Janata Secondary School, Taplejung, Nepal

Janata Secondary School, Taplejung, Nepal It is a multi-disciplinary community School located in Phungling Municipality-09, Hangdewa, Taplejung, established in 2013 B.S. with it's rich history.

सूचना तथा जानकारी सम्बन्धमा !📢
24/09/2026

सूचना तथा जानकारी सम्बन्धमा !📢

21/09/2026

भविष्यका कर्णधारको उत्सव र इतिहासका निर्मातालाई नमन: ६२ औँ राष्ट्रिय बाल दिवस तथा सेवानिवृत्त शिक्षक सम्मान कार्यक्रमको परिदृश्य !🌏

आज हामीले ती आदरणीय गुरुहरूलाई सम्मान गर्ने अवसर पाएका छौं, जसले आफ्नो सम्पूर्ण जीवन शिक्षण पेशामा अर्पण गर्नुभयो। जसले कालोपाटीका अक्षरहरू मात्र होइन, हाम्रा सपनाहरूलाई पनि आकार दिनुभयो। जसको अथक परिश्रम, असीम धैर्य र प्रेरणादायी मार्गदर्शनले आज हामी यो समाजमा खुट्टा टेक्न सफल भएका छौं।

​तपाईंहरूले छर्नुभएको ज्ञानको उज्यालो र दिएको संस्कार आज पनि हाम्रो जीवनको बलियो आधार बनिरहेको छ। सारा जीवन शिक्षण पेशामा समर्पित भई नयाँ पुस्ताको भविष्य कोर्नुहुने गुरुज्यूहरूको योगदान मेटेर मेटिने छैन बरु हाम्रा पुस्ताहरूको हृदयमा सधैँ अमर रहनेछ। आफ्नो कार्यव्यस्तता वा ​विशेष कारणवश आजको सम्मान कार्यक्रममा उपस्थित हुन नसक्नुभएका आदरणीय गुरुज्यूहरूलाई आगामी दिनहरूमा क्रमशः सम्मान गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दछौँ।​ शिक्षा क्षेत्रमा यहाँहरूले पुर्‍याउनुभएको अतुलनीय योगदानप्रति हार्दिक आभार व्यक्त गर्दै सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दछौँ। तपाईंहरू हाम्रो प्रेरणाको स्रोत र गौरवको प्रतीक हिजो पनि हुनुहुन्थ्यो, आज पनि हुनुहुन्छ र भोलि पनि उत्तिकै रहनुहुनेछ।

यस कार्यक्रमको जन्मदाता वडा शिक्षा समिति हो। समितिको स्थापना वि.स. २०८० सालमा भएको थियो। यसअघि वडाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा शिक्षक तथा कर्मचारीहरूका लागि पाठ्यक्रम प्रबोधिकरण तालिम, प्रश्नपत्र निर्माण, विविध वडा स्तरीय अतिरिक्त क्रियाकलाप तथा सबै प्रकारका वडा स्तरीय परीक्षा सञ्चालन गर्दै आएको छ। यसै क्रममा समितिले आफ्नो कार्यसूचीमा रहेको सेवा निवृत्त शिक्षकलाई सम्मान गर्ने यो महत्वपूर्ण कार्यक्रम पनि साकार बनाएको छ। उक्त कार्यक्रमलाई जीवन्त बनाउन लागि पर्नुहुने वडा शिक्षा संयोजक तथा वडाध्यक्ष श्री लक्षुमन गुरुङ लगायत सम्पूर्ण समिति परिवारहरुप्रति मन, मस्तिष्क र हृदयबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

21/09/2026

मित्रता र सामाजिक समर्पणको अनुकरणीय उदाहरण !🤝🌏

हाम्रा पूर्व प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा हामी सबैको अविभावक आदरणीय श्री तेजप्रताप सुब्बाज्यूको विशेष पहल एवं समन्वयमा वहाँका समकालीन मित्र, ओखलढुङ्गा निवासी समाजसेवी श्री हंसराज वाग्लेज्यूले यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि २०० थान ट्रयाकसुट (Tracksuit) सौजन्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। खुशी यस अर्थमा छौं कि सहयोगी हंसराज वाग्ले ज्यूले स्कूल ब्याग (School Bag) दिने प्रतिबद्धता गरेतापनि विद्यालयको अनुरोधमा विद्यालयको आवश्यकतानुसार ट्रयाकसुट प्रदान गर्ने घोषणा गरिसक्नुभएको छ। विद्यालयले विद्यार्थी संख्या र लाेगाे समयमै सम्बन्धित पक्षलाई पठाइसकेको छ।

