Shree Manakamana Samudayik Vidhya Mandir, Bhanu-2, Tanahun

Shree Manakamana Samudayik Vidhya Mandir, Bhanu-2, Tanahun A completely non-profitable community based school

30/08/2021
09/08/2021

अत्यन्तै जरुरी सुचना।।
यस म सा बि म विध्यालयको वर्तमान बि ब्य स को ३ वर्षको कार्य अवधी समाप्त भएको र मिति २०७७/३/२४ गतेको बृहत् भेलाले एक महिना भित्र विशेष भेला बोलाइ नया कार्य समिती चयन गर्ने निर्णय बमोजिम यहि मिति २०७८/४/२७ गते बिहान ११ बजे विध्यालय प्राङ्गणमा आवस्यक अनिवार्य स्वास्थ्य मापदण्ड पालना गरि उपस्थित भैदिनु हुन आदरणीय अभिभावकहरु एबम सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ।

05/08/2021

टोल कक्षा सहजीकरण कार्यक्रम बन्द गरिएको बारे सुचना।।
प्रस्तुत विषयमा यश म सा बि म विध्यालयले संचालन गर्दै आइरहेको टोल कक्षा सहजीकरण कार्ययक्रम प्रतिकुल मौसम तथा वर्तमान विषम परिस्थितिका कारण भोलि मिति २०७८/४/२२ देखि यहि महिनाको मसान्तसम्म बन्द हुने सम्बन्धि सबैमा जानकारीका साथै उक्त समयावधि भरि विध्यार्थी भाइ बैनीको शैक्षिक क्रियाकलापमा सहभागिता बढाइराख्न र अभ्यस्त पारिराख्न वर्खे बिदा स्वरुप पर्याप्त गृहकार्य दिइएकोले आदरणीय अभिभावकहरुमा आफ्ना बालबच्चाको सोही अनुरुप फलोअप गरी सहयोग गरिदिनु हुन सादर अनुरोध गर्दछौ।
पुनस्च: 4-8 अन लाइन कक्षा भने निरन्तर चलिरहने सुचित गरिन्छ।
विध्यालय प्रशासन

कक्षा सहजीकरण कार्यक्रम बारे अत्यन्तै जरुरी सुचना।।यश म सा वि म विध्यालय भानु २ को मिति २०७८/३/२४ को अभिभावक भेलाको निर्...
15/07/2021

कक्षा सहजीकरण कार्यक्रम बारे अत्यन्तै जरुरी सुचना।।
यश म सा वि म विध्यालय भानु २ को मिति २०७८/३/२४ को अभिभावक भेलाको निर्णयानुसार वर्तमान विषम परिस्थितिलाई मध्य नजर गर्दै यहि मिति २०७८/४/३ आइतबारदेखि कक्षा ४देखि ८ सम्म अन लाइन कक्षा मार्फत निरन्तरता दिने र नर्सरी देखि ३ सम्म टोल कक्षा संचालन गर्ने निर्णय अनुसार समस्त अभिभावक, विध्यार्थी, तथा शिक्षकहरुमा निम्न तालिका बमोजिम कक्षा सहजीकरण कार्यक्रम संचालन गर्नु हुन अनुरोध गरिन्छ।
पुनस्च: यस कक्षा सहजीकरण नियमित रुपले चल्ने भएको हुनाले यथा शिघ्र पुस्तक व्यवस्थापन गरि भर्नाको लागि नाम दर्ता गर्न विध्यालय प्रशासनमा सम्पर्क गर्न सादर अनुरोध गरिन्छ।।
थप जानकारिको लागि 9846848768
9804168632
विध्यालय प्रशासन

अभिभावक भेला सम्बन्धि अत्यन्तै जरुरी सूचना!! यस म सा बि म विध्यालयको हालको वि ब्य स को अवधी समापन भइ नया कार्य कार्य समि...
05/07/2021

अभिभावक भेला सम्बन्धि अत्यन्तै जरुरी सूचना!!
यस म सा बि म विध्यालयको हालको वि ब्य स को अवधी समापन भइ नया कार्य कार्य समिती गठन लगाएत अन्य बिबिध विषय बस्तु प्रती छलफल गर्नु पर्ने भएकोले यहि मिति २०७८/३/२४ गते बिहिवार बिहान १०:३० बजे अनिवार्य उपस्तिथितिको लागि सम्बन्धित सम्पुर्णमा पत्र पठाइएको र यदि पत्र प्राप्त नभए यसै सूचनालाई आधार मानी उपस्तिथित भैदिन हार्दिक अनुरोध गरिन्छ ।।
विध्यालय प्रशासन

आदरणीय अभिभावक तथा प्यारा विध्यार्थी भाइ बहिनीहरुमा सुचना।।हामिले सन्चालन गरिरहेको 6-8 अन लाइन कक्षा सहजीकरण कार्यक्रम भ...
04/07/2021

