श्री कालिका माध्यमिक विद्यालय

श्री कालिका माध्यमिक विद्यालय

Share

यस विद्यालय भानु न.पा.-९, डुम्रीखर्क, तनहुँमा अवस्थित छ ।

Photos from श्री कालिका माध्यमिक विद्यालय's post 28/07/2026

#हार्दिक_धन्यवाद !
यस विद्यालयका भू.पू.शिक्षक तथा भू.पू. अध्यक्ष स्व. विकलराज अधिकारीका सुपुत्र श्री निरञ्जन अधिकारी(हालः अस्ट्रेलिया)द्वारा यस विद्यालयबाट SEE Topper र SLC Topper लाई (प्रतिविद्यार्थी चार हजारका दरले दुई वर्षका लागि) पूजनीय पिताजीको स्मृतिमा विद्यालयमार्फत पुरस्कार प्रदान गर्ने उद्देश्यले रकम हस्तान्तरण गर्नुभएकाले विद्यालय परिवारको तर्फदेखि हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ । साथै यहाँहरूको यस्तै साथ र निरन्तर सहयोगले यस क्षेत्रका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको उच्च शिक्षाका लागि थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पुनश्चः पुरस्कार रकम विद्यालयको वार्षिकोत्सवमा वितरण गरिनेछ ।
- विद्यालय परिवार

26/07/2026

📢 विद्यालय पुनः सञ्चालन सम्बन्धी जरुरी सूचना! 📢

आदरणीय अभिभावकज्यूहरू तथा प्यारा विद्यार्थी भाइबहिनीहरू,
हार्दिक अभिवादन!

लामो वर्षे विदापछि भोलि मिति २०८३ साल श्रावण ११ गते सोमबारदेखि हाम्रो श्री कालिका माध्यमिक विद्यालय नियमित रूपमा सञ्चालन हुन गइरहेको व्यहोरा सहर्ष जानकारी गराइन्छ।

वर्षायामको कठिन भौगोलिक परिस्थितिमा पनि विदाको समयमा बालबालिकाहरूलाई घरमै सुरक्षित राखी अध्ययन-अध्यापनमा सहयोग पुर्‍याउनुभएकोमा सम्पूर्ण अभिभावक ज्यूहरूमा हार्दिक आभार व्यक्त गर्दछु।

विद्यालय पुनः सञ्चालनका क्रममा निम्न कुराहरूमा विशेष ध्यान दिनहुन अनुरोध छ:

समय र पोसाक: भोलि बिहान ९:४५ बजेभित्रै अनिवार्य रूपमा तोकिएको पोसाकमा विद्यालय प्राङ्गणमा उपस्थित भइसक्नुपर्नेछ।

गृहकार्य एवं अध्ययन सामग्री: विदाको समयमा दिइएका गृहकार्य पूरा गरी आफ्ना आवश्यक किताब, कापी तथा शिक्षण सामग्री साथै लिएर आउनुहोला।

बाटोको सुरक्षा: वर्षाका कारण ग्रामीण बाटोहरू हिलाम्मे र जोखिमपूर्ण हुन सक्ने भएकाले बाटोमा आउँदा-जाँदा सावधानी अपनाउनुहुन र सम्भावित झरीबाट बच्‍न छाता वा बर्सादी (रेनकोट) साथमै पठाउनुहुन अभिभावक ज्यूहरूमा विशेष अनुरोध गर्दछु।

लामो विदापछि प्यारा विद्यार्थी भाइबहिनीहरूसँग पुनः भेट भई पठनपाठनलाई नयाँ ऊर्जाका साथ अगाडि बढाउन हामी सम्पूर्ण शिक्षक तथा कर्मचारी परिवार आतुर छौँ।

धन्यवाद!

