Magar & brothers goat farm Pvt. Ltd.

Magar & brothers goat farm Pvt. Ltd.

Share

समृद्धिको आह्वान भाशणले होइन कर्म गर?

23/12/2018
Photos from Magar & brothers goat farm Pvt. Ltd.'s post 09/05/2018

४ दिने व्यवसायिक पशुपालन तालिमको सूचना! (जेष्ठ ४, ५, ६ र ७ गते)
--------------------------------------------
व्यसायिक पशुपालन तालिम तालिम लिई स्वदेशमै सफल ब्यबसायी तथा उधमी बन्न चाहनेहरुले आफ्नो नाम ठेगाना तालिम लिन चाहेको बिषय लेखि message गरि वा दिइएके नम्बरमा Phone गरी नाम दर्ता गराउनु होला |

तालिमको बिशेषताहरु
------------------

१. देश विदेशबाट अनुभव प्राप्त कृषि बिज्ञहरु बाट तालिम संचालन

२. नेपालमा व्यावसायिक पशुपालनको महत्व, सम्भावना चुनौती, नेपालमा पाइने पशुको जात, तिनीहरुको चारीत्रिक विशेषता ,Adaptation

३. पशुहरुको गोठखोरको व्यवस्थापन तथा पाल्ने तरिका ,घास, दानापानीको व्यवस्थापन गर्भेनि तथा भर्खर जन्मेको पाडापाडी, बाछाबाछी, पाठापाठीको हेरविचार तथा व्यवस्थापन

४. स्वास्थ्य तथा अस्वस्थ्य, पशु छुटाउने तरिका , पशुमा लाग्ने मुख्य मुख्य रोगहरु, लक्षण , उपचार तथा नियन्त्रण बिधि औषधि बिज्ञान पशुहरुको प्रजनन तथा कृत्रिम गर्भाधान Body temperature, Rumen mobility, pulse rate I/V , I/M , S/C injection , Castration को प्रयोगात्मक अभ्यास

५. फार्म दर्ता प्रकृया, सस्तो ब्याज दरको ऋण बिमा , Field भ्रमण तथा अवलोकन

तालिम शुल्क: न्यूनतम शुल्क
---------------------------------------
सम्पर्क : School of Applied Science & Technology (SAST), Balaju-16, Kathmandu
(गंगा हल, Holy Garden Boarding School को पछाडी)

Phone No:, 9841485585, 9808367801 ,9841463821

Photos from Magar & brothers goat farm Pvt. Ltd.'s post 07/05/2018

सरकारले कृषिमा लाग्ने युवालाई ७० प्रतिशत अनुदान दिने भएको छ।

कृषि क्षेत्रमा युवालाई आकर्षित गर्न सरकारले व्यवसायिक योजना र प्रतिफलका आधारमा ७० प्रतिशतसम्मको अनुदान दिने भएको हो।
कृषि, भूमी व्यवस्था तथा सहाकारी मन्त्री चक्रपाणि खनालले ५८ बँुदे कार्ययोजना प्रस्तुत गर्दै सो घोषणा गरेका हुन्।

मन्त्री खनालले प्रस्तुत गरेको कृषि, पशुपंक्षी, भूमी व्यवस्था र सहकारी क्षेत्र रुपान्तरणको मार्गचित्रमा सामाजिक सुरक्षा र रोजगार वृद्धि गर्न एकल तथा सामुहिक रुपमा कृषि व्यवसाय गर्न इच्छुक युवालाई सो परिमाणको अनुदान उपलब्ध गराउने उल्लेख गरिएको छ।

‘स्वदेशमा रोजगारी सृजना गरी जनशक्तीको विदेश पलायन रोक्न, विदेशबाट ल्याएको सीप र पुँजीसहित फर्केका युवालाई कृषि पेशामा आबद्ध गर्न युवा विशेष कार्यक्रम ल्याइनेछ’, कार्ययोजनाको २५औँ बुँदामा भनिएको छ।

यसका लागि कृषिमा लाग्न चाहने युवाहरुको अभिलेख सूची तयार गरिने मन्त्रालयले जनाएको छ। खनालले घोषणा गरेका कार्ययोजनामा अधिकांश पुराना तथा महत्वकांक्षी कार्यक्रमलाई अघि सारिएको छ।

खनालले कार्यक्रम ल्याइने तर कार्यान्वयन नहुने प्रवृतिको अन्त्यका लागि यसअघिका सरकारले ल्याएका कार्यक्रमलाई जोडतोडका साथ उठाइएको बताए।

