Shree Rastriya Secondary School Bichari Chautara Syangja

Shree Rastriya Secondary School Bichari Chautara Syangja

Share

गुणस्तरीय शिक्षाका लागि ।

25/07/2020

मिति २०७७/०४/११मा आन्धिखोला गा पा को सहयोगमा यस विद्यालयमा कक्षा ६-१२ मा अध्यानरत विद्यार्थी लाई Avocado का विरुवा वितरण गर्ने कार्यक्रम रहेकोे ले सम्पुर्ण विद्यार्थी झोला सहित अनिवार्य उपस्थित भइ बिरुवा लैजान अनुरोध छ ।

13/12/2019

यस विद्यालयको प्राथमिक तह तृतीय श्रेणीमा कार्यरत रही कम्प्युटर शिक्षक/अपरेटर लगायतका भूमिका निर्वाह गर्दै आउनुभएका सहकर्मी मित्र रविन पौडेल लोक सेवा आयोगले लिएको स्थानीय तहको खुला प्रतियोगितात्मक परिक्षा उत्तीर्ण गरि पाँचौ तहमा सिफारिस हुन सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
जगदीश पौडेल प्रधानाध्यापक तथा विद्यालय परिवार

30/04/2018
10/10/2017

विद्यालयमा दुईकोठा निर्माण गर्न सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्दछौ। हाम्रो अभियानमा ऐक्यवद्दता जनाई मन, बचन र कर्मले सहयोग गर्नुहुने एवं गर्न चाहानुहुने सम्पूर्ण शिक्षाप्रेमी, बुद्दिजिवी, समाजसेवी, शिक्षक, कर्मचारी, भुपू विद्यार्थी, व्यापारी लगायत विद्यालयका शुभचिन्तक महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछौं । यहाँहरुको सानो सहयोगले विद्यालयको शैक्षिक, भौतिक तथा अन्य पक्षको विकासमा टेवा पुग्नेछ भन्ने विश्वास लिएका छौं । पुनश्चः रु ५,००० भन्दा माथि सहयोग गर्नुहुन महानुभावहरुको नाम शिलालेखमा लेखिने र फोटो विद्यालयको कार्यालयमा राखिने साथै सहयोग रकमबारे विद्यालयको यही आधिकारिक फेसबुक खाताको माध्यमबाट सम्प्रेषण गरिने व्यहोरा समेत जानकारी गराउँदछौं। रकम संकलन कार्य सुरुवात भइआएको जानकारी गराउदछौ।
सहयोग रकम संकलनका लागि इच्छुक महानुभावहरुले मुक्तिनाथ विकास वैङ्क जुग्ले शाखामा रहेको "भवन निर्माण समिती रा मा वि" खाता नं १०५१०२००१९५५३८०००००१ मा जम्मा गर्न सक्नुहुनेछ।
थप जानकारीका लागि
रेशमबहादुर कार्की विद्यालय व्यवस्थापन समिति अध्यक्ष सम्पर्क नं ९८४६०७६३८७
जगदीश पौडेल प्रधानाध्यापक सम्पर्क नं ९८५६०३७९८९ / ९८०६७०५९८१

29/06/2017

अपडेट
२०७४।०३।१५
जिल्ला शिक्षा कार्यालय स्याङ्जाको अनुदान र यस विद्यालयको आन्तरिक स्रोतसमेतबाट चार कोठे भवनको निर्माण कार्य सम्पन्न भएको साथै विद्यालयमा कक्षाकोठाको अभावलाई पूर्ति गर्न उक्त भवनको माथिल्लो तलामा २ कोठा थप गर्ने कार्यसमेत प्रारम्भ भएको यहाँहरुलाई जानकारी गराउँदछौं । सो कार्य सम्पन्न गर्नका लागि विद्यालयप्रति शुभेच्छा राख्ने महानुभावहरुसँग हातेमालो गर्दै अघि बढ्ने भनी विद्यालय व्यवस्थापन समितिबाट निर्णय भई सहयोग संकलन अभियानको सुरुवात गरिएको यहाँहरुमाझ अवगत गराउन चाहान्छौं । यो हाम्रो अभियानमा ऐक्यवद्दता जनाई मन, बचन र कर्मले सहयोग गर्न चाहानुहुने सम्पूर्ण शिक्षाप्रेमी, बुद्दिजिवी, समाजसेवी, शिक्षक, कर्मचारी, भुपू विद्यार्थी, व्यापारी लगायत विद्यालयका शुभचिन्तक महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछौं । यहाँहरुको सानो सहयोगले विद्यालयको शैक्षिक, भौतिक तथा अन्य पक्षको विकासमा टेवा पुग्नेछ भन्ने विश्वास लिएका छौं । पुनश्चः रु ५,००० भन्दा माथि सहयोग गर्नुहुन महानुभावहरुको नाम शिलालेखमा लेखिने र फोटो विद्यालयको कार्यालयमा राखिने साथै सहयोग रकमबारे विद्यालयको यही आधिकारिक फेसबुक खाताको माध्यमबाट सम्प्रेषण गरिने व्यहोरा समेत जानकारी गराउँदछौं। रकम संकलन कार्य सुरुवात भइआएको जानकारी गराउदछौ।
सहयोग रकम संकलनका लागि इच्छुक महानुभावहरुले मुक्तिनाथ विकास वैङ्क जुग्ले शाखामा रहेको "भवन निर्माण समिती रा मा वि" खाता नं १०५१०२००१९५५३८०००००१ मा जम्मा गर्न सक्नुहुनेछ।
थप जानकारीका लागि
रेशमबहादुर कार्की विद्यालय व्यवस्थापन समिति अध्यक्ष सम्पर्क नं ९८४६०७६३८७
जगदीश पौडेल प्रधानाध्यापक सम्पर्क नं ९८५६०३७९८९ / ९८०६७०५९८१

Photos 13/02/2016

सरस्वती पूजा अर्थात् वसन्तपञ्चमीको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, शिक्षक,अभिभावक तथा शिक्षाप्रेमी महानुभावहरूमा शुभकामना व्यक्त गर्दछौं ।

Photos 16/12/2015

यस वर्ष (२०७२) को एसएलसी परीक्षा तालिका ।

Photos 08/12/2015

आवश्यकता

Photos 07/12/2015

हार्दिक बधाई तथा शुभकामना ।

Photos 02/12/2015

शिक्षक सेवा आयोगको खुला प्रतियोगितात्मक परिक्षाअन्तर्गत निमावि विज्ञान गणित विषयतर्फ यस विद्यालयका शिक्षक प्रकाशबहादुर कार्की (कार्की सर) सफल हुनुभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना

Want your school to be the top-listed School/college in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Bichari Chautara 9
Syangja