05/08/2026
आज मिति २०८३ साल श्रावण २० गते यस श्री द्वारिकादास माध्यमिक विद्यालय रत्ननगर -१४, चितवनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रमेश थापा मगरको अध्यक्षतामा प्रमुख अतिथी रत्ननगर नगरपालिका १४ नं वडाका वडाध्यक्ष श्री होमनाथ रानाभाट को प्रमुख उपस्थिती तथा रत्ननगर नगरकार्यपालिका सदस्य श्री सानु भण्डारीको विशिष्ट उपस्थितीमा यस विद्यालयमा कार्यरत प्रधानाध्यापक श्री नवराज शर्मा अधिकारीलाई २०५३ साल वैशाख २० गते शिक्षण पेसा शुरु गरी मिति २०८३ साल श्रावण २१ गते देखि अनिवार्य अवकास हुनुहुने भएकाले उहाले ३० वर्ष ३ महिना १ दिन आफ्नो उर्जावान् समय शिक्षा क्षेत्रमा बिताइ निवृत हुन लाग्नुभएकोले उहाँलाई विद्यालयको तर्फबाट सम्मान सहित विदाइ गरियो सोहि कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक श्री नारायण कुँवर लाई विद्यालयको नि. प्रधानाध्यापक भई कामकाज गर्ने जिम्मा दिइयो ।
24/07/2026
आज मिति २०८३ साल श्रावण ८ गते शुक्रवार यस श्री द्वारिकादास माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रमेश थापाको अध्यक्षतामा प्रमुख अतिथी वडाअध्यक्ष श्री होमनाथ रानाभाट र विशिष्ट अतिथी कार्यपालिका सदस्य श्री सानु भण्डारीको सहभागितामा यस विद्यालयमा विगत लामो समय देखि कार्यरत शिक्षक पुरुषोतम रिजाल, शिक्षक एलिसा कुँवर र कार्यालय सहायक प्रल्हाद सिटौला लाई विद्यालयको तर्फबाट फेरी भेटौंला कार्यक्रका साथ यस विद्यालयमा सरुवा भई विद्यालयमा हाजीर हुनुभएका शिक्षक विष्णु देवी लाई विद्यालयमा स्वागत गरियो ।
09/06/2026
यस श्री द्वारिकादास माध्यमिक विद्यालयका छात्र छात्राहरुलाई जुत्ता वितरण गरियो ।
21/05/2026
यस श्री द्वारिकादास माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको गरिमामय अध्यक्ष पदमा नियुक्त हुनु भएकोमा यसै रत्ननगर वार्ड नं -१४ का जनप्रतिनिधी तथा सामाजिक व्यक्तित्व रमेश थापामगर लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ। तपाईंको नेतृत्व, अनुभव र सकारात्मक सोचले विद्यालयको शैक्षिक, भौतिक , प्रशासनिक तथा समग्र विद्यालयको विकासमा याहाँको महत्वपूर्ण योगदान पुग्ने विश्वास विद्यालय परिवारले अपेक्षा गरेको छ ।
विद्यालय, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण समुदायको हितका
लागि तपाईंको कार्यकाल सफल, प्रेरणादायी र उपलब्धिमूलक
रहोस् ।
श्री द्वारिकादास माध्यमिक विद्यालय
परिवार, रत्ननगर -१४ चितवन ।
15/05/2026
आज मिति २०८३ साल जेठ १ गते शुक्रवार यस श्री द्वारिकादास माध्यमिक विद्यालय रत्ननगर -१४ चितवनमा
शैक्षिक सत्र २०८३ मा विद्यालयले गर्ने अतिरिक्त कार्यक्रम हरु सञ्चालन गर्न सहजता ल्याउनका लागि विद्यालयमा तपशील अनुसारका विद्यार्थी समूहको चयन गरियो |
तपशील :
१. हाउस विभाजन
२. वालक्लव पुर्नगठन
३. जुनियार रेडक्रस सोसाइटी पुर्नगठन
06/05/2026
शिक्षक आवश्यकता
रत्ननगर नगरपालिका बडा नम्बर १४ स्थित यस श्री द्वारिकादास मा.वि. मा प्राथमिक करार शिक्षक एक जना पदपूर्ति गनुपनें भएका हुदा तपसिल अनुसारको योगयता पुगको इच्छुक नेपाली नागरिकहरु बाट दरखास्त आह्वान गरिन्छ ।
10/04/2026
आज यस द्वारिकादास माध्यमिक विद्यालयको शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
वर्षभरिको मेहनत र अनुशासनको उच्च मूल्याङ्कन गर्दै उत्कृष्ट स्थान हासिल गर्न सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछौं। साथै, आफ्ना बालबालिकाको शैक्षिक यात्रामा निरन्तर साथ दिनुहुने आदरणीय अभिभावकज्यूहरू र मार्गदर्शक शिक्षकवर्गमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।
विद्यालय परिवार
10/04/2026
सूचना ! सूचना !! सूचना !!!
यस विद्यालयको शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाको नतिजा यही मिति २०८२ चैत्र २७ गते, बिहान ११:०० बजे प्रकाशन हुन गइरहेको जानकारी सम्पूर्ण विद्यार्थी तथा अभिभावकज्यूहरूमा गराइन्छ।
अभिभावकज्यूहरूले विद्यालयमा उपस्थित भई आफ्ना नानीबाबुहरूको नतिजा संकलन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
पुनश्च: नतिजा प्रकाशनका दिन विद्यार्थीहरू विद्यालय पोसाकमै आउनु अनिवार्य छ।
विद्यालय परिवार
01/04/2026
सम्पूर्ण छात्रछात्राहरुलाई सफलताको शुभकामना