आदरणीय अभिभावक तथा प्यारा विध्यार्थी भाइ बहिनीहरुमा सुचना।।
हामिले सन्चालन गरिरहेको 6-8 अन लाइन कक्षा सहजीकरण कार्यक्रम भोलिको मिति बाट थप गरि कक्षा 4-8 पुर्याएका छौ। निकट दिनमै यस्को प्रभावकारितालाइ मुल्यांकन गर्दै राय लिइ अन्य कक्षा संचालन गर्ने ब्यहोरा सहित हालको लागि भोलि मिति २०७८/३/२१ देखि तपशिल बमोजिम कक्षा संचालन हुने सुचित गर्दछौ।
नोट: कक्षामा जोडिन सम्बन्धित विध्यार्थिले सम्बन्धित कक्षा शिक्षक या विध्यालाय प्रशासनलाई सम्पर्क गर्न अनुरोध छ।
थप जानकारीको लागि 9846848768

21/06/2021

*अन लाइन कक्षा संचालन बारे जरुरी सूचना*
शै. स. ०७८/७९ को लागि यहि असार १० गते देखि कक्षा ६ बाट ८ सम्म र अन्य कक्षाको १५ गते देखि भर्चुअल माध्यमबाट अन लाइन (on line) कक्षा संचालन हुने भएकोले यथाशीघ्र भर्ना गरि आफ्नो सिट सुरक्षित गर्नु हुन समस्त अभिभावक,विध्यार्थीहरुमा जानकारी गरिन्छ।।
नोट: पुस्तकको लागि पवन पुस्तक पसल डुम्रे 9846062210
थप जानकारीको लागि 9846848768
विध्यालय प्रशासन

16/06/2021

विध्यार्थी भर्ना बारे।।
शैक्षिक शत्र ७८/७९ को लागि यस म सा बि म विध्यालयमा कक्षा नर्सरी देखि आठ सम्म मिति२०७८/३/२ गते देखि भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
थप जानकारिको लागि:
9846848768
9804168632
विध्यालय प्रशासन

यस विध्यालयको कक्षा ८को परिक्षाफल प्रकाशन भएको छ।
14/06/2021

यस विध्यालयको कक्षा ८को परिक्षाफल प्रकाशन भएको छ।

परिक्षाफल प्रकाशन गरिएको बारे।।वर्तमान विषम परिस्थितिका कारण सदा वर्ष झै नियमित पठन पाठन र अन्तिम परिक्षा संचालन गर्न नप...
11/06/2021

परिक्षाफल प्रकाशन गरिएको बारे।।
वर्तमान विषम परिस्थितिका कारण सदा वर्ष झै नियमित पठन पाठन र अन्तिम परिक्षा संचालन गर्न नपाएको सबैलाई सर्वबिदित नै छ। यसर्थ स्थानीय निकायको निर्देशन बमोजिम पहिलो र दोस्रो त्रैमासिक परिक्षाको क्रमश २०% र ४०% गरि ६०% र बाकी ४०% विध्यालयले आन्तरिक मुल्यांकनलाई आधार मानि यस बिध्यालयको कक्षा नर्सरी देखि कक्षा ७ सम्मको परिक्षाफल तपसिल बमोजिम प्रकाशन गरिएको जानकारि गरिन्छ।।
साथै कक्षा ८ को केही समय पछि प्रकाशन गरिने छ।।
नोट: शै. श. ७८/७९ को लागि असारको पहिलो हप्ता बाट नै भार्ना कार्यक्रम अनलाईन र फोन मार्फत सुरु गरिने सम्बन्धित सबैलाइ जानकारी गराइन्छ।।
सम्पर्क 9846848768
9804168632
विध्यालय प्रशासन

भानु नगरपालिकाको मिति २०७८/१/१४ गतेको निर्णय अनुसार कोरोना कहरको बढ्दो जोखिमलाइ मध्य नजर गर्दै नगरपालिका सम्पुर्ण बिध्या...
28/04/2021

भानु नगरपालिकाको मिति २०७८/१/१४ गतेको निर्णय अनुसार कोरोना कहरको बढ्दो जोखिमलाइ मध्य नजर गर्दै नगरपालिका सम्पुर्ण बिध्यालयहरु बन्द गर्ने निर्णय बमोजिम आज मिति २०७८/०१/१५ देखि २१ सम्म शैक्षिक पठन पाठन बद रहने र उक्त दिनहरुलाइ अन्तिम वार्सिक परिक्षाको तयारी बिदाको रुपमा लिइ आफ्ना बालबच्चालाई घरमै सहजीकरण गराइ सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।।
साथै परिस्थिति सामन्य रहेको खण्डमा २३ गते देखि नियमित वार्सिक परिक्षा सन्चालन गर्ने समेत जानकारी गराउदछौ।।
पुनस्च: विध्यालय प्रशासन भने खुल्ला रहनेछ।

कक्षा ८ का भाइ आशिक गैरे भाइको शुभ ब्रतबन्धमा सोही कक्षाका विध्यार्थि भाइ बैनी सग विद्यालय प्र अ एस बि गुरुङ ।।
22/04/2021

कक्षा ८ का भाइ आशिक गैरे भाइको शुभ ब्रतबन्धमा सोही कक्षाका विध्यार्थि भाइ बैनी सग विद्यालय प्र अ एस बि गुरुङ ।।

Address

Bhanu/2
Tanahun
MSVM

Telephone

+97765693946

Website

Alerts

Be the first to know and let us send you an email when Shree Manakamana Samudayik Vidhya Mandir, Bhanu-2, Tanahun posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category