14/04/2026
नयाँ वर्ष २०८३ को पावन अवसरमा हार्दिक शुभकामना! 🌸🇳🇵
नयाँ वर्षको यस शुभ अवसरमा हाम्रा सम्पूर्ण आदरणीय अभिभावकज्यूहरू, प्यारा विद्यार्थी भाइबहिनीहरू, शिक्षक-कर्मचारी वर्ग तथा शुभचिन्तकहरूमा सुख, शान्ति, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
आशा छ, यो नयाँ वर्षले हाम्रो विद्यालय र विद्यार्थीहरूको शैक्षिक यात्रामा नयाँ उचाइ र सफलता ल्याउनेछ।
10/04/2026
भर्ना खुल्यो! भर्ना खुल्यो!
शैक्षीक सत्र -२०८३को लागी पुतलीबजारकै उत्कृष्ट विद्यालय श्री सतौँ अङ्ग्रेजी विद्यालयमा लागी कक्षा नर्सरी देखि ८ सम्मका लागि भर्ना खुल्यो। तुरुन्तै भर्ना प्रकिया पअगाडि बढाई विद्यार्थीहरुको भविष्य सुनिश्चित गर्नुहोस्।
सम्पर्कका लागि:९८५६०३१०२८
10/04/2026
मिति २०८२ साल चैत्र ०८ देखि चैत्र १७ सम्म पुतलीबजार नगरपालिकाद्वारा सञ्चालित पालिका स्तरीय परीक्षा (कक्षा ८)मा यस श्री सतौं अंग्रेजी विद्यालयका सम्पूर्ण विद्यार्थी भाइहिनीहरू उतिर्ण भएकोमा सम्पूर्ण विद्याथी भाइबहिनीहरुलाई हार्दिक बधाईका साथै उज्वल भविष्यको कामना गर्दछौं l
08/04/2026
सूचना!सूचना!सूचना|
मिति २०८२ साल चैत्र २७ गतेका दिन यस श्री सतौं अङ्ग्रेजी विद्यालयमा सञ्चालित प्राथमिक तह परीक्षा(कक्षा ८) र कक्षा नर्सरी देखि कक्षा ७ को वार्षिक परीक्षा -२०८२ को नतिजा प्रकाशित गरिने हुँदा सम्पूर्ण बिद्यार्थी भाइबहिनी र अभिभावकहरु सम्पूर्णलाई विद्यालय प्राङ्गणमा उपस्थित भई नतिजा ग्रहण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।
पुनश्च: समय को व्यस्तता भएतापनि आफ्ना छोराछोरीको निमित्त सम्पूर्ण अभिभावक हरु स्वयं उपस्थित भएर नतिजा बुझिलिनुहुन हार्दिक अनुरोद गर्दछौं।
धन्यबाद।
19/03/2026
कक्षा ८ मा अध्ययनरत बिद्यार्थी भाईबाहिनीहरूलाई बिदाइ कार्यक्रम २०८२
सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना।
02/03/2026
यस होली २०८२ ले तपाईंको जीवनमा खुशी, समृद्धि र सकारात्मकताको नयाँ रंग भरोस्। 🎨✨ फागु पूर्णिमा को हार्दिक शुभकमना।
15/02/2026
सतौँ पशुपतिनाथ मन्दिरमा आयोजित महाशिवरात्रि महोत्सव-२०८२ मा बिद्यार्थीहरुको सहभागिता।
#शिवरात्री
15/02/2026
महाशिवरात्रि २०८२ को हार्दिक शुभकामना 🔱🌙
सम्पूर्ण अभिभावक, शिक्षक तथा प्रिय विद्यार्थीहरूमा महाशिवरात्रि २०८२ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
🕉️ हर हर महादेव 🕉️
30/01/2026
शहीदहरूको अमर बलिदानप्रति हार्दिक श्रद्धाञ्जली।
उनीहरूको त्यागले नै हाम्रो आज सुरक्षित छ।
शहीद दिवसको स्मरण।
#माघ१६
23/01/2026
सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम-२०८२ ❣️