खैरीफाँटा श्रोतकेन्द्र कैलाली

खैरीफाँटा श्रोतकेन्द्र कैलाली

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from खैरीफाँटा श्रोतकेन्द्र कैलाली, School, Patharaiya V. D. C. Ward No 8 Khairiphanta Kailali, Tikapur.

24/05/2015

सुदूरको नेपाली आवाज रेडियो नमस्ते ९६.५ मेघाहर्ज का साथै हामीलाई radionamastetkp.com.np मा All Nepali Fm Radio App Load गरेर पनि मोवाइलमा पनि सुनेर साथ र प्रतिक्रिया दिनुहुने विश्वास लिइएको छ ।

08/05/2015

खैरीफाँटा श्रोतखैरीफाँटा, २५ बैशाख
शैक्षिक गुणस्तर र सुधारका लागि शिक्षक अभिभावकबीचको सम्बन्ध सहयोगी समन्वयकारी हुनु पर्नेमा वक्ताहरूले जोड दिएका छन् ।
कैलालीको सुदूरपूर्वी खैरीफाँटा श्रोतकेन्द्रद्वारा शुक्रवार आयोजित श्रोतव्यक्तिहरूको स्वागत तथा विदाइ कार्यक्रममा बोल्ने वक्ताहरूले सो कुरामा जोड दिएका हुन् ।
खैरीफाँटा श्रोतकेन्द्रका नव श्रोतव्यक्ति अमरनाथ झाले शिक्षकवर्गको एक्लो प्रयासले मात्र शैक्षिक सुधार असम्भव भएकाले अभिभावकवर्ग समेत सहयोगी र जागरूक बत्रु पर्ने बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं पथरैया गाविस सचिव सन्तोषकुमार चौधरीले शिक्षामा गरिएको लगानी दीर्घकालीन महत्वको हुने भएकाले आगामी वर्षदेखि शैक्षिक वजेट विनियोजनमा आफु लागी पर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवं असल छिमेकी नेपाल पथरैया सामुदायिक विकास परियोजना प्रमुख रञ्जित चौधरीले यस क्षेत्रको शैक्षिक एवं सामाजिक विकासका लागि आफुहरू हातेमालो गर्न तयार रहेकोले विद्यालयबाट स्पष्ट दृष्टिकोण र प्रभावकारी कार्ययोजना ल्याउन आग्रह गर्नुभयो ।
खैरीफाँटा श्रोतकेन्द्र व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर थापाको सभापतित्वमा आयोजित विदाइ तथा स्वागत कार्यक्रममा खैरीफाँटा श्रोतकेन्द्रका निवर्तमान श्रोतव्यक्ति टेकराज भट्ट, गोविन्द बिष्ट, लोकराज जोशी, भृकुटी मावि सुवर्णपुरका प्रधानाध्यापक नृपराज भण्डारी, कालिका निम्न मावि पूर्व खैरीफाँटाका प्रधानाध्यापक जनकबहादुर थापा, राष्ट्रिय निम्न मावि खैरेनीका प्रधानाध्यापक प्रेमभक्त रेग्मी, झपट स्वडारीलगायतले बोल्नु भएको थियो भने स्वागत महेन्द्रशिशु उच्च मावि धर्मापुरका प्रधानाध्यापक चक्रपाणि भट्टराई, धन्यवाद अरूणोदय उच्च मावि खैरीफाँटाका सहायक प्रधानाध्यापक कर्णबहादुर कुँवर र सञ्चालन कालिका प्राविका प्रधानाध्यापक मथुराप्रसाद न्यौपानेले गर्नु भएको थियो ।
भट्ट भजनी श्रोतकेन्द्रमा सरूवा हुनु भएको हो भने झा बौनियाँ श्रोतकेन्द्रबाट आउनु भएको हो । विदाइ तथा स्वागत कार्यक्रममा श्रोतव्यक्ति भट्टलाई प्रमुख अतिथि चौधरीले दोसल्ला र प्रशंशापत्रले सम्मानित गर्नु भएको थियो ।

Want your school to be the top-listed School/college in Tikapur?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Patharaiya V. D. C. Ward No 8 Khairiphanta Kailali
Tikapur
TIKAPUR