Wang Korean Language Center

Wang Korean Language Center welcome to our official page

सम्पूर्णमा कोरियन नयाँ वर्षको सुभकामना ।새해 복 많이 받으세요 ..
29/01/2025

सम्पूर्णमा कोरियन नयाँ वर्षको सुभकामना ।
새해 복 많이 받으세요 ..

EPS-TOPIK परीक्षा पास गरेपछि सुरुदेखि अन्त्यसम्मको प्रक्रियाको बारेमा विस्तृत रूपमा तल लेखिएको छ राम्रोसँग पढ्नुहोला । १...
04/01/2025

EPS-TOPIK परीक्षा पास गरेपछि सुरुदेखि अन्त्यसम्मको प्रक्रियाको बारेमा विस्तृत रूपमा तल लेखिएको छ राम्रोसँग पढ्नुहोला ।

१. Job application भरेपछि पहिलो प्रक्रिया File send गर्ने हो, जुन‌ काम इपीएस ग्वार्कोले गर्छ,

२. File send गरे‌ पश्चात File approval को काम हुन्छ, जुन काम HRD korea ले गर्छ, यसको निश्चित समयावधि हुँदैन। शनिवार र आईतवार साथै कोरियन सार्वजनिक विदाको‌ दिन बाहेक जहिले पनि Approve हुनसक्छ,

३. जब File approve‌ हुन्छ तब मात्र तपाईं रोष्टरमा समावेश हुनहुनेछ, अब तपाईं Issue लागि योग्य हुनुहुन्छ, तपाईंको रोष्टर अवधि १ वर्षको हो,

४. Issue एक वर्षमा सामान्यतया ४ पटक हुने गर्दछ, कहिले कुन मितिमा Issue सञ्चालन हुन्छ 고용노동부 को Website र Eps को Website मा सुचना आउँछ,

५. यस Issue मा रोष्टरमा रहनुहुने १६ देश कै कामदारबाट Randomly Computer माध्यमबाट File छनौट गरि कम्पनीमा HRD korea द्वारा पठाईन्छ र साहुले उक्त File बाट आफुलाई चाहिएको अनुसार मनपरेको कामदार छनौट गर्छ,

६. यसरी छनौटमा पर्नु भनेको नै Issue हुनु हो, तपाईंको Eps ID मा Hired देखाउँछ, त्यसको तल्लो लाईनमा 발급 देखाउँछ, अब मात्र तपाईंको Employment permit issue भएको हो,

७. Issue भए पश्चात तपाईंको Labour contract ( LC ) कम्पनीद्वारा Forward हुनुपर्छ, Issueभएपछि LC forward कहिले हुन्छ भन्ने निश्चित समय हुँदैन, कम्पनीले कहिले Forward गर्ने उसको कामदार आवश्यकता अनुसार भर पर्नसक्छ,

८. LC forward भएपछि इपीएस ग्वार्कोले तपाईंको LC sign गरिदिन्छ, LC Sign गर्न तपाईं उपस्थित हुनु पर्दैन। LC forward भएको एक हप्ता भित्रमा LC sign भइसक्छ,

९. LC sign पश्चात तपाईंले व्यवसाय तथा सीप विकास तालिम लिनुपर्ने हुन्छ, जसको आवेदन अनलाईन मार्फत दिई तोकिएको मितिमा भैँसेपाटीमा उपस्थित भई‌ एक हप्ताको तालिम लिनुपर्दछ,

१०. अब तपाईंको CCVI आउँछ, CCVI आएपछि ग्वार्कोमा गएर CCVI form‌ भर्नुपर्ने हुन्छ,

११. CCVI Form भरेपछि तपाईंको Visa प्रक्रिया अघि बढ्छ, र ९०‌ दिनको Visa लाग्छ,

१२. यस पछाडिको प्रक्रिया Flight को मात्र हो, Visa आएपछि Proposal flight आउँछ र Proposal अनुसार Final flightआउँछ,

१३. Final flight आएपछि प्रकाशित सुचना अनुसार तपाईंले तयारी गरि तोकिएको मितिमा ग्वार्कोमा उपस्थित हुनुपर्दछ र तोकिएको मितिमा उडान भर्नुपर्दछ।

नोट: यो प्रक्रियाको क्रममा यति नै समय लाग्छ भन्ने हुँदैन । LC sign भएपछि १ देखि २ महिना वा रोजगारदाताको आवश्यकता अनुसार अझै धेरै थोर समय लाग्नसक्छ।
स्रोत :eps छिङ्गु

 #केही_महत्वपुर्ण_रोगहरुको_कोरियन-नाम ।दक्षिण कोरियामा विरामी भई हालेमा थाहा पाई राख्नु पर्ने रोगहरुलाई कोरियनमा के भन्छ...
03/01/2025

#केही_महत्वपुर्ण_रोगहरुको_कोरियन-नाम ।

दक्षिण कोरियामा विरामी भई हालेमा थाहा पाई राख्नु पर्ने रोगहरुलाई कोरियनमा के भन्छ भनेर जानी राख्नु होला !