‘यसअघिका हरेक सरकारले राम्रा कार्यक्रम ल्याउने तर कार्यान्वयन भने नहुने स्थिति छ’ उनले भने ‘कार्यान्वयन गर्ने हो भने स्वदेशी उत्पादन बढाएर परनिर्भरताको स्थिति कम हुन्छ।’

आगामी १ वर्षभित्र ‘मोही प्रथा’ पूर्णत अन्त्य गरिने, ५० करोड भन्दा बढी बचत परिचालन गर्ने सहकारी संस्थाहरु माथि अनुगमन गरिने तथा भूमीमा महिलाको पहुँच बढाउन राजस्व छुटलाई ४० प्रतिशत पुर्याउने योजना सार्वजनिक गरिएको छ।

यसबाहेक उत्पादन र बजारीकरणका लागि कृषकलाई उत्प्रेरित गर्न मुख्य कृषि उपजहरुको न्युनतम समर्थन मूल्य तोक्ने तथा आगामी तीन वर्षभित्र आलु, प्याज, खुर्सानी लगायत हरियो तरकारीको उत्पादन बढाएर आत्मनिर्भर बनाइने घोषणा गरिएको छ।

सातै प्रदेशमा बफर स्टकका लागि कम्तीमा २५ हजार मेट्रिक टन क्षमताका भण्डारण गृह निर्माण गर्ने तथा प्रदेश १ मा चिया र अलैंची, प्रदेश ५ मा कफी, कर्णाली प्रदेशमा जडिबुटीबाट निर्मित सुगन्धित तेल र प्रदेश ७ मा जैतुनको तेल उत्पादनका लागि पकेट क्षेत्रको सम्भाव्यता अध्ययन गरिने उल्लेख गरिएको छ।

यसबाहेक आगामी ३ वर्षभित्र हरेक प्रदेश तथा स्थानीय तहमा कोल्ड स्टोर, प्राङ्गारिक प्रमाणिकरण प्रयोगशाला, कृषि उपजहरुको प्रशोधन, प्याकेजिङ्ग, क्यानिङ, ग्रेडिङ केन्द्रसहितको एकीकृत कृषि बजार स्थापना गर्ने महत्वकांक्षी योजना बनाइएको छ।

उत्तर र दक्षिण १३ सडक करिडोरमा तरकारी, फलफूल र तुलनात्मक लाभ भएका बाली बस्तुहरुमा सघन मूल्य श्रृङ्खला विकास कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

स्थानीय तहसँग समन्वय गरी शीत, रस्टिक, सेलार, शून्य शक्ति भण्डार गृहहरु निर्माण गरिने तथा कोदो, जौ, उवा, फापर, चिनो, कागुनो, लट्टे जस्ता निकै कम खेती गरिने स्थानीय बालीहरुको प्रवद्धर्न गरिने कार्ययोजनामा समावेश छ।

त्यस्तै कालिमाटी बजार लगायत मुलुकका विभिन्न ठूला बजारहरुमा कम्तीमा २५ प्रतिशत विक्री स्टल उत्पादक सहकारीलाई उपलब्ध गराउने बताइएको छ।

यी बाहेक रेविज रोगका कारण हुने मृत्युलाई २ वर्षभित्र दुई तिहाईले कमी ल्याउने, हाल ७० प्रतिशत आयात भइरहेको कुखुराको दानालाई ५ वर्षभित्र एकतिहाईले कम गर्ने, आगामी दुई वर्षभित्र उत्पादन र स्रोतको आधारमा वर्गीकरण गरी किसान परिचयपत्र तथा न्युन आय भएका किसानलक्षित पेन्सन योजना लागू गरिने जस्ता पुरानै कार्यक्रम दोहोर्याइएको छ।

Photos from Magar & brothers goat farm Pvt. Ltd.'s post 07/05/2018

नेपियर घाँस

यि हुन नेपालमै २ लाख लगानीमा मासिक ५० हजार कमाउने व्यवसाय, तपाई पनि शुरु गर्ने कि ? - ENepal Post 24/12/2017

बिचार गरौ है

यि हुन नेपालमै २ लाख लगानीमा मासिक ५० हजार कमाउने व्यवसाय, तपाई पनि शुरु गर्ने कि ? - ENepal Post विश्वका हरेक देशको विकासको इतिहासलाई हेर्ने हो भने हरेक देशका आआफ्नै बिशेषता छन । त्यस मध्ये पनि अहि

