Tulsipur Metro College

Tulsipur Metro College

Share

Partnership between Lumbini Buddhist University & Tulsipur Sub Metropolitan City

19/08/2026

क्यान्टिनका सञ्चालनका लागि प्रस्ताव आह्यन सम्बन्धि सूचना ।

Photos from Tulsipur Metro College's post 18/08/2026

तुलसीपुर मेट्रो कलेज बिएएलएलबी आठौ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले लुम्बिनी प्रदेश सभामा पुगेर विश्वासको मत लिने प्रकृयाको प्रत्यक्ष अध्ययन तथा अवलोकन गरेका छन् । सो अवसरमा विद्यार्थीहरुले मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्व मुख्यमन्त्री डिल्ली चौधरीसँग पनि भेटेर छलफल गरेका थिए ।

Photos from Tulsipur Metro College's post 17/08/2026

आज BBA चौथो सेमेस्टरका विद्यार्थीहरूले तुलसीपुर बजारमा भइरहेको डिजिटल पेमेन्ट तथा डिजिटल बिजनेसको अवस्था, उपलब्धि र चुनौतीहरू बुझ्न स्थलगत अध्ययन भ्रमण गरेका छन्।

बजारका विभिन्न व्यवसायी तथा सेवाग्राहीसँग प्रत्यक्ष संवाद गर्दै विद्यार्थीहरूले डिजिटल कारोबारले तुलसीपुरको व्यवसायिक क्षेत्रमा ल्याएको परिवर्तनसँगै यसको प्रयोगमा देखिएका समस्या, चुनौती र सुधार गर्नुपर्ने पक्षहरू समेत पहिचान गरेका छन्। यस अध्ययनका आधारमा विद्यार्थीहरूले छिट्टै विस्तृत रिपोर्ट तयार गर्नेछन्।

विद्यार्थीहरूको यो परिश्रम केवल शैक्षिक अभ्यासमा सीमित नभई तुलसीपुरलाई अझ व्यवस्थित, प्रविधिमैत्री र डिजिटल शहरका रूपमा विकास गर्न आवश्यक वास्तविक समस्या र सम्भावनाहरू पहिचान गर्ने महत्वपूर्ण प्रयास हो।

यस्ता स्थलगत अध्ययनले विद्यार्थीलाई कक्षाकोठाको ज्ञानलाई वास्तविक बजार र समाजसँग जोड्न मात्र होइन, स्थानीय डिजिटल रूपान्तरणमा समेत योगदान पुर्‍याउने विश्वास छ। 💻📱

विद्यार्थीको अध्ययन, बजारको अनुभव र तुलसीपुरको डिजिटल भविष्य—यही यात्राबाट अझ बलियो बनोस्।

17/08/2026

Admission Open !

13/08/2026

करार सेवामा शिक्षक पदपूर्ति सम्बन्धि सूचना ।

Photos from Tulsipur Metro College's post 13/08/2026

BBA Student Hiking Program 2083

तुलसीपुर मेट्रो कलेज, तुलसीपुर–१२, हरिपौरी, दाङका BBA का विद्यार्थीहरूको सहभागितामा २०८३ साल श्रावण २४ गते तुलसीपुर हुँदै प्रतापकोट–कल्ले–बल्ले सम्मको रोमाञ्चक Hiking कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। 🏔️🌳

यस Hiking कार्यक्रमले विद्यार्थीहरूलाई प्राकृतिक सौन्दर्यको अवलोकनसँगै शारीरिक सक्रियता, मनोरञ्जन, नेतृत्व, सहकार्य र समूहगत भावना विकास गर्ने अविस्मरणीय अवसर प्रदान गर्‍यो। 🤝

कक्षाकोठाभन्दा बाहिरको सिकाइ, प्रकृतिसँगको नजिकपन र साथीहरूसँगका अविस्मरणीय पलहरू—यही हो हाम्रो Hiking! 💚🥾

Learning Beyond Classroom | Exploring Beyond Boundaries 🌿✨

***e

13/08/2026

व्यवस्थापन र होटेल तथा पर्यटन व्यवस्थापनमा अध्ययन गर्नका लागि केही सिट बाँकी रहेको छ ।

13/08/2026

कानूनी क्षेत्रमा भविष्य खोज्न चाहनेहरुका लागि सिमित सिट बाँकी रहेको छ । कलेजमा सम्पर्क गर्नुहोला ।

Photos from Tulsipur Metro College's post 10/08/2026

मानव सेवा आश्रमका प्रेरणादायी व्यक्तित्व हीरो जोशीज्यूद्वारा हाम्रो B.A.LL.B. तथा B.B.A. का विद्यार्थीहरूका लागि आत्मबल, सकारात्मक सोच, मानवता, जीवनको यथार्थ र जीवन जिउने कलासम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
उहाँले जीवनका विविध पक्ष, संघर्ष, सफलता, मानवीय संवेदना, आत्मविश्वास तथा सकारात्मक जीवनशैलीका विषयमा आफ्ना अनुभव र ज्ञान विद्यार्थीहरूमाझ बाँड्नुभयो। उहाँका प्रेरणादायी विचार र व्यवहारिक अनुभवले विद्यार्थीहरूलाई जीवनलाई फरक दृष्टिकोणबाट बुझ्न, चुनौतीहरूसँग सामना गर्न र समाजप्रति अझ जिम्मेवार बन्न प्रेरित गरेको छ।
ज्ञान केवल किताबमा होइन, जीवनका अनुभवमा पनि हुन्छ।

Want your school to be the top-listed School/college in Tulsipur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Tulsipur 12 Haripauri Dang
Tulsipur
22412