02/04/2026
आज मिति २०८२ चैत्र १९ गतेदेखि सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ मा यस श्री महेन्द्र दर्शन माध्यमिक विद्यालय गल्याङ् -०८, वाट सम्मिलित हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा सफलताको हार्दिक मङ्गलमय शुभकामना ।
30/03/2026
SEE परीक्षा रुटिन २०८२
परीक्षा अवधि: चैत्र १९ गतेदेखि चैत्र २९ गतेसम्म
⏰ समय: बिहान ८:०० – ११:०० बजे
20/03/2026
उत्साह, शुभकामना र मिठा सम्झनाहरूबीच SEE-2082 का विद्यार्थीहरूका लागि आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम
साथै SEE दिनु हुने सम्पुर्ण बिद्यार्थीहरुमा सफलताको शुभकामना।
20/03/2026
आज परेको जन्मदिन को अवसर मा अति मिलनसार, सहयोगी सबैका प्यारो कमल प्रसाद अधिकारी सरलाई यो विशेष दिन को अनगिन्ती सुभ कामना।यो विशेष दिनले तपाईंलाई अनन्त खुसी र सुन्दर स्मृतिहरू दिने छ । जन्मदिनको शुभकामना!!!
14/11/2025
कक्षा -९ को रजिष्ट्रेशन र कक्षा -१० को परीक्षा आवेदन फाराम भर्ने भराउने सम्बन्धि सूचना ।
02/10/2025
हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजयादशमीको पावन अवसरमा विद्यालय परिवार, बिध्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, आदरणीय अभिभावकहरु, आत्मीय सहकर्मी साथीहरु, प्यारा विद्यार्थी भाइ- बहिनीहरु तथा सम्पूर्ण शुभचिन्तकहरुमा सुस्वास्थ्य, दीर्घायु, सफलता तथा सुख-समृद्धिको कामना गर्दछौ। नवदुर्गा भवानीको कृपाले यहाँहरुको दसैँ हर्षोल्लासमा बितोस् ।
12/09/2025
आदरणीय अभिभावकज्यू,
सादर नमस्कार !
देश अत्यन्तै सकसपूर्ण अवस्थाबाट गुज्रिरहेको बारे यहाँहरु पनि जानकार हुनुहुन्छ। गल्याङ नगरपालिकाले अनिश्चित कालको लागि विद्यालयहरु बन्द रहने सूचना जारी गरेकै अवस्थामा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कर्फ्यु आदेश पछि बन्द भएको विद्यालय भाद्र २९ गते आइतबार देखि खोल्ने निर्णय भएको जानकारी गराइन्छ।
02/08/2025
गल्याङ नगरपालिकाको आ व २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सुत्केरी बसेको बालविकास शिक्षकको स्थानमा बिदा अविधभर नियुक्तिको लागि वैकल्पिक शिक्षक बिज्ञापन सम्बन्धित सुचना
13/06/2025
आज मिति २०८२/०२/३० गते शुक्रबारका दिन बिधालयको शैक्षिक क्यालेण्डर अनुसार यस बर्षको बाल क्लब गठन कार्य सुसम्पन्न भएको छ।
20/03/2025
आज मिति २०८१/१२/०७ गते देखी संचालन हुन गइरहेको एसईई (SEE) परीक्षामा सम्मिलित श्री महेन्द्र दर्शन मा .वि. का सम्पूर्ण विधार्थीहरूलाई उच्च सफलताको शुभकामना ।