17/09/2017

बाख्रामा लाग्ने रोग:
१)सीपीपी--(सर्ने खालको पुरानो निमोनिया)
जीवाणुका कारणबाट हुने
मृत्युदर अत्यधिक बढी हुन्छ (६० प्रतिशतदेखि १०० प्रतिशतसम्म)
लक्षणहरु:
बाख्रा साह्रै कमजोर देखिन्छ
खानमा रुचि नदेखाउने
अत्यधिक ज्वरो आउने
बेलाबेलामा खोक्ने
श्वासप्रश्वासमा कठिनाइ हुने
कतिपय जनावरमा मुटुको धड्कनमा अनियमितता देखिने, जोर्नी तथा मस्तिष्कमा समेत फरकपन देखिन सक्छ ।
रोग सर्ने माध्यमहरु:
रोगी पशु र स्वस्थ पशुबीच सम्पर्क भएमा
रोगी पशुले खाएको दाना–पानी वा गोठ/खोर, चरन–क्षेत्र प्रयोग भएमा ।
नियन्त्रणका उपायहरु:
गाउँका सबै प्रकारका बाख्राहरुलाई रोगबिरुद्ध सूई लगाउनुपर्छ ।
गाउँमा नयाँ पशु/बाख्रा ल्याउनु पर्यो भने उक्त पशु/बाख्राले रोग विरुद्धको सूई लिएकै हुनुपर्छ ।
बथानबाट रोगी पशुलाई तुरुन्त अलग्याएर राख्नुपर्छ ।
रोगी पशुको सम्पर्क/संसर्गमा आएका सम्पूर्ण वस्तुहरु नष्ट गर्नुपर्छ ।
उपचार तरिका:
टाइलोसिन (Tylosine) नामक औषधी सिफारिस गरिएको मात्रा अनुसार खुवाउने वा मासुमा सूई दिने ।

