07/12/2025
शिक्षिका अम्बिका कंडेल लेख्छिन्, -गृहकार्य दिदा पनि या'तना भो रे।
- गृहकार्य नगरेको कुरा बाउ आमालाइ भन्दिन्छु भन्दा नि या'तना भो रे।
-किन छाडा भइस् अनुशासनमा बस् भन्दा नि या'तना भो रे।
- गल्ति गरेको बेला छोराछोरी जस्तो सम्झेर एकदुइ लपेटा दिदा पनि या'तना भो रे।
भोलि कपाल काटेर आउ , नत्र गेटबाट फिर्ता गरिन्छ ,भन्दा पनि या'तना भो रे।
- बिद्यालयको पोषाक लगाएर आउ, समय मै आउ भन्नु पनि या'तना भो रे।
- शिक्षक र अभिभावकलाइ सम्मान गर्नुपर्छ मुख लाग्न हुन्न। आचारसंहिता पालन गर भन्दा नि या'तना भो रे।
होइन ओइ , तपाइका छोराछोरीको वकालत नगर्नुस अब। तपाइका बच्चाको शिक्षा र अनुशासनको ठेक्का लिन सक्दैनौ हामीले। घरमै राख्नुस् र सरकारलाइ घरघरमा शिक्षक पठाउने माग गर्नुस्। आफु पनि संगै बस्नुस। छोराछोरी सुधार्नुस्। रातभरी मोवाइलमा गेम खेलेर बस्ने अनि बिहान १०/११ बजेसम्म सुत्ने अनि तपाइले नै फोन गरेर सन्चो नभएर सुतेको छ। आज स्कुल आउन सकेन, सुतेको छ भनेर उसका खराब आचरणलाइ प्रोत्साहन गर्ने तपाइ। अनि हामीले त्यस्ता बिरामी सुधार्नुपर्ने ? बिद्यालय सुधार केन्द्र होइन । आफ्नो बच्चा आफै सुधार्नुस्। हामी केयर टेकर होइनौँ ,शिक्षक हौँ। औपचारिक शिक्षाका संवाहक हौँ।
27/08/2025
27/07/2024
16/06/2024