​यो अमूल्य सहयोग सम्भव भएसम्म आगामि बडादशैँ अगावै र प्राविधिक कारणवश ढिलाइ भएमा तिहार लगत्तै विद्यार्थीहरूलाई औपचारिक रूपमा हस्तान्तरण गरिने जानकारी समेत गरासक्नु भएको छ। ​विद्यार्थीहरूको उज्ज्वल भविष्य र पठनपाठनमा हौसला अभिवृद्धि गर्ने उद्देश्यले प्राप्त यस अतुलनीय योगदानका लागि विद्यालय परिवार समाजसेवी श्री हंसराज वाग्लेज्यू प्रति हार्दिक आभार प्रकट गर्दछ। विद्यालयको उन्नयनमा सदैव तत्पर रही ओखलढुङ्गा र ताप्लेजुङलाई जोडने पूल बनेर यो ऐतिहासिक सहयोग सम्भव बनाउनुहुने आदरणीय श्री तेजप्रताप सुब्बा ज्यूप्रति उच्च सम्मानसहित हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ।🙏

18/09/2026

वक्तृत्वकला: शब्दमा शक्ति, विचारमा चेतना !🥰

'बालापनको रक्षा, भविष्यको सुरक्षा' भन्ने राष्ट्रिय नाराका साथ ६२ औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा कक्षा-१२ का लाइसन गुरुङ “सामाजिक सञ्जालका प्रभाव” विषयमा आफ्ना विचारहरू प्रभावशाली ढङ्गले प्रस्तुत गर्दै !🎤

📱 सामाजिक सञ्जाल—ज्ञान र अवसरको माध्यम पनि, चुनौती र जोखिमको कारण पनि ! यसको सही प्रयोगले भविष्य निर्माण गर्न सक्छ, गलत प्रयोगले भविष्य नै प्रभावित पार्न सक्छ।

✨ बोल्दै सिक्ने अनि चेतनासँगै अघि बढ्ने यात्रा !

17/09/2026

राष्ट्रिय बाल दिवस विशेष !🧠

६२ औं ​राष्ट्रिय बाल दिवसको पावन अवसरमा हाम्रा आधारभूत तह (कक्षा ६-८) का प्रिय नानीबाबुहरुको 'अन्तर-सदनात्मक हाजिरी जवाफ प्रतियोगिता' को छोटो अंश ।

​"बालापनको रक्षा, भविष्यको सुरक्षा" भन्ने नारालाई आत्मसाथ गर्दै विद्यालयले विद्यार्थीहरूको बौद्धिक विकास र प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धि गर्न यो कार्यक्रम आयोजना गरेको हो।​ उत्साही अनुहार, तीव्र गति र सही उत्तरको खोजीमा झुम्मिएका हाम्रा नानीबाबुहरू !🧑‍🤝‍🧑

​

16/09/2026

प्रसंग: ६२ औं राष्ट्रिय बाल दिवस !🧑‍🤝‍🧑
क्रियाकलाप: आधारभूत तह (१-५) 'Hot Potato' प्रतियोगिता !👌

नजिकबाट नियालेर हेर्दा जीवन पनि 'Hot Potato' झै लाग्छ, होइन र?👏

​"हातमा चुनौती आउँदा डराएर रोकिने होइन, त्यसलाई कुशलतापूर्वक सामना गर्दै अगाडि बढाउन सिक्नुपर्छ। जसरी 'Hot Potato' खेलमा बल समातेर बसियो भने आउट भइन्छ, त्यसरी नै जीवनमा समस्यालाई मनमा गुम्साएर राखियो भने अघि बढ्न सकिँदैन।

​आउनुहोस्, हरेक परिस्थितिलाई खेलको रूपमा लिऔँ—मुस्कुराऔँ, समस्या पन्छाऔँ र अगाडि बढौँ।🎈✨"
​