03/09/2017

बाख्रा पालन व्यवसाय!!
--------------------------
बाख्रा पालन व्यवसायमा अत्यन्त लाभदायक साना कृषकहरूले समेत सिमित पूँजिमा पाल्न सक्ने हुँदाहँुदै पनि यसलाई व्यवसायीकरण गर्न सकिएको छैन । फलस्वरुप नेपालमा वर्षेनी २० लाखको हाराहारीमा खसीबाख्राहरू विदेशबाट मासु आपूर्तिको लागी भित्रिएको पाईन्छ । तसर्थ व्यवसायिक रुपमा बाख्रा पालन गरी विद्यमान आयतको संख्या न्यून गर्न बाख्रा पालनका विभिन्न पक्षहरू जस्तै गोठ÷खोर व्यवस्थापन, आहारा, प्रजनन र स्वास्थ्य व्यवस्थापनमा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।
खोर/गोठ व्यवस्थापन
बाख्रा लाई बस्नको लागी पानी नजम्ने ठाँउमा यथेष्ठ घाम तथा हावाको प्रवाह हुने गरी एउटा बाख्रालाई १ वर्ग मिटर को ठाँउ पुग्ने गरी , जमिनबाट १ मिटर उठाई १/२”को दूरिमा काठ ठोकी टाँड बनाउनु पर्छ र घाँस राख्नको लागी टाट्नो ९जबथ चबअप० बनाउनु पर्छ । बाख्रा यस्तो प्राणी हो जस्ले आफुले कुल्चेको घाँस खाँदैन । दैनिक रुपमा गोठको सरसफाई गरीरहनु पर्छ । खोरको अगाडि यार्ड बनाउन सके राम्रो हुन्छ । हिउँद तथा वर्षातमा मौसम अनुसार तातो र चिसोबाट बचाउने व्यवस्था मिलाउनु पर्छ ।
आहारा व्यवस्थापन
बाख्राबाट अपेक्षित फाईदा लिन यिनिहरूको शारीरिक अवस्था अनुसार पोषिलो घाँस तथा दाना उपलब्ध गराउनु पर्दछ । घाँसको साथै दैनिक २५० ग्राम दाना दिएर पाल्दा दैनिक ७०–८० ग्राम शारीरिक तौल वृदि भएको अनुसन्धानले देखाएको छ । पाठापाठीको राम्ररि हेरचाह गरी पाल्दा ९ महिनाको उमेरमा २० के.जि सम्मशारिरक तौल पाईएको छ । बाख्राहरूलाई दाना बनाउदा घरमै पाईने मकै, भटमास, गहुँको चोकर वा धान (अन्नवाली०) ७२ भाग, पिना गेडागुडी २५ भाग, नून १ भाग र लवणहरूको मिश्रण २ भाग राखी बनाउन सकिन्छ । बाख्रालाई शारीरिक तौलको ३–५५ सुख्खा पदार्थको आधारमा घाँस उपलब्ध गराउनु पर्छ । दैनिक ४–६ घण्टा चराएर पाल्दा राम्रो उत्पादन लिन सकिने अनुसन्धानबाट थाहा भएको छ ।
प्रजनन व्यवस्थापन
बाख्राहरू वर्षमा २ पटक व्याउने तथा वाली लाग्ने गर्दछन्, खासगरी अश्विन/कार्तिक, फागुन/चैत्र यिनिहरूको व्रिडिङ सिजन हो । यस समयमा बाख्रालाई विषेश किसिमको हेरचाह चाहिन्छ । यथेष्ठ सन्तुलित आहार प्रदान गर्न सके बाख्राहरूमा अण्डा र बोका हरूमा शुक्रकिट उत्पादन उच्च उत्सर्गमा पुग्ने हुँदा जुम्ल्याह जन्मन सक्ने सम्भावना बढि हुन्छ । प्रजनन गराउँदा शारीरिक अवस्था राम्रो भएको छनोट गरी नजिकको नातामा प्रजनन गराउनु हुँदैन ।
यस्तो भएमा जातिय उत्पादन क्षमतामा ह्रास आउने हुन्छ । बथानका बोका मिसाँउदा एक बोकाको लागी ४० वटा सम्म बाख्रा मात्र राख्नु पर्छ । एक वर्षको बोका भएपछि मात्र बाली लगाउनु राम्रो हुन्छ । नवजात पाठापाठीलाई ३/४ पटक दैनिक बिगौति दुध खुवाउने व्यवस्था मिलाउनु पर्छ । करिब ७/८ बेत ब्याईसकेपछि माउ बाख्राहरूलाई हटाउनु राम्रो हुन्छ । बथानमा प्रजनन्को बोका बाहेक अन्यलाई खसी पारिदिनु पर्छ । प्रजनन्को लागि बोका बाख्रा छनौट गर्दा राम्रो शारीरिक अवस्था भएको जुम्ल्याहा जन्मेको मध्यबाट छनौट गर्नु पर्दछ । प्रजनन् योग्य बोका बाख्रा नार्कको फर्महरू र जिल्ला पशु सेवा कार्यालयद्वारा स्थापित स्रोत केन्द्रबाट पाउन सकिन्छ ।
स्वास्थ्य व्यवस्थापन
बाख्राहरूलाई बाहय तथा आन्तरिक परजिवीले निकै प्रभाव पार्ने हुन्छ । वर्षमा ४ महिनाको फरकमा बाहय तथा आन्तरिक परजिवी विरुद्घ डिपिङ्ग तथा डेन्चिङ गराउनु पदर्छ । डिपिङ्गको लागी ०.२५–०.५५ को बजारमा पाईने मालाथिएन, साइपरमेथ्रिनको झोलले सम्पूर्ण शरीर नुहाईदिने वा डिपिङ्ग टयाङ्कीमा डुबाईदिने ।
त्यसै गरी आन्तिरिक परजिविको लागी अलबेन्डाजोल, फेन्बेन्डाजोल ९५–७.५ एम.जि./प्रति के.जि. शारीरिक तौलको हिसाबमा खुवाउने वा आईभरमेक्टिन सुई ९१ एम एल/प्रति ३० के.जि शारीरिक तौलको हिसाबले छालामुनि लगाउँदा आन्तिरीक तथा बाहय दुवै परजिवीमा प्रभावकारी पाईएको छ । अन्य संक्रामक रोग पिपिआर, एचएस, खोरेत, इन्टरोटोक्सेमिया आदि विरुद्घको खोप नियमित रुपमा लगाउनु पर्छ । यसरी बाख्रालाई स्वस्थ राखी अधिकतम फाईदा लिन सकिन्छ
साभार #कृषि_App

22/08/2017

कुन तालिम लिन चाहनुहुन्छ ???
भदौ महिनामा हुने तालिमहरु :
व्यावसायिक कुखुरा पालन तालिम भदौ १४, १५ र १६
व्यावसायिक गाई भैसी पालन तालिम भदौ २१, २२ र २३,
व्यावसायिक च्याउ खेति तालिम भदौ २८, २९ र ३०
व्यावसायिक बाख्रा पालन तालिम भदौ २७, २८ र २९.
सम्पर्क : ९८२३१७९०६५ , ०१ ५२३०५७७, ९८१८९६२८८६
खुमलटार , ललितपुर
साभार #कृषि_App_FB_page

20/08/2017

बाख्रामा देखिने कुम्री (ढकेरी) रोगको रोकथाम गर्न श्रावण देखी कात्तिक सम्म मासिक एक चक्की डाई ईथाइल कार्बामाजिन (डी.ई.सी)-१०० मि. ग्रा. खुवाउनु पर्दछ। ढकेरी लागेका बाख्राको हकमा दैनिक एक चक्की सात दिन सम्म खुवाउने र साथमा भिटामिन बी कम्पलेक्सको सुई २-३ दिन सम्म लगाउनु पर्दछ।
-पशु पन्छि विकास मन्त्रालय

What To Feed Goats | Modern Farming Methods 07/08/2017

Study and learn what to feed goat

What To Feed Goats | Modern Farming Methods Before making goat farm have some knowledge about what to feed goats. Besides, the natural food goats also need vitamins, energy, protein etc. Imbalance of vitamins, minerals may be a cause of great harm.

