Lumbini Medical College

Lumbini Medical College

Share

17/04/2025

के तपाईलाई थाहा छ? रक्सी (अल्कोहोल) को सेवनले गर्ने असरहरु

रक्सी (अल्कोहोल) को सेवनले शरीर र मनमा धेरै असर पार्छ। थोरै मात्रामा सेवन गर्दा केही समयको लागि हल्का असर देखिए पनि, धेरै वा नियमित सेवन गर्दा गम्भीर शारीरिक, मानसिक र सामाजिक असरहरू देखिन्छन्।

रक्सीको सेवनले असर गर्ने प्रमुख कारणहरू:
1. अल्कोहोल एक न्युरो–डिप्रेसन्ट हो – यसले दिमागको कार्यप्रणाली ढिलो बनाउँछ।
2. शरीरले अल्कोहोललाई विष (toxin) का रूपमा हेर्छ – त्यसैले लिभरले निरन्तर फिल्टर गर्नुपर्छ।
3. नशालाई असर पार्ने र निर्णय क्षमता कमजोर बनाउने – जसले व्यवहारमा परिवर्तन ल्याउँछ।

रक्सीको असर हुने अंग र प्रणालीहरू:
१. दिमाग (Brain):
• सोच्ने र निर्णय गर्ने क्षमतामा असर
• चिडचिडोपन, आक्रोश, डिप्रेशन वा एङ्जायटी
• दीर्घकालीनमा स्मरणशक्ति कमजोर
२. कलेजो (Liver):
• फ्याटी लिभर, हेपाटाइटिस, सिरोसिसजस्ता रोग
• लिभर फेल हुने जोखिम

३. मुटु (Heart):
• उच्च रक्तचाप (High blood pressure)
• मुटुको धड्कन असामान्य हुनु (Arrhythmia)
• मुटु घात (Heart attack) को खतरा

४. पाचन प्रणाली (Digestive system):
• ग्यास्ट्रिक, अल्सर
• पेट दुख्ने, बान्ता आउने

५. यौन स्वास्थ्य:
• पुरुषमा लिङ्ग कमजोर हुने (erectile dysfunction)
• शुक्रकीटको संख्या घट्ने
• महिलामा अनियमित मासिक, गर्भधारणमा असर

६. सामाजिक असरहरू:
• पारिवारिक झगडा, हिंसा
• काममा असर, बेरोजगारी
• कानुनी समस्या (ड्रिंक एन्ड ड्राइभ, झगडा आदि)

अल्कोहोलको लत (Addiction) परेपछि:
• बिरामीले आफैंले नियन्त्रण गर्न सक्दैन
• नियमित सेवन नगरेमा हात काँप्ने, टाउको दुख्ने, बेचैनी
• Detoxification र काउन्सेलिङ आवश्यक पर्न सक्छ

मदिरापान स्वास्थ्यका लागि घातक छ ।
Dr :Ram Thapa Chettri
फोटो :एआई

24/06/2023

आजकल केही समाचारका माध्यमहरुमा यस सस्थाको बारेमा भ्रम छर्ने खालको समाचार प्रकाशन भएको कुरामा यस सस्थाको ध्यानाकर्षण भएको जानकारी गराइन्छ । यस सस्थाको बारेमा कुनै पनि समाचार प्रकाशन गर्नुपर्ने भएमा सस्थाका प्रवक्ता वा मिडिया प्रमुख सँग जानकारी लिएर प्रकाशन गर्नुहुन अनुरोध गरिन्छ ।

31/10/2022
15/10/2020

सहयोगका लागि अनुरोध छ ।
कालिगण्डकी गाउँपालिका ५ गुल्मीका एक बिरामी लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पाको वेडमा सिकिस्त बिरामी हुनुहुन्छ,उहालाई ईमर्जेन्सी B positive blood आवश्यक परेका हुदा सम्भव भएका ईच्छुकले सहयोग गरिदिनु हुन अनुरोध छ ! मोबाइल नम्बर-9816103105 ।

