Shree BhanuBhakta Acharya Secondary School

Shree BhanuBhakta Acharya Secondary School

Share

BhanuBhakta Acharya Secondary School is a reputed School situated at Galyang,Syangja.

Shree BhanuBhakta Secondary School is the reputed School situated at Galyang Municipality Ward no. 03, Syangja District,Nepal.

20/05/2026

२०८२ को नियमित तर्फ एस ई ई मा सहभागी भै नन् ग्रेडेड विषयहरू मा पूरक परीक्षा आवेदन फाराम यहि २०८३ जेठ ११ गते सम्म भर्न विद्यालय को लेखा शाखामा सम्पर्क गर्नको लागि सूचना प्रकाशित गरिएको छ ।

19/05/2026

उज्वल भविष्य को लागि श्री भानुभक्त आचार्य मा वि गल्याङ लाई नै रोजौं ।

Photos from Shree BhanuBhakta Acharya Secondary School's post 16/05/2026

गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा सञ्चालित आविष्कार तथा नवप्रवर्तन प्रदर्शन साथै जिल्ला स्तरीय विज्ञान सामाग्री प्रदर्शनी प्रतियोगितामा गल्याङ् नगरपालिकाबाट प्रतिनिधित्व गर्दै यस श्री भानुभक्त आचार्य माध्यमिक विद्यालयले द्धितीय स्थान प्राप्त गर्न सफल भएकोमा पुरस्कृत विद्यार्थीहरु साथै सहजीकरण गर्नुहुने शिक्षकहरुलाई हार्दिक बधाई सहित थप सफलताको शुभकामना व्यक्त गर्दछौ।
- विद्यालय परिवार

03/05/2026

Admission opens for grade (9-12 computer engineering) course . . . .

29/04/2026

Admission opens for academic year 2083

27/03/2026

पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ का फिजिक्स केमेस्ट्री र बायोलोजीका पाठ्यपुस्तकहरू प्रकाशित गरेको छ।
डाउनलोड गर्न

1. Physics Grade XII
https://giwmscdntwo.gov.np/media/pdf_upload/6.%20Physics%20Grade%2012_hlufw8m.pdf

2. Biology Grade XII
https://giwmscdntwo.gov.np/media/pdf_upload/2.%20Reduced-Biology%20Class%2012_twjkcfx.pdf

3. Chemistry Grade XII
https://giwmscdntwo.gov.np/media/pdf_upload/4.%20Reduced-Chemistry%20Class%2012_uy406wi.pdf

4. Chemistry Grade XI
https://giwmscdntwo.gov.np/media/pdf_upload/5.%20Reduced-Chemistry%20grade%2011_jndm9il.pdf

5. Physics Graade XI
https://giwmscdntwo.gov.np/media/pdf_upload/1.%20Reduced-%20Grde-11-Physics_ogc1tkt.pdf

6. Biology Grade XIhttps://giwmscdntwo.gov.np/media/pdf_upload/3.%20Reduced-Biology_grade_11_ck4uozj.pdf

Photos from Shree BhanuBhakta Acharya Secondary School's post 23/03/2026

🎉 SEE केन्द्रित विज्ञान विषयमा विद्यालय स्तरिय हाजिरी जवाफ सम्पन्न – SEE Science Quiz Competition 2082 🎉

हाम्रो यसै विद्यालय श्री भानुभक्त आचार्य माध्यमिक विद्यालयगल्याङ–३, स्याङ्जामा आयोजना गरिएको SEE Science Quiz Competition 2082 सफलतापूर्वक सम्पन्न भएकोमा हामी अत्यन्त हर्षित छौं।

🏫✨यस प्रतियोगितामा कक्षा १० का विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाउँदै आफ्नो ज्ञान, क्षमता र प्रतिभा प्रस्तुत गरेका छन्। उत्कृष्ट स्थान हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।

🎓🌟यस कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउनु हुने विज्ञान तथा प्रविधि विभाग, शिक्षकवृन्द, आयोजक टिम तथा सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्दछौं। 🙏
📌 यस्ता शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमहरूले विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं।

🔗
https://bhanubhaktagalyang.edu.np/gallery.php

Photos from Shree BhanuBhakta Acharya Secondary School's post 12/03/2026

🌐 Website Launch Announcement

The official website of Shree Bhanubhakta Acharya Secondary School, Galyang-03, Syangja has been successfully launched by the Chairperson of the School Management Committee, Mr. Krishna Prasad Bhattarai.

We believe that this website will serve as an effective platform for sharing information and improving communication among the school management committee, teachers, students, and other stakeholders.

We warmly invite everyone to visit and explore the website.

🔗 Website Link:
https://www.bhanubhaktagalyang.edu.np

Photos from Shree BhanuBhakta Acharya Secondary School's post 17/02/2026

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न
. . .

श्री भानुभक्त आचार्य माध्यमिक विद्यालय, गल्याङ–३, स्याङ्जामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्राविधिकधार (9-12) कम्प्युटर इन्जिनियरिङका संयोजक विनय भट्टराई तथा विद्यालय GESI फोकल पर्सन देउती ढेंगा मगरले प्रशिक्षण प्रदान गर्नुभएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री निम प्रसाद पौडेल, शिक्षकहरु इन्दिरा लुइटेल, प्रेम काफ्ले, अर्जुन देवकोटा, सञ्जय पौडेल, प्रह्लाद पाठक,रामकृष्ण भट्टराई, तोलकान्त भट्टराई साथै कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो।

यस कार्यक्रमले विद्यालयमा लैङ्गिक समानता र सामाजिक समावेशीकरणका विषयमा विद्यार्थी तथा शिक्षकहरूमा सकारात्मक सचेतना अभिवृद्धि गरेको विश्वास गरिएको छ।

Photos from Shree BhanuBhakta Acharya Secondary School's post 04/02/2026

प्राविधिक धार तर्फका कक्षा ९-१२ का संपूर्ण विद्यार्थीलाई "शैक्षिक सहकार्य सुदृढीकरणका लागि रोजगारदाता उद्योगसँग समन्वय तथा सम्बन्ध विस्तार" गर्ने उद्देश्यले विद्यालयमा अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो। यस कार्यक्रमले विद्यार्थीहरूको सीप विकास, रोजगारमुखी शिक्षा र उद्योग तथा विद्यालय सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

Want your school to be the top-listed School/college in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Galyang Municipality/03
Syangja

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00