18/09/2026
The Fourth issue of the school wall magazine " BHANU " was successfully launched today in a programme held under the chairmanship of the school principal Mr. Narraj Pradhan.
Started in 2023 with the aim of nurturing the hidden artistic talents of students, this wall magazine proudly carries a four - year continues journey of publishing numerous stories, poems, essays and more. This year a drawing competition was also included and we have pledged to come up with additional new projects in the coming years.
Special thanks go to the Grade 10 students who worked tirelessly day and night to make this fourth issue a success. I also extend my gratitude to my colleagues who attended the programme and offered words of encouragement. I express my special thanks to the school principal Mr. Narraj Pradhan for his constant support and encouragement of creative of creative work.
In the coming years, we will continue our efforts to make " BHANU " even more refined, more interesting and more informative.
Thank you all !
On behalf of the entire editorial team
Kalyan Gurung
Editor - in - Chief.
विद्यालयको भित्ते-पत्रिका “भानु” को चौथो अङ्क आज विद्यालयका प्राचार्य श्री नरराज प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा सफलतापूर्वक विमोचन गरियो |
विद्यार्थीहरूमा लुकेका कलात्मक प्रतिभाहरूलाई प्रस्फुटन गराउने उद्देश्यले सन् २०२३ मा सुरु गरिएको यो भित्ते-पत्रिकाले चार वर्षको निरन्तर यात्रामा अनेकौं कथा, कविता, निबन्ध आदि प्रकाशन गरेको गर्विलो इतिहास बोकेको छ | यस वर्ष चित्रकला प्रतियोगिता पनि समावेश गरिएको थियो भने आगामी वर्षहरूमा थप नयाँ परियोजनाहरू ल्याउने प्रतिबद्धता व्यक्त गरेका छौं |
यस चौथो अङ्कलाई सफल बनाउन अहोरात्र खट्ने कक्षा १० का विद्यार्थीहरूलाई विशेष धन्यवाद | कार्यक्रममा उपस्थित भई हौसलाका शब्दहरू राख्नु हुने सहकर्मी साथीहरूप्रति पनि म आभार व्यक्त गर्दछु | सिर्जनात्मक कार्यमा निरन्तर समर्थन र प्रोत्साहनका लागि विद्यालयका प्राचार्य श्री नरराज प्रधानलाई विशेष धन्यवाद ज्ञापन गर्दछु |
आगामी वर्षहरूमा “भानु” लाई अझ परिमार्जित, अझ रोचक र अझ ज्ञानवर्धक बनाउने प्रयास निरन्तर जारी रहनेछ |
सबैलाई एकमुष्ठ धन्यवाद !
सम्पूर्ण सम्पादकीय टोलीको तर्फबाट
कल्याण गुरुङ
प्रधान-सम्पादक |