02/03/2020

#काेराेना_भाइरस_सम्बन्धि_जनस्वास्थ्य_विज्ञ_डा_रवीन्द्र_पाण्डेले_संकलन_गरेकाे_तथ्य

– कोरोना कमजोर भाइरस हो । यसको संक्रमण सबैलाई हुँदैन । दीर्घ रोगी, वृद्धवृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केही व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ ।
– कोरोना सर्‍यो भनेपनि आत्तिनु पर्दैन । यसको मृत्युदर निकै कम छ । १०० जनालाई संक्रमण भयो भने २ देखि ३ जनाको मात्र मृत्यु हुनसक्छ । सामान्य रुघाखोकीले विश्वमा प्रत्येक वर्ष ४,५०,००० व्यक्तिको मृत्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन ।
– कोरोना संक्रमणको औषधि छैन । तसर्थ उपचारमा धेरै खर्च हुँदैन । ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने, मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने, गाह्रो भएमात्र अस्पताल जाने ।

– कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ । तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन ।
– कोरोनाविरुद्ध मानसिक रुपमा तयार हुनको लागि, भोलि शहर लक डाउन भयो भने सुरक्षित हुनको लागि २ (३ महिनाको जोहो गर्दा राम्रो हुन्छ । जस्तैः नियमित खाने औषधि, अत्यावश्यक खाद्य पदार्थ, प्राथमिक उपचारका औषधि जस्तै – सिटामोल, रुघाखोकीको औषधि ।
– शहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम बिकल्प हो । गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ ।

– विश्वासिलो मिडियाको मात्र समाचार पढ्ने, सुन्ने, विश्वास गर्ने बानी बसाल्दा अनावश्यक मानसिक दबाब झेल्नु पर्दैन ।
– बजारमा मास्कको अभाव छ । कोरोना संक्रमण रोक्नको लागि मास्कको भूमिका निकै कम छ । बराबर हात धुने, सफा रहने गर्‍यो भने कोरोना संक्रमण सर्दैन । तसर्थ मास्क नपाएपनि डर मान्नु पर्दैन । मास्कभन्दा पंजा महत्त्वपूर्ण छ ।

– बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा स्प्रिट–कपास, साबुनपानी आदिको प्रयोग गर्न सकिन्छ ।
– कोरोना संक्रमण फैलियो भने चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी लगायतले अस्पताल, चौर (टेन्ट) आदिमा राखेर उपचार गर्छन् । विश्व स्वास्थ्य संघ, विदेशी स्वयंसेवी संस्था, विदेशी राष्ट्र लगायत धेरैको हामीले सहयोग गर्नेछन् ।
– कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम हो । हामीकहाँ गर्मी शुरू भएको छ । तसर्थ जाडोमा जस्तो छिटो फैलिने सम्भावना एकदम कम छ ।

– कोरोना भाइरसविरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ ।
– क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो । तसर्थ डराउनु पर्दैन ।
– यसको रोकथाम हाम्रो हातमा छ । भीडभाडमा नजाने, हात धोइरहने, विना काम घर बाहिर नजाने गर्दा ९०% रोकथाम हुन्छ । –

21/08/2019

जैतुनको तेल खरिद गर्नुअघि केही ख्याल गरौं

हामी भन्छौं धेरै चिल्लो खानेकुरा सेवन गर्नुहुँदैन । त्यही कारण हामी तेल प्रयोगमा नियन्त्रण गर्छौं । यद्यपि बिहान बेलुकी छाकमा हामीलाई तेल चाहिन्छ । तरकारी पकाउन तेल नभई हुन्न । तरकारी वा कुनैपनि खानेकुरामा तेलको प्रयोग बढी भएमा उक्त खानेकुरा नै अस्वस्थकर हुन्छ भन्ने हामीलाई लाग्छ ।

