हार्दिक बधाई तथा शुभकामना 🎉
प्री-प्राइमरी तहअन्तर्गत UKG कक्षाको शिक्षक छनोट प्रक्रियामा सम्पूर्ण चरणहरू सफलतापूर्वक पार गर्दै ११ जना प्रतियोगीलाई पछि पारेर घोराही पाठक चाेक निवासी स्वस्तिका घर्ती UKG कक्षाको ग्रेड टिचर पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। 🌹
तपाईंको ज्ञान, क्षमता, लगनशीलता र बालमैत्री शिक्षण शैलीले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौँ।
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 💐
कुलदिप गौतम
प्रधानाध्यापक
परोपकार पाठशाला
Paropakar Pathshala Pvt Ltd
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Paropakar Pathshala Pvt Ltd, Education, Ghorahi 11 khaira Dang, Tulsipur.
नाग पञ्चमिकाे सबैमा शुभकामना।
❣️❣️❣️❣️❣️
17/08/2026
🏆 TEACHER OF THE MONTH – SHRAWAN 2083 🏆
🌟 Ms. Suntali Rawot 🌟
श्रावण महिनामा उत्कृष्ट शिक्षण, मेहनत, अनुशासन, जिम्मेवारी तथा विद्यार्थीप्रतिको समर्पणका लागि Teacher of the Month – Shrawan 2083 को रूपमा सम्मानित हुनुभएकोमा हार्दिक बधाई! 🎉👏
तपाईंको निरन्तर मेहनत र समर्पण सम्पूर्ण शिक्षक परिवारका लागि प्रेरणादायी छ।
Congratulations, Suntali Rawot Ma’am! 💐📚
साना भाइबहिनीहरू घरकै स्वादिलो खाजामा रमाउँदै, आफ्नोपन र मायासँगै खुसीका पलहरू बिताउँदै। ❤️😊
📍 आयोजक: परोपकार पाठशाला (अाधारभुत तह)
📅 कार्यक्रम: परोपकार रिफ्लेक्सन – भाग १२ मिति २०८३-४-२७
आज विद्यालयमा सम्पन्न परोपकार रिफ्लेक्सन कार्यक्रम – भाग १२ विद्यार्थीहरूको सर्वाङ्गीण विकास, आत्ममूल्यांकन र सकारात्मक सोच अभिवृद्धि गर्ने उद्देश्यका साथ सफलतापूर्वक सञ्चालन गरियो।
यस कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो व्यवहार, अध्ययन र लक्ष्यप्रति अझ जिम्मेवार बन्न प्रेरित गरेको छ। आत्मविश्वास अभिवृद्धि र सकारात्मक परिवर्तनको दिशामा यो कार्यक्रम फलदायी सावित भएको छ।
🙏 सम्पूर्ण शिक्षकज्यूहरू, विद्यार्थीहरू तथा सहयोगी हातहरूमा हार्दिक धन्यवाद।
आगामी दिनहरूमा अझ प्रभावकारी र प्रेरणादायी कार्यक्रमहरू गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछौं।
“परोपकारको भावना नै साँचो शिक्षाको आधार हो।” 🌼
प्रिन्सिपल
कुलदिप गाैतम
12/08/2026
🎉 Happy Birthday, Shiva Miss! 🎂🌸
Wishing you a very happy birthday filled with happiness, good health, success, and countless beautiful moments. May you continue to inspire everyone around you with your dedication, kindness, and positive spirit.
