22/08/2026
बोटबिरुवा र फूललाई पनि मानिसलाई जस्तै पानी चाहिन्छ भन्ने महसुस गरी फूललाई पानी दिँदै हिमालयनका सुन्दर मानवीय फूलहरू ❤️
Education is the key to success.
22/08/2026
बोटबिरुवा र फूललाई पनि मानिसलाई जस्तै पानी चाहिन्छ भन्ने महसुस गरी फूललाई पानी दिँदै हिमालयनका सुन्दर मानवीय फूलहरू ❤️
19/08/2026
कक्षा ४ र ५ मा अध्ययनरत बाबुनानीहरू शैक्षिक तथा मनोरञ्जनात्मक फिल्ड भिजिटमा रमाउँदै। विद्यार्थीहरूले सौराहामा अवस्थित संग्रहालयअवलोकन लगायतका स्थानहरूको अवलोकन गरी ज्ञान तथा अनुभव हासिल गरेका छन्। यस्ता शैक्षिक भ्रमणले विद्यार्थीहरूलाई कक्षाकोठामा सिकेका विषयवस्तुलाई प्रत्यक्ष रूपमा बुझ्न र नयाँ कुराहरू अनुभवबाट सिक्न थप प्रेरित गरेको छ।
भ्रमण मिति: २०८३ भाद्र ३
Scout Students during "Second Inter Patrol Scout Cooking Competition 2083" on Shrawan 31
17/08/2026
Himalayan Kids on Naag Puja Day. #2083 Bhadra 1
नाग पञ्चमीको दिन हिमालयन बाबुनानीहरु आफूले कोरेको नागको चित्र सहित ❤️
16/08/2026
हिमालयन स्काउट ट्रुपका स्काउट विद्यार्थीहरु विभिन्न ९ वटा Patrol (समूह) अन्तरगत रही 2nd Inter Patrol Scout Cooking Competition 2083 (दोस्रो अन्तर प्याट्रोल स्काउट पाक कला प्रतिस्पर्धा २०८३) मा सहभागी हुँदै गर्दा ।
सबै सहभागी टिमको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रम मिति: २०८३ साउन ३१ गते आईतबार
2nd Inter Patrol Scout Cooking Competition 2083
14/08/2026
कक्षा १, २ र ३ मा अध्ययनरत बाबुनानीहरू शैक्षिक तथा मनोरञ्जनात्मक फिल्ड भिजिटमा रमाउँदै। विद्यार्थीहरूले सौराहामा अवस्थित संग्रहालयअवलोकन, हात्ती प्रजनन केन्द्र लगायतका विभिन्न स्थानहरूको अवलोकन गरी ज्ञान तथा अनुभव हासिल गरेका छन्। यस्ता शैक्षिक भ्रमणले विद्यार्थीहरूलाई कक्षाकोठामा सिकेका विषयवस्तुलाई प्रत्यक्ष रूपमा बुझ्न र नयाँ कुराहरू अनुभवबाट सिक्न थप प्रेरित गरेको छ।
भ्रमण मिति: २०८३ साउन २७
09/08/2026
हार्दिक बधाई तथा आभार !
हिमालयन इङ्ग्लिस सेकेन्डरी स्कुलले शैक्षिक सत्र २०८२ मा कक्षा १० को एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूलाई बधाई तथा सम्मान प्रदान गर्ने कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई बधाई तथा सम्मान प्रदान गर्दै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको छ।
त्यसैगरी, शैक्षिक सत्र २०८२ को आधारभूत तह कक्षा ८ को नगर स्तरीय परीक्षामा उत्कृष्ट नतिजा हासिल गराउन सफल अंग्रेजी विषय शिक्षक श्री सन्तोष भण्डारीज्यूलाई सम्मान गरिएको छ।
यसैगरी, शैक्षिक सत्र २०८२ को कक्षा १० को (SEE) परीक्षामा उत्कृष्ट नतिजा हासिल गराउन सफल अंग्रेजी विषय शिक्षक श्री नरेन्द्र प्रसाद बेल्वासेज्यूलाई पनि विद्यालयको शैक्षिक उन्नतिमा पुर्याउनुभएको महत्वपूर्ण योगदान प्रति सम्मान गरिएको छ।
त्यसैगरी बि. स. २०५७ वैशाख १ देखि २०८२ चैत महिना सम्म अनवरत रुपमा प्राथमिक तह (आधारभूत ) गणित विषय अध्यापन गरी अवकाश प्राप्त तथा यस विद्यालयमा शिक्षण सेवामा निरन्तर समर्पित रहनुभएका आदरणीय शिक्षिका श्री कमला अधिकारी पौडेलज्यूलाई सम्मान तथा बिदाइ गरिएको छ।
विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि, शिक्षकहरूको समर्पण तथा योगदानको सम्मान गर्ने यस कार्यक्रमले विद्यालय परिवारमा थप उत्साह, प्रेरणा र सकारात्मक ऊर्जा प्रदान गरेको छ।
एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। साथै, उत्कृष्ट नतिजाका लागि सम्मानित शिक्षकज्यूहरूमा हार्दिक बधाई तथा आदरणीय कमला अधिकारी पौडेलज्यूको आगामी जीवन सुखद, स्वस्थ र सफल रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
प्राचार्य एबम् हिमालयन स्कुल परिवार
#कार्यक्रम मिति: २०८३ साउन २३ गते शनिबार
06/08/2026
Students' Fun during Game on Shrawan 20, 2083.
| Monday | 09:45 - 16:15 |
| Tuesday | 09:45 - 16:15 |
| Wednesday | 09:45 - 16:15 |
| Thursday | 09:45 - 16:15 |
| Friday | 09:45 - 16:15 |
| Sunday | 09:45 - 16:15 |