तेलमा अखाद्य पदार्थको मिसावट हुने भएकाले पनि यसप्रति हामी बढी सचेत छौं । तेलको विकल्पमा कतिपयले घिउ प्रयोग गर्छन् । कतिपयले भने ओलिभ आयल अर्थात जैतुनको तेल प्रयोग गर्छन् । यद्यपि जैतुनको तेल महंगो हुने भएकाले धेरैले यसको प्रयोग गर्दैनन् ।

भनिन्छ, जैतुनको तेल फाइदाजनक हुन्छ । स्वास्थ्यवर्द्धक खानेकुरा सेवन गर्नु परेमा जैतुनको तेल नै प्रयोग गरिन्छ । त्यसो त बजारमा थरीथरीको ब्रान्डमा जैतुनको तेल पाइन्छ । मूल्यमा पनि त्यती एकरुपता हुन्न ।

अन्य किमिसको तेलले हृदय रोग, उच्च रक्तचाप, कोलेस्ट्रोल, मधुमेह जस्ता समस्या हुन्छ । जबकी जैतुनको तेलमा यस्तो खतरा हुँदैन । जैतुनको तेलले शरीरको विकारयुक्त पदार्थ निकाल्न पनि सहयोग गर्छ । खासमा जैतुनको तेलले किन हानी गर्दैन ? यसमा के पाइन्छ ? यो किन महंगो हुन्छ ?यसबारे चर्चा गरौं ।

के हुन्छ जैतुनको तेलमा ?

जैतुनको तेलमा एन्टी अक्सिडेन्ट पाइन्छ । एन्टिअक्सिडेन्टले हाम्रो शरीरको हानिकारक तत्व रोक्ने काम गर्छ । एन्टिअक्सिडेन्टका साथसाथै जैतुनको तेलमा भिटामिन ई र डी भरपुर मात्रामा पाइन्छ ।

किन महंगो हुन्छ ?

जैतुन एक वनस्पति हो, जसको फलबाट तेल निकालिन्छ । जबकी जैतुनको फलबाट अत्यन्त कम मात्रामा तेल उत्पादन हुन्छ । ४०-५० किलो जैतुनको फलबाट केबल तीन लिटर तेल उत्पादन हुन्छ । विशेष सिजनमा उत्पादन हुने यो फलको उत्पादन पनि कम मात्रामा हुन्छ । जबकी विश्वभर जैतुनको तेलको माग उच्च छ । यसलाई अनेक विधिबाट सेवन गर्ने गरिन्छ । त्यसैले यो अन्य तेलको तुलनामा महंगो हुन्छ ।

खरिद गर्नुअघि ध्यान दिनैपर्ने कुरा

-यो तेलले अक्सिजन, उज्यालो र गर्मीको सम्पर्कमा आउनसाथ आफ्नो गुण गुमाउँछ । त्यसैले जैतुनको तेल खरिद गरिरहँदा सधैं गहिरो रंगको काँचको बोत्तल वा स्टिलको डिब्बामा भरिएको तेल नै खरिद गर्नुपर्छ ।

-बजारमा केही सस्तो जैतुनको तेल पनि उपलब्ध छ, जसमा केही मिसावट हुन्छ । यो त्यति शुद्ध नहुने भएकाले फाइदाजनक पनि हुँदैन ।

-जैतुनको तेललाई सधैं सानो बोत्तलमा खरिद गर्नुपर्छ । यसलाई लामो समय स्टोर गरेर सेवन गर्न सकिँदैन, किनभने यसको गुणवत्ता घट्छ । खरिद गरेको बेला यसको उत्पादन मिति लगायतको पनि ख्याल गर्नुपर्छ । प्याक गरेको १५ महिनाभित्र जैतुनको तेल प्रयोग गर्नु बढी लाभदायक हुन्छ ।

Want your school to be the top-listed School/college in Tansen?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Pravas
Tansen