17/07/2026
" फेरी भेटौंला कार्यक्रम "
मिति २०८३-०३-३२ गतेका दिन यस किसान बहुप्राविधिक शिक्षालयको शिक्षालय प्रमुख श्री शिव पाण्डेज्यूको अध्यक्षतामा आ.व २०८२/०८३ को लागि नियुक्त हुनुभएका सम्पूर्ण विभागका इन्टर्न सहकर्मीहरुलाई विदाई गरिएको छ । विदाई कार्यक्रममा शिक्षालय प्रमुख ज्यू , सम्पूर्ण प्रशिक्षक तथा कर्मचारीहरुले इन्टर्नीहरुलाई इन्टर्नशीप सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै आगामी दिनको लागि शुभकामना व्यक्त गर्नुभयो ।
For more information contact at
Phone:- 063-411160, 411161, 4111162
Gmail:- [email protected]
Website:- www.kpictevt.edu.np
17/07/2026
उत्तिर्ण/प्रतिक्षा सूचिबाट परीक्षार्थी भर्ना सम्बन्धी सूचना
विशेष छात्रवृत्ति कार्यक्रम २०८३ अन्तर्गत यस शिक्षालय मा संचालित डिप्लोमा/प्रमाणपत्र तह एग्रिकल्चर एनिमल साइन्स, सिभिल इन्जिनियरिङ्ग र इन्फर्मेशन टेक्नोलोजी कार्यक्रमतर्फ केहि सिट रिक्त रहेकाले उत्तिर्ण सूचिमा रहेका परीक्षार्थीहरुलाई योग्यताक्रमका आधारमा छनौट गरिने भएकोले सूचना प्रकाशन भएको मिति देखि ५ दिन मिति २०८३/०४/०५ गते भित्र कार्यालय समयमा र सो दिन सार्वजनिक विदा पर्न गएमा भोलिपल्ट सम्म आवश्यक कागजातहरु सहित निवेदन दिनुहुन अनुरोध छ ।
For more information contact at
Phone:- 063-411160, 411161, 4111162
Gmail:- [email protected]
Website:- www.kpictevt.edu.np
09/07/2026
आ.व. २०८२/०८३ को SEE ग्रेडवृद्धि परीक्षामा उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरूलाई भर्ना खुलिसकेको तथा कक्षासमेत सञ्चालन भइरहेको जानकारी गराउँदछौँ ।
For more information contact at
Phone:- 063-411160, 411161, 4111162
Gmail:- [email protected]
Website:- www.kpictevt.edu.np
08/07/2026
भर्ना सम्बन्धी सूचना
शैक्षिक सत्र २०८३/८४ का लागि विशेष छात्रवृत्ति कोटाबाट सिफारिस भएका उम्मेदवारहरूको भर्ना सम्बन्धी सूचना प्रकाशित गरिएको छ।
सम्बन्धित विद्यार्थीहरूले आवश्यक कागजातसहित २०८३/०३/३२ गतेभित्र किसान बहुप्राविधिक शिक्षालयमा उपस्थित भई भर्ना प्रक्रिया सम्पन्न गर्नुहुन अनुरोध गरिन्छ।
किसान बहुप्राविधिक शिक्षालय, चापाकोट–१०, स्याङ्जा
For more information contact at
Phone:- 063-411160, 411161, 4111162
Gmail:- [email protected]
Website:- www.kpictevt.edu.np
29/06/2026
सीप परीक्षण सम्पन्न
किसान बहुप्राविधिक शिक्षालय, चापाकोट–१०, स्याङ्जाद्वारा सञ्चालित निःशुल्क ३९० घण्टा कम्प्युटर हार्डवेयर टेक्निसियन तालिम अन्तर्गत प्रशिक्षार्थीहरूको सीप परीक्षण (तह–१) सफलतापूर्वक सम्पन्न भएको छ।
तालिम अवधिभर आर्जन गरिएको सैद्धान्तिक ज्ञान र व्यावहारिक सीपको मूल्याङ्कन गर्ने उद्देश्यले आयोजित उक्त परीक्षणमा सहभागी प्रशिक्षार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आ-आफ्नो ज्ञान, सिप, अनुभव र दक्षता प्रस्तुत गर्नुभको थियो।
कम्प्युटर हार्डवेयर क्षेत्रमा दक्ष जनशक्ति उत्पादन, स्वरोजगार र उद्यमशीलता प्रवर्द्धन हुने विश्वासका साथ तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक सफलताको शुभकामना व्यक्त गर्दछौँ।
सीप परीक्षणका केही अविस्मरणीय झलकहरू।
– किसान बहुप्राविधिक शिक्षालय परिवार
For more information contact at
Phone:- 063-411160, 411161, 4111162
Gmail:- [email protected]
Website:- www.kpictevt.edu.np
24/06/2026
सीप परिक्षण सम्पन्न
किसान बहुप्राविधिक शिक्षालय, चापाकोट–१०, स्याङ्जाद्वारा सञ्चालित निःशुल्क ३९० घण्टे मौरीपालन तालिम अन्तर्गत प्रशिक्षार्थीहरूको सीप परीक्षण तह-१ को सफलतापूर्वक सम्पन्न भएको छ। तालिम अवधिभर हासिल गरिएको सैद्धान्तिक ज्ञान तथा व्यावहारिक सीपको मूल्याङ्कन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त परीक्षणमा सहभागी प्रशिक्षार्थीहरूको उत्साहजनक सहभागिता का साथ |
मौरीपालन क्षेत्रको व्यवसायिक विकास, स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धनमा योगदान पुर्याउने विश्वासका साथ तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक सफलताको शुभकामना व्यक्त गर्दछौं ।
सीप परीक्षणमा प्ररीक्षकको भूमिकामा रहनु भएका श्री भरत विक्रम रावत तथा श्री यशोदा भण्डारी प्रति हार्दिक आभार व्यक्त गर्दछौँ |
सीप परीक्षण का केही स्मरणीय झलकहरू
– किसान बहुप्राविधिक शिक्षालय परिवार
For more information contact at
Phone:- 063-411160, 411161, 4111162
Gmail:- [email protected]
Website:- www.kpictevt.edu.np
22/06/2026
किसान बहुप्राविधिक शिक्षालय, चापाकोट–१०, किसान, स्याङ्जाको Diploma in Agriculture (Plant Science) तर्फको पाँचौँ सेमेस्टर परीक्षामा उत्तीर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना !
– किसान बहुप्राविधिक शिक्षालय परिवार
For more information contact at
Phone:- 063-411160, 411161, 4111162
Gmail:- [email protected]
Website:- www.kpictevt.edu.np
20/06/2026
सीप परिक्षण परिक्षामा उपस्थित हुने सम्बन्धी सुचना
|For more information contact at
Phone:- 063-411160, 411161, 4111162
Gmail:- [email protected]
Website:- www.kpictevt.edu.np