Jyoti science & math forum

Jyoti science & math forum discussion about science and math

28/07/2026
16/07/2026

20/09/2023

केही अहिले स्नातक पढ्दै गरेका,बिदेश बसेका,पत्रकार भनाउदा (एउटा स्मार्ट फोन बोकेर पत्रकारिता गर्ने ),शिक्षाका ठेकेदारहरुले शिक्षक आन्दोलनको बिरोध गरेको देखियो।कृपया एकचोटी सरकारले ल्याउन आटेको बिधेयक पढ्नु होला।अनि कहाँ, कुन बुदामा तपाई जस्तै पढ्दै गरेकाहरुलाई आकर्षण गर्ने बुदा भेट्नु हुन्छ?कुन बुदा तपाईको भविष्य छ मलाई देखाउनु होला।हामी पनि नेपालमै शिक्षा क्षेत्रमा केही गरुम भनेर लागेका ब्यत्ती हौ तर कमसेकम जागिर खाएपछी आधारभुत आवश्यकता परिपुर्ति हुने तथा पेशागत सुरक्षा त हुनु पर्यो नि?भएका सेवा सुबिधा पनि काटेर राज्यले शिक्षामा कस्तो सुधार ल्याउन खोजेको हो?तेसै त नेपाल बस्न कोहि चाहदैन झन शिक्षक बन्न त झन चाहदै चाहदैन भएकालाई पनि घुमाउरो पाराले बिदेशनै जा भनेजस्तो गरेको छ।भोलि शिक्षक अभावमा सामुदायिक बिधालय बन्द हुने स्थिती आउन सक्छ त्यो बेला के भन्नू हुन्छ?अहिले २/४ दिन बन्द हुदैमा पहाड खस्ने हैन नि।राजनीतिक कारण कति बन्द भए तेस्को खोइ लेखाजोखा?यसको मतलब बन्द गर्नु पर्छ भन्ने हैन तर राज्यले नसुने पछि आवाज सुनाउनको लागि यो बाध्यत्मक अवस्था आइपरेको हो।कतिले आफ्ना छोराछोरी निजिमा पढाएर सामुदायिक बिधालय बन्द गरे भन्ने आरोप लगाएका छ्न तर हाम्रा छोराछोरी पनि सामुदायिक बिधालय मै छन।हामी सामुदायिक बिधालय बिगार्न हैन बनाउन आएका हौ किनकी हामी सङग निजि बिधालयमा लगानी गर्ने पुजी छैन,छोराछोरी पढाउने पैसा छैन।तेहि भएर जति सकिन्छ सामुदायिक बिधालयलाई उकास्ने प्रयासमा छौ।यो कुरा यहाहरुले बुझिदिनुपर्छ।
``बन्द रहर हैन बाध्यता हो´´

Address

Udayapur, Beltar
Udayapur Garhi
262701

Telephone

+9779803718693

Website

Alerts

Be the first to know and let us send you an email when Jyoti science & math forum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Jyoti science & math forum:

Shortcuts

Share

Category