21/02/2026
झुुक्कीनु होला!!!
विध्यालयमा मात्र होईन है, एक बिध्यार्थी एक करेसाबारी कार्यक्रम अन्तर्गत, बिध्यार्थीले आ-आफ्नो निवासमा उत्पादन गरेको कृषि उपज हो हौ।।।।।
General And Technical(Plant Science) Education
21/02/2026
झुुक्कीनु होला!!!
विध्यालयमा मात्र होईन है, एक बिध्यार्थी एक करेसाबारी कार्यक्रम अन्तर्गत, बिध्यार्थीले आ-आफ्नो निवासमा उत्पादन गरेको कृषि उपज हो हौ।।।।।
17/02/2026
Exam routine of Class 12 : Exam from Baisakh 14
09/02/2026
हार्दिक आभार तथा धन्यबाद ।
बि स १९८९ मा जन्म भइ २०८२/०९/२३ गते दिवङ्गत क्षेत्र बहादुर रोकाहाको स्मृतिमा अर्जुनचौपारी गाउँपालिका वडा न. १ पुरानबारी निवासी धर्मपत्नी सेती रोकाहा र छोराहरु पदम बहादुर, हिरा बहादुर, विष्णु बहादुर र धन बहादुर रोकाहा दाता भइ यस विद्यालयमा अध्ययनरत गरिब र जेहन्दार विद्यार्थीको शैक्षिक उन्नयन हेतु अक्षयकोष सन्चालानार्थ यस विद्यालयलाई रु १८३५००/- अक्षरेपि एक लाख त्रीयासी हजार पाँचसय रुपैयाँ प्रदान गर्ने सम्पूर्ण रोकाहा परिवारजनप्रति हार्दिक आभार र धन्यवाद ब्यक्त गर्दछौ। यस्तै पुनित एवम् सामाजिक कार्यमा सदैब उत्प्रेरणा मिलोस भनी शुभकामना सहित दाताहरुप्रती धेरैधेरै सम्मान ब्यक्त गर्दै स्वर्गीय बुबाको आत्माको चिरशान्ती र बैगुण्ठबासको बासको कामना गर्दछौ।
विद्यालय परिवार ❤️❤️❤️❤️
GUESS WHAT???
श्री पञ्चकन्या माध्यमिक बिद्यालय अर्जुनचौपारी-१, स्याङ्जा प्राविधिक धार(बालि विज्ञान) को प्रयोगात्मक अभ्यास स्थलमा उत्पादन हुदै गरेको यो बाली के होला???
दृश्य छायांकन: प्रशिक्षक Rajendra Kafle
22/01/2026
SEE परीक्षा २०८२ को समयतालिका
09/01/2026
✍️✍️हार्दिक बधाई तथा शुभकामना ।
श्री जन मा.वि. रापाकोटका चेन्ज मेकर्स क्लबद्वारा आयोजना गरिएको अर्जुनचौपारी गाउपालिकास्तरीय माध्यमिक तह हाजिरीजवाफ प्रतियोगितामा यस पन्चकन्या माविको कक्षा-९ मा अध्ययनरत छात्रा भुमिका काफ्ले ,कक्षा-१० का छात्र शिलास सुनार र निरज क्षेत्री दितिय स्थान प्राप्त गरी विद्यालयको गौरव बढाउनु भएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना सहित सहजिकरण गर्नुहुने शिक्षक दिपक राज पौडेल सर लाइ धेरै धन्यवाद र सहयोग गर्नुहुने आयोजक चेन्ज मेकर्सप्रति हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्दछौ।
पन्चकन्या परिवार्।
कक्षा १२ को परीक्षा आवेदन भर्ने सम्बन्धी सूचना:
राष्ट्रिय परीक्षा बोर्ड बाट २०८३ साल मा सञ्चालन गरिने कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुनका लागि यस विद्यालयमा नियमित अध्ययन गर्ने साथै आंशिक ( रजिष्ट्रेशन नम्बर सुरु का दुई अंक ७९, ८० र ८१ भएका) परीक्षार्थी हरु ले २०८२ पौष २४ गते सम्म विद्यालय बाट तोकिएको शुल्क र २ प्रति फोटो बुझाई तोकिएको ढाँचामा परीक्षा फाराम भर्नु हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ।
24/12/2025
रास्ट्रपति रनिङ शिल्डमा ह्याट्रिक-पन्चकन्या🇳🇵❤️👑🤾♂️🙋♀️
रास्ट्रपति रनिङ शिल्ड तथा अर्जुनचौपारी शैक्षिक महोत्सव सम्पन्न भएको छ!पन्चकन्या माबिले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै लगातार तीनपटक प्रथम स्थान हासिल गरेर ऐतिहासिक उपलब्धि कायम गरेकाले सिङ्गो बिधालय परिवार गौरवान्वित छ❤️🇳🇵🙏
14/11/2025
आज २०८२/७/२८ गते book free day को दिनमा कक्षा ५,६,७ र ८ का विधार्थि हरुलाइ नेपालको पहिलो नवग्रह अवलोकन गराइएको केही दृश्यहरु।
14/11/2025
आज मिति 2082/7/28 गते(book free day) शुक्रबार यस पञ्चकन्या मा बि का कक्षा ९ र १० का विद्यार्थीहरू गाउँ पालिका नजिक रहेको mathematical and botanical outdoor learning center मा अबलोकन , गणितीय ठाेस आकृतिहरूकाे बारेमा धारण विकास गर्नुका साथै मनाेरञ्जनात्मक खेलमा विद्यार्थी एवम् शिक्षक साथीहरू रमाउदै।।
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 14:00 |
| Sunday | 10:00 - 16:00 |