प्रधानाध्यापक
श्री कालिका माध्यमिक विद्यालय
भानु-०९, डुम्रीखर्क, तनहुँ

15/07/2026

#कक्षा_१२_ग्रेडवृद्धि_परीक्षा_सम्बन्धी_सूचना
यही साउन २ र ३ गते सञ्चालन हुन गइरहेको कक्षा १२ का ग्रेडवृद्धि परीक्षार्थीहरूको प्रवेशपत्र विद्यालयमा आइसकेको हुनाले सम्बन्धित परीक्षार्थीले विद्यालय प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
#पुनश्चः यस विद्यालयबाट परीक्षा दिने विद्यार्थीहरूको परीक्षा केन्द्र सत्यवती मा.वि. दमौली परेको जानकारी गरिन्छ ।
- विद्यालय प्रशासन

08/07/2026

#कक्षा_12_ग्रेडवृद्धि_परीक्षा_केन्द्र
यस श्री कालिका माध्यमिक विद्यालयबाट शैक्षिकसत्र २०८२ मा कक्षा १२ को परीक्षा दिई दुई विषयसम्म NG आएर ग्रेडवृद्धि परीक्षा फर्म भरेका विद्यार्थीहरूको परीक्षा केन्द्र #सत्यवती मावि दमौली परेको जानकारी गराइन्छ ।
#पुनश्चः परीक्षा २०८३ साउन २ र ३ गते सञ्चालन हुँदैछ ।

14/06/2026

#हार्दिक_बधाई तथा #स्थानीय_विदा_सम्बन्धमा

आज मिति 2083/02/31 गते भानु नगरपालिकाद्वारा आयोजित शैक्षिक सामग्री प्रदर्शनी मेलाको अवसरमा हाम्रो विद्यालयले #निम्नमाध्यमिक_सामाजिक विषयमा #प्रथम_स्थान र #माध्यमिक_गणित विषयमा #तृतीय स्थान हासिल गर्न सफल भएकोमा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा मार्गदर्शन गर्नुहुने गुरु-गुरुमालाई हार्दिक धन्यवाद व्यक्त गरिन्छ ।
साथै शैक्षिक सामग्री निर्माणमा हिजोआजको विदाको सदुपयोग गरी निर्माण गर्नुहुने सम्पूर्ण शिक्षक तथा विद्यार्थीवर्गलाई पुनः धन्यवाद दिँदै भोलि मिति 2083/03/01 गते 1 दिनका लागि शैक्षिकसत्र 2083 को विदाबाट कट्टा हुने गरी स्थानीय विदा दिने निर्णय भएको सम्पूर्ण अभिभावक तथा विद्यार्थीवर्गमा सूचित गरिन्छ ।
-प्रधानाध्यापक

Photos from श्री कालिका माध्यमिक विद्यालय's post 09/06/2026

#हार्दिक_निमन्त्रणा
यस विद्यालयको विद्यालय व्यवस्थापन समिति पुनर्गठनका लागि यही मिति २०८३ जेठ २७ गते विहान ११ः०० बजेका लागि यस विद्यालयका सम्पूर्ण अभिभावकलाई पत्राचार गरिसकिएको छ । साथै सल्लाहकार सदस्यहरू, भू.पू. विव्यस अध्यक्षज्यू, भू.पू. प्रअज्यू, भू.पू.शिअसं. अध्यक्षज्यूहरूलाई पनि जानकारी गराइएको छ । तथापि कुनै कारणवश पत्र तथा जानकारी नपुगेको भए यसै सूचनालाई आधिकारिक मानी उपस्थित भइदिनुहुन सविनय अनुरोध गरिन्छ ।
प्रधानाध्यापक (श्री कालिका मा.वि., भानु-९, तनहुँ)

07/06/2026

#हार्दिक_बधाई
यस विद्यालयका गहना तथा हाम्रा गौरव प्रिय विद्यार्थी भाइहरूलाई समुज्ज्वल भविष्यको शुभकामना !!

07/06/2026

#हार्दिक_बधाई

Want your school to be the top-listed School/college in Tanahun?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Bhanu-09
Tanahun
33900

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00