ग्यास्ट्रीक 위염
अल्सर 궤양
ग्यस्ट्रीक क्यान्सर 위암
ठूलो आन्द्राको क्यान्सर 대장암
मूसा 사마귀
डिप्रेसन 우울증
टाढाको मात्र देख्ने 원시
नजिकको मात्र देख्ने 근시
जन्डिस 황달
कान दुख्ने रोग 외이염
रुघा 감기
क्यान्सर 암
हेपाटाइटिस 간염
वाथ 관절염
कलेजोको क्यान्सर 간장암
सरुवा रोग 감염
फ्लू 독감
ब्रोन्काईटिस 기관지염
रेबिज 광견병
पत्थरी 결석
उच्च रक्तचाप 고혈압
मन्द (लो) रक्तचाप 저혈압
लेक लाग्नु (अग्लो पहाडहरु चढ्दा अक्सिजनको कमि हुनु)
고산증
हैजा 콜레라
फूड पोइजन 식중독
नसाको रोग 신경통
हर्ट अट्याक 심장마비
दम 천식
पागलपन 정신분열중
यौन रोग 성병
प्रोस्टेट बढनु 전립선 비대
पिनास 축농증
टाफाइड 장티푸스
वाक वाक लाग्नु (गर्भावस्थामा) 입덧
एक साइड टाउको दुख्नु (अदाआ) 편두통
मधुमेह (चिनी रोग) 당뇨병
डन्डिफोर 여드름
मस्तिष्क रक्तस्राव 뇌출혈
ब्रेन ट्युमर 뇌종양
टाउको दुख्ने वाक वाक लाग्ने 멀미
निमोनिया 폐렴
क्षयरोग 결핵
मोतिबिन्दु 백내장
टन्सिल 편도선염
चिलाउने (खुट्टाको औंलाको कापहरु ) 무좀
पखाला 설사
मानसिक रोग 정신병
कब्जियत 변비
एड्स 에이즈
स्रोत :eps छिङ्गु

Birendra chowk,tulsipur dangPh. 082 590960, ±977 9767479916,+977 9708073556
26/12/2024

Birendra chowk,tulsipur dang
Ph. 082 590960, ±977 9767479916,+977 9708073556

23/12/2024

यो नेपालको लागि मात्र नभइ इपिएस लागु भएका सबै देशका लागि हो।

२०२५ को ईपिएस अन्गर्गतको प्रवासी श्रमिकको कोटा निर्धारण
आज डिसेम्बर २० तारिक रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गतको प्रवासी श्रमिक (१७ देशकोलागि)को २०२५को लागि कोटा तोक्न बसेको कोटा निर्धारण समिति (प्रवासी श्रमिक नीति समिति)को बैठकले २०२५को प्रवासी श्रमिकको कोटा १ लाख ३० हजार तोकेको छ ।जस अनुसार उत्पादन क्षेत्रमा ७२,००० जना ,पानिजाहाज बनाउने कम्पनिकोलागि २,५०० जना ,निर्माण क्षेत्रमा २,००० जना ,कृषि क्षेत्र १०,००० जना ,मत्स्यपालनमा ८,५०० जना ,सेवा क्षेत्र ३,००० जना छ .,माथिको कोटा सकीए आवाश्यक परेको जुनसुकै क्षेत्रकोलागि ३२,००० जना छन ।यो कोटा मध्ये ७,७३० जना कमिटेड आउने छन् भने बाकी सबै नया प्रवासी श्रमिक आउने छन ।२०२४को कोटबाट अहिलेसम्म ७०,४६० जनाको मात्र रोजगार अनुमति जारि भएको छ .यो सख्या सम्पूर्ण कोटाको ४७% हो . गत अक्टोबरसम्म इपिएसको श्रमिक ३३५६३० जना छन (कानुन मन्त्रालय अन्तर्गतको मौषमी प्रवासी मजदुरको कोटा ७५,००० जना तोकिएको छ)।

२०२५ सालको लागि दक्षिण कोरियाको न्यनतम पारिश्रमिकस्रोत:TDNK
23/12/2024

२०२५ सालको लागि दक्षिण कोरियाको न्यनतम पारिश्रमिक
स्रोत:TDNK

19/12/2024

Address

Birendra Chowk "Ka " Line
Tulsipur
22200

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when Wang Korean Language Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share