Happy Birthday, Shiva Miss! 🎊🎂💐
विद्यार्थीहरूको सिर्जनात्मकता, आत्मविश्वास, शारीरिक तन्दुरुस्ती तथा कलात्मक क्षमता विकास गर्ने उद्देश्यले नियमित नृत्य कक्षा सञ्चालन गर्न सकिन्छ।
❣️❣️❣️❣️❣️
11/08/2026
🏆 नेपाल रेडक्रस सोसाइटीको प्रतिस्पर्धात्मक प्रोजेक्ट वर्क तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न 🏆
मिति २०८३ साल साउन २२ गते शुक्रबार, बिहान ८:४५ बजेदेखि १०:१५ बजेसम्म नेपाल रेडक्रस सोसाइटी, नारायणपुर शाखाको कार्यालयमा आधारभूत तहका विद्यार्थीहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो।
उक्त अभिमुखीकरण कार्यक्रमलाई प्रोजेक्ट वर्क मा रूपान्तरण गरी विद्यार्थीहरूको सहभागिता, सिर्जनशीलता तथा सिकाइ उपलब्धिका आधारमा मूल्याङ्कन गर्दै प्रतिस्पर्धात्मक रूपमा सञ्चालन गरिएको थियो। सोही प्रतिस्पर्धात्मक प्रोजेक्ट वर्कको पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएको छ।
🏅 पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरू:
🥇 प्रथम: कक्षा ६ का भाइ बुद्धिप्रकाश चौधरी
🥈 द्वितीय: कक्षा ७ की बहिनी योजना चौधरी
🥉 तृतीय: कक्षा ८ की बहिनी जस्मिन राउत
🏅 चाैथाे: कक्षा ५ का भाइ संस्कार ओली
पुरस्कार प्राप्त गर्नुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ। 🎉👏
साथै, नेपाल रेडक्रस सोसाइटीको यस प्रतिस्पर्धात्मक प्रोजेक्ट वर्कमा उत्साहपूर्वक सहभागी हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछौँ। प्रतियोगितामा सहभागी हुनु नै सिकाइ, अनुभव र आत्मविश्वासको महत्वपूर्ण उपलब्धि हो।
यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने नेपाल रेडक्रस सोसाइटी, नारायणपुर शाखा तथा सम्बन्धित सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
❤️ विद्यार्थीको सिकाइलाई व्यवहारसँग जोडौँ, सिर्जनशीलतालाई प्रोत्साहन गरौँ र प्रतिभालाई सम्मान गरौँ।
विद्यालय परिवार
कुलदीप गौतम
प्रधानाध्यापक
परोपकार पाठशाला
घोराही–११, खैरा, दाङ
08/08/2026
📌 शैक्षिक सत्र २०८३ अन्तर्गत शिक्षक, स्टाफ तथा कर्मचारीहरूको साताै बैठक मिति २०८३/०४/२३ सफलतापूर्वक सम्पन्न भएको छ।
बैठकमा विद्यालयको शैक्षिक गुणस्तर सुधार,प्रथम त्रैमासिक नतिजाकाेअबस्था समबन्धमा,विद्यार्थीहरूको स्तरउन्नति, पाठ्यक्रम कार्यान्वयन, अनुशासन तथा विद्यालय व्यवस्थापन सम्बन्धी विविध विषयमा छलफल गरिएको थियो।
🏫 परोपकार पाठशाला
📍 घोराही–११, खैरा दाङ
परोपकार पाठशालामा सामाजिक विषय अन्तर्गत ‘सकारात्मक विभेद’ विषयमा विद्यार्थीहरूबीच बहस कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा विद्यार्थीहरूले सकारात्मक विभेदको आवश्यकता, यसको उद्देश्य, सामाजिक न्याय कायम गर्न यसको भूमिका तथा यसका सकारात्मक र चुनौतीपूर्ण पक्षहरूबारे तार्किक रूपमा आफ्ना विचार प्रस्तुत गरेका थिए। बहसका क्रममा विद्यार्थीहरूले संविधान, समान अवसर, समावेशीकरण तथा पछाडि परेका समुदायको सशक्तीकरणसँग सम्बन्धित विविध पक्षहरूलाई समेत उजागर गरेका थिए।
यस कार्यक्रमले विद्यार्थीहरूमा तार्किक सोच, आत्मविश्वास, सार्वजनिक बोल्ने कला तथा सामाजिक विषयप्रतिको गहिरो समझ विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको विश्वास विद्यालयले लिएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण शिक्षकहरू, निर्णायक मण्डल तथा सक्रिय सहभागिता जनाउने सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ।
❣️❣️❣️❣️❣️
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Ghorahi 11 Khaira Dang
Tulsipur
082