नतिजा प्रकाशन स्थगन सम्वन्धी सूचना ।
यस विद्यालयमा शैक्षिकसत्र २०८१ मा कक्षा नर्सरी देखि कक्षा ५ सम्म अध्ययन गरी मिति २०८१ चैत्र ११ देखि १८ गते सम्म सञ्चालन भएको बार्षिक परीक्षामा सामेल भएका विद्यार्थीहरूकाे नतिजा पुर्व निर्धारित कार्यक्रम अनुसार यहि मिति २०८१/१२/२७ गते प्रकासन हुने भनिएको भएता पनि शिक्षकहरूकाे शैक्षिक आन्दोलन तथा आम शैक्षिक हडतालका कारण अर्काे सुचना प्रकाशन नभए सम्म का लागि नतिजा प्रकाशनकाे कार्यक्रम स्थगन गरीएकाे छ।
स्थगन नतिजा प्रकाशन कार्यक्रमबाट पर्न गएकाे क्षति प्रति सम्पुर्ण अभिभावक ज्युहरू, विद्यार्थी वर्गहरूमा क्षमा प्रार्थी छाै ।
विद्यालय प्रशासन
श्री सिध्देश्वर आधरभूत बिद्यालय छथर गा.पा.-४फाक्चामारा ,तेह्रथुम ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री सिध्देश्वर आधरभूत बिद्यालय छथर गा.पा.-४फाक्चामारा ,तेह्रथुम ।, School, Chhathar Rural Municipality/4, Phakchamara, Terhathum.
सबैमा हार्दिक शुभकामना ।
18/03/2024
यश बिद्यालयको बाल कक्षामा अध्ययनरत भाइ RIYAN KARKI लाई आज पर्न गएको जन्मदिनको अवसरमा हार्दिक मङ्गलमय शुभकामना ।
13/10/2023
छथर गाउपालिकाकाे अार्थिक सहयाेग गउँशिक्षा समिति छथर गा.पा.काे अायाेजना तथा श्री नवीन शिक्षा सदन मा.बि. छथर गाउँपालिका-४ फाक्चामारा, तेह्रथुम काे व्यवस्थापनमा भएकाे अन्तर अा.वि.स्तरिय नृत्य प्रतियाेगिता तथा विजय दशमी ,शुभ दिपावली,तथा छट पर्वकाे शुभकामना अादन प्रदान कार्यक्रममा अाज मिति २०८०/०६/२६ गते नृत्य प्रतियोगिता मा भाग लिदै श्री सिध्देस्वर आ बि का नानी बाबुहरु।
10/09/2023
स्थाई घर छथर ३ पन्चकन्या भई हाल छथर -२ शुक्रबारे बस्दै आउनुभएका आदरणीय भुपाल मते र वहाको परिबारको तर्फ बाट वहाहरुकी स्वर्गीय आमाको स्मृतिमा आज यस बिद्यालय मा अध्ययनरत बिध्यार्थीहरुलाई आजको खाजाको ब्यबस्थापन गरि वहाँका परिबारका सदस्यहरुको उपस्थितिमा खाजा बितरण गर्नुभएकोमा बिद्यालयको तर्फ बाट स्वर्गीय आमाको आत्माको शान्ती को प्रार्थना गर्दै वहाहरु सम्पुर्ण सहयोगी मनहरुलाई धेरै धेरै धन्यबाद व्यक्त गर्दछौ ।
सूचना
प्रस्तुत सम्वन्धमा मिति २०८०/०४/२४ गते बुधबार विश्वआदिवासी दिवसकाे अवसरमा प्रदेश १ भर विदा दिने निर्णय भएबमोजिम उक्त १ दिन विद्यालय बन्द रहने व्यहाेरा संबंधित सबैकोजानकारीका लागी अनुराेध छ।
विद्यालय प्रशासन
30/06/2023
आज मिति २०८०/०३/१५ सुक्रबारको दिन आसार १५ तथा अतिरिक्त कृयाकलाप अन्तर्गत फुलबारी सहित बगैँचा निर्माणमा बिध्यार्थी तथा मिसहरु।
वडा स्तरिय अतिरिक्त कृयाकलाप अन्तरगत नृत्य प्रतियोगितामा आफ्नो प्रस्तुति देखाउदै कक्षा ५ कि छात्रा आसिका लिम्बू ।
18/04/2023
छथर गाउँपालिका तेह्रथुम को आर्थिक बर्ष २०७९/०८० को स्वीकृत बजेट अनुसार छथर गाउँपालिका -४ का सबै बिद्यालय का कक्षा १-५ का करिब २०० बिध्यार्थीहरुलाई बितरण हुने गरि बिपन्न बालबालिका कार्यक्रम (पोषाक तथा स्टेसनरी ) योजना समिती बाट school bag खरिद गरि आज यस बिद्यालयमा अध्ययनरत बिध्यार्थीहरुलाई वडाध्यक्ष श्री पुस्प बहादुर कार्की को प्रमुख आतिथ्यमा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्री भुपाल बहादुर कार्कीको अध्यक्षतामा एक कार्यक्रम गरि झोला बितरण कार्य सम्पन्न भयो । कार्यक्रम प्रदान गरेकोमा छथर गाउपालिका लाई धन्यवाद ।
समयमै भर्ना समयमै ज्ञान गुणस्तरीय शिक्षा सबैको अभियान
यस श्री सिध्देस्वर आधारभुत बिद्यालय छथर ४ फाक्चामारा कार्कीगाउ तेह्रथुम मा शैक्षिकसत्र २०८० को लागिविद्यार्थी भर्ना खुलेको सहर्ष जानकारी गराउछौ ।समयमै आ आफ्ना नानी बाबू हरुलाई बिद्यालय मा भर्ना गराई सहयोग गरिदिनुहोला ।
समयमै भर्ना समयमै ज्ञान
गुणस्तरीय शिक्षा सबैको अभियान
विद्यार्थी भर्ना कार्यक्रम २०८०
02/03/2023
संबन्धित सबैको जनकारिको लागि ।
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Chhathar Rural Municipality/4, Phakchamara
Terhathum
Opening Hours
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 04:00 |
| Sunday | 10:00 - 16:00 |