15/09/2026

साना हात, ठूला सपना अनि मिठाईमा अल्झिएका खुशी !🥰🥰

राष्ट्रिय बाल दिवसको अवसरमा आधारभूत तह (कक्षा १–५) का साना नानीबाबुहरूका लागि आयोजित 'चकलेट रेस' मा देखिएको यो उत्साह, प्रतिस्पर्धा र निष्छल खुसीले विद्यालयको वातावरणलाई नै संगीतमय बनाएको छ। साना-साना कुरामा रमाउन सक्ने बालबालिकाहरूको यो मिठो मुस्कान र चकलेट जित्ने मीठो धुनले हामी सबैलाई आफ्नै बाल्यकालको सुन्दर सम्झनातिर फर्काएको छ।

​बालबालिकाहरूको यस्तै प्रतिभा, उत्साह र क्षमतालाई निखार्दै उनीहरूलाई सधैं अघि बढ्न प्रेरित गर्नु नै हाम्रो मुख्य उद्देश्य हो। चकलेट पाउँदाको त्यो सानो खुसी र साथीहरूसँगको रमाइलो क्षणले उनीहरूको मानसपटलमा सधैंका लागि एउटा अमूल्य सम्झना छाडेको छ।✍️

14/09/2026

शोकलाई शब्दमा उतार्दै: रसुवा घटनाका मृतकहरूप्रति समर्पित कवि मुक्कुमको समसामयिक कविता वाचन !🙏

गत भाद्र १० गते रसुवा जिल्लास्थित भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढी तथा पहिरोका कारण ज्यान गुमाउनुभएका निर्दोष आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै तीनै मृतकहरूको सम्झनामा श्री जनता माध्यमिक विद्यालयका पूर्व विद्यार्थी एवम् राष्ट्रिय स्तरका चर्चित कवि श्री लक्ष्मीप्रसाद मादेन (लेकाली कान्छा 'मुक्कुम') ज्यूद्वारा पद्यमा आधारित अत्यन्तै मार्मिक, भावुक तथा समसामयिक कविता वाचन गर्दै गर्दाको दृश्य !✍
​

14/09/2026

विद्यालयको अमूल्य गहना: राष्ट्रिय स्तरमा चम्किएका पूर्व विद्यार्थी तथा कवि लक्ष्मीप्रसाद मादेन सम्मानित !🙏

यस जनता माध्यमिक विद्यालय, फुङ्लिङ–९, हाङ्देवा, आसाहाङपाटी, ताप्लेजुङका पूर्व विद्यार्थी, प्रतिभाशाली नक्षत्र तथा कवि श्री लक्ष्मीप्रसाद मादेन (लेकाली कान्छा 'मुक्कुम') ज्यू 'Poet Idol Season 1-2079' को उत्कृष्ट ९ मा पर्न सफल हुनुका साथै राष्ट्रिय स्तरको अनलाइन कविता प्रतियोगिता-२०८२' को विजेता ६२ औँ राष्ट्रिय बाल दिवसको अवसरमा विद्यालय परिवारद्वारा सम्मानित !

​उहाँको यो निरन्तर साधना र अतुलनीय सफलताले विद्यालय परिवार मात्र नभई सिङ्गो वडा र ताप्लेजुङवासीलाई नै गौरवान्वित बनाएको छ। उहाँको सिर्जनात्मक यात्रा थप उचाइमा पुगोस र निरन्तर प्रगतिको शिखर चुम्न सकोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ! कवि लक्ष्मीप्रसाद मादेन ज्यूलाई बधाई तथा उज्ज्वल भविष्यको थप शुभकामना !

प्रस्तुत भिडियोमा नारीहरुको महान पर्व तीजको अवसरमा उहाँले वि.सं. २०७४ सालमा मेची अञ्चल स्तरीय कविता प्रतियोगितामा गद्यमा आधारित 'सेकमुरी' नामक कवितामार्फत प्रथम स्थान हासिल गरी आफ्नो उत्कृष्ट काव्य-प्रतिभाको प्रारम्भ गर्नुभएको र सो ही कविता जस्ताको त्यस्तै वाचन गर्नुहुँदै गर्दाको दृश्य देखाइएको छ।
​

Address

Taplejung
57500

Opening Hours

09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Janata Secondary School, Taplejung, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category