Srijana Bal Vatika E.B.S
Welcome to the official page of Srijana Balvatika English Boarding School
Established in 2050 B.S. Offering Science and Management streams at the +2 level.
Tulsipur-18, Bijauri, Dang
Providing quality education from Nursery to Class 12. Best School for Knowledge and Edu. Established 2050 B.S.
लामोसमय पछी आमाको माया र उपहार पायको बाबु
15/07/2026
सूचना
आदरणीय अभिभावकज्यूहरू,
सादर नमस्कार।
नेपाल सरकारको निर्णयअनुसार आगामी २०८३ श्रावण १ गतेदेखि देशभर सञ्चालनमा रहेका सबै निजी तथा संस्थागत विद्यालयहरूमा कुल शुल्क (Fee) मा ३% शिक्षा समता शुल्क (Education Equality Fee) लागू हुने भएको व्यहोरा यहाँहरूलाई जानकारी गराइन्छ।
उक्त सरकारी निर्णय कार्यान्वयन गर्नु विद्यालयको कानुनी दायित्व भएकाले २०८३ श्रावण १ गतेदेखि जारी हुने/काटिने प्रत्येक बिलमा ३% शिक्षा समता शुल्क थप भई लागू हुने जानकारी गराइन्छ।
विशेष जानकारी:
यो वृद्धि विद्यालयको आफ्नै निर्णय नभई नेपाल सरकारको नीति तथा निर्णयबमोजिम अनिवार्य रूपमा लागू गरिएको व्यवस्था हो। विद्यालयले सरकारी नियमअनुसार मात्र उक्त शुल्क संकलन गर्ने भएकाले यस विषयमा सम्पूर्ण अभिभावकज्यूहरूको सहयोग र समझदारीको अपेक्षा गर्दछौँ।
धन्यवाद।
विद्यालय प्रशासन
सिर्जना बालवाटिका इङ्लिस बोर्डिङ स्कुल
ठेगाना: तुलसीपुर–१८, बिजौरी, दाङ
06/07/2026
भावपूर्ण समवेदना
सिर्जना बालवाटिका बोर्डिङ स्कूलको कक्षा १२ (विज्ञान सङ्काय) मा अध्ययनरत होनहार छात्रा बबिता परियारको आज दिउँसो भएको अकल्पनीय र दुःखद निधनको खबरले हामी सम्पूर्ण विद्यालय परिवार तथा सहपाठीहरूलाई स्तब्ध र मर्माहत तुल्याएको छ। एउटा सुनौलो भविष्य बोकेकी प्यारी बहिनीलाई अल्पायुमै गुमाउनु पर्दा हामी निःशब्द छौँ।
यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।
साथै, शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै यस असह्य पीडालाई सहन गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछौँ।
शोकाकुल:
सिर्जना बालवाटिका बोर्डिङ स्कूल परिवार
तथा समस्त सहपाठीहरू
राष्ट्रिय धान दिवस ।
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Tulsipur
Opening Hours
| Monday | 10:30 - 16:30 |
| Tuesday | 10:30 - 16:30 |
| Wednesday | 10:30 - 16:30 |
| Thursday | 10:30 - 16:30 |
| Friday | 10:30 - 13:45 |
| Sunday | 10:30 - 16:30 |