10/06/2026
हाम्रो विद्यालयका शिक्षक/शिक्षिकाहरुको समूह लाई यहाँको अमूल्य समय, ज्ञान र अनुभव प्रदान गरी उत्कृष्ट ढंगले मेन्टरिङ (मार्गदर्शन) गरिदिनुभएकोमा श्री बालकल्याण माध्यमिक विद्यालय परिवार आदरणीय (वसन्त मानन्धर सर )Basant Mdr sir प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ।
तपाईंको कुशल मार्गदर्शन, धैर्यता र उत्प्रेरणाले गर्दा सम्पूर्ण शिक्षकहरूको शिक्षण सिकाइ, आत्मविश्वास र व्यावसायिक क्षमतामा उल्लेखनीय सुधार आएको छ। व्यस्त तालिकाका बाबजुद पनि तपाईंले पुर्याउनुभएको यो योगदान विद्यालयका लागि अत्यन्तै मूल्यवान् रहेको छ।
आगामी दिनहरूमा पनि यहाँको यस्तै सहयोग र मार्गदर्शनको अपेक्षा राख्दै यहाँको सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ।
श्री बालकल्याण माध्यमिक विद्यालय परिवार
चापाकोट ४, स्याङ्जा
05/06/2026
शिक्षा केवल पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित हुँदैन। विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि उनीहरूभित्र लुकेको प्रतिभा प्रस्फुटन गराउनु, नेतृत्व क्षमताको विकास गर्नु र लोकतान्त्रिक संस्कारको सिकाई गराउनु पनि विद्यालयको मुख्य जिम्मेवारी हो। यसै सन्दर्भलाई आत्मसाथ गर्दै हाम्रो यस श्री बालकल्याण माध्यमिक विद्यालयमा यस शैक्षिक सत्रको बाल क्लब गठन र सदन विभाजन (House Division) कार्य सम्पन्न भएको छ।
01/06/2026
शिक्षक आवश्यकता सम्बन्धी जानकारी 🙏🙏🙏(दोश्रो पटक)
22/05/2026
आज मिति २०८३-०२-०८गतेका दिनमा हाम्रो यस श्री बालकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ४-१० सम्मका विद्यार्थी भाईबहिनीहरुलाई विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम मार्फत योग शिक्षा तथा स्वास्थ्य सम्बन्धी जानकारीमुलक ज्ञान प्रदान गरिदिनु भएकोमा आदरणीय चापाकोट नगरपालिका तथा साँखर आयुर्वेद औषधालय प्रति विद्यालय परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।🙏🙏🙏
08/05/2026
शिक्षक आवश्यकता सम्बन्धी जानकारी 🙏🙏🙏
06/05/2026
सूचना ।
अहिले हावाहुरी, असिना तथा वर्षाको मौसम चलिरहेकाले
यस विद्यालयमा अध्ययनरत साना कक्षाका बाबुनानीहरूलाई विद्यालय आउँदा–जाँदा अभिभावक वा जिम्मेवार व्यक्तिले विद्यालयसम्म ल्याइदिनुहुन तथा विद्यालय छुट्टी भएपछि लिन आउनुहुन सबै अभिभावकहरुमा हार्दिक अनुरोध गरिन्छ।
त्यसैगरी, ठूला कक्षाका विद्यार्थीहरूले विद्यालय आउँदा छाता, वर्षादी वा रेनकोट अनिवार्य रूपमा साथमा लिएर आउनुहुन तथा मौसम प्रतिकूल देखिएमा थप सतर्कता अपनाउन अनुरोध गरिन्छ।🙏🙏🙏🙏
श्री बालकल्याण माध्यमिक विद्यालय परिवार
23/04/2026
#शैक्षिक_सामग्री_निर्माणमा_निरन्तरता
#हाम्रो_स्कूल_राम्रो_स्कूल
#शैक्षिक_सामग्री_निर्माण_कार्यमा_रमाउदै
#हामी_शिक्षक_साथीहरू
श्री बालकल्याण माध्यमिक विद्यालय परिवार
22/04/2026
विद्यालयमा शैक्षिक सामग्री निर्माण गरिँदै।🙏🙏🙏
16/04/2026
हाम्रो यस विद्यालयमा अध्यापनरत शिक्षक देवेन्द्र घर्ती सरको आज मिति २०८३-०१-०३ गतेका दिनमा पर्न गएको शुभ जन्मदिनको पावन अवसरमा सु - स्वास्थ्य, दीर्घायु, एबं उज्वल भविष्यको कामना सहित जन्मदिनको शुभकामना व्यक्त गर्दछौं।🎉🎉🎉🎂🎂🎂👑👑
विद्यालय परिवार
श्री बालकल्याण माध्यमिक विद्यालय
चापाकोट नगरपालिका - ०४,स्याङ्जा
16/04/2026
आदरणीय अभिभावक ज्यूहरु र विद्यार्थी भाईवहिनिहरुमा यसै सुचना मार्फत शैक्षिकसत्र २०८३ काे भर्ना कार्यक्रम वैशाख ४ गते देखि र नियमित पठनपाठन वैशाख १४ गते देखि सञ्चालन हुने जानकारी गरिन्छ ।