सुर्के मा.वि. मेरिङदेन-5, ताप्लेजुङ

सुर्के मा.वि. मेरिङदेन-5, ताप्लेजुङ

Share

to know details of this school

04/08/2026

area in summer season🌧🌧☔🌈🌦🌦🚳

28/07/2026

नेपाल सरकारले शिक्षक माथीको विभेद कहिले सम्म होला !!!
कविताको शीर्षक "फलामको शरीरले बनेको जिवित प्राणी हो नेपाली शिक्षक"
डाँडाकाँडा, उकालो-ओरालो, घाम-पानी र हुरी सहँदै,
मार्कर र सेतोपाटीसँगै ज्ञानको ज्योति छातीमा वहँदै ।
पाइलाहरु थाक्दैनन् कहिल्यै, गोडामा अनौठो तागत छ,
हो, नेपाली शिक्षकको शरीरमा फलाम झैँ सामर्थ्य छ ।

हत्केलामा मार्करको कालो मसि, मुटुभित्र मायाको विशाल सागर,
कष्टलाई पनि मुस्कुराएरै टार्ने, कति अनुशासित व्यबहार ।
फलाम जस्तै कडा यो देह, तर भित्र धड्किन्छ जीवित प्राण,
अज्ञानताको अँध्यारो फाल्न, सजिलै सुम्पिन्छन आफ्नै ज्यान ।

भोक लागोस कि बिराम होस्, कक्षामा छिर्दा मुस्कुराउने,
आफ्ना सबै अभाव र वेदना भुली, देशको भविष्य सजाउने ।
दु:खका हजारौं आधिमा पनि, कहिल्यै नझुक्ने अनौठो प्राणी,
अक्षर-अक्षरमा चेतना भर्ने, अपरम्पार छ यिनको बानी ।

नेपाली शिक्षकको शरीर, फलामले बनेको जीवित प्राणी,
सहनशिलता र समर्पणको सिरानी हाल्ने यिनको बानी ।
आफू फलाम झैँ कठोर भई, अरुको जीवन उज्यालो बनाउने,
कोटि-कोटि नमन सबै गुरुहरुलाई, जसले नयाँ युग जगाउने ।
-- लभ्ली, ल्हातेम्बा--

प्रसङ्ग:- शिक्षक राष्ट्रसेवक नभएकाले नेपाल सरकारले शिक्षकलाई सवारीसाधन लगायत हरेक सेवासुविधामा विभेद गरिरहेको देखिन्छ !

Want your school to be the top-listed School/college in Taplejung?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Meringden
Taplejung