– भाङ (गाँजा) बाट पनि घर बन्छ त ? बने पनि छाप्रो बनाएको होला ?
तर, धिरज छाप्रो होइन, भाङबाट पक्की भवन नै बनाउँछन् । जुन निकै किफायती र आकर्षक हुन्छ ।
जनकपुरमा जन्मिएका धिरज वायरलेस कम्युनिकेसन इन्जिनियर हुन् । कक्षा १० सम्म पढ्दा नै धिरज देशविदेश घुमिसकेका थिए । उनी भारतको देहरादुनदेखि युनाइटेड किंगडमसम्मको यात्रा कक्षा १० पढ्नुअघि नै तय गरिसकेको बताउँछन् ।
उनले प्लस टु भने नेपालमा नै गरेका हुन् । त्यसपछि धिरज इन्जिनियरिङ गर्न थाइल्यान्ड गए । त्यहाँबाट मास्टर्सका लागि जर्मनी गए । जर्मनीमा मास्टर्स सकेर पिएचडीका लागि पोर्चुगल गएका उनले पिएचडीको रिसर्चसँगै मानिसहरूका लागि वैकल्पिक ‘हाउजिङ सोलुसन’ को विषयमा पनि अनुसन्धान गरिरहेका थिए ।
त्यसै समयमा नेपालमा भूकम्प आयो । भूकम्प आउँदा उनी पोर्चुगलमा नै थिए । भूकम्पले पारेको क्षतिलाई देख्दा नेपाल आउन मन पलाएको उनी बताउँछन् ।
जनकपुरका धिरजकुमार साह भाङ अर्थात् ‘हेम्प’ बाट घर बनाउँछन् । सुन्दा अचम्म लाग्न सक्छ– भाङ (गाँजा) बाट पनि घर