01/08/2017

शारीरिक नापबाट बाख्राको वजन पत्ता लगाउने सरल तरिका::
-----------------
खसीबोकाहरू खरिद बिक्रि गर्नुपर्दा अन्दाज लगाउनुभन्दा तौलने मेशिनको प्रयोग गरि ठ्याक्कै तौल पहिचान गर्दा
खरिदकर्ता तथा बिक्रिकर्ता दुवैलाई आफु ठगीएँकी भन्ने संशय रहँदैन तर गाउँघरमा तौलने मेसिन उपलब्ध नभएको अवस्थामा खसीबोकाको शरीरको लम्बाई तथा छातीको गोलाई नापेर तलको सुत्र अनुसार तौल पत्ता लगाउन सकिन्छ ।

Photos 31/07/2017

यसरी गरौं, बाख्रा पालन
बाख्रा पालन व्यवसायमा अत्यन्त लाभदायक साना कृषकहरूले समेत सिमित पूँजिमा पाल्न सक्ने हुँदाहँुदै पनि यसलाई व्यवसायीकरण गर्न सकिएको छैन । फलस्वरुप नेपालमा वर्षेनी २० लाखको हाराहारीमा खसीबाख्राहरू विदेशबाट मासु आपूर्तिको लागी भित्रिएको पाईन्छ । तसर्थ व्यवसायिक रुपमा बाख्रा पालन गरी विद्यमान आयतको संख्या न्यून गर्न बाख्रा पालनका विभिन्न पक्षहरू जस्तै गोठ÷खोर व्यवस्थापन, आहारा, प्रजनन र स्वास्थ्य व्यवस्थापनमा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।
खोर/गोठ व्यवस्थापन
बाख्रा लाई बस्नको लागी पानी नजम्ने ठाँउमा यथेष्ठ घाम तथा हावाको प्रवाह हुने गरी एउटा बाख्रालाई १ वर्ग मिटर को ठाँउ पुग्ने गरी , जमिनबाट १ मिटर उठाई १/२”को दूरिमा काठ ठोकी टाँड बनाउनु पर्छ र घाँस राख्नको लागी टाट्नो ९जबथ चबअप० बनाउनु पर्छ । बाख्रा यस्तो प्राणी हो जस्ले आफुले कुल्चेको घाँस खाँदैन । दैनिक रुपमा गोठको सरसफाई गरीरहनु पर्छ । खोरको अगाडि यार्ड बनाउन सके राम्रो हुन्छ । हिउँद तथा वर्षातमा मौसम अनुसार तातो र चिसोबाट बचाउने व्यवस्था मिलाउनु पर्छ ।
आहारा व्यवस्थापन
बाख्राबाट अपेक्षित फाईदा लिन यिनिहरूको शारीरिक अवस्था अनुसार पोषिलो घाँस तथा दाना उपलब्ध गराउनु पर्दछ । घाँसको साथै दैनिक २५० ग्राम दाना दिएर पाल्दा दैनिक ७०–८० ग्राम शारीरिक तौल वृदि भएको अनुसन्धानले देखाएको छ । पाठापाठीको राम्ररि हेरचाह गरी पाल्दा ९ महिनाको उमेरमा २० के.जि सम्मशारिरक तौल पाईएको छ ।
बाख्राहरूलाई दाना बनाउदा घरमै पाईने मकै, भटमास, गहुँको चोकर वा धान (अन्नवाली०) ७२ भाग, पिना गेडागुडी २५ भाग, नून १ भाग र लवणहरूको मिश्रण २ भाग राखी बनाउन सकिन्छ । बाख्रालाई शारीरिक तौलको ३–५५ सुख्खा पदार्थको आधारमा घाँस उपलब्ध गराउनु पर्छ । दैनिक ४–६ घण्टा चराएर पाल्दा राम्रो उत्पादन लिन सकिने अनुसन्धानबाट थाहा भएको छ ।
# प्रजनन व्यवस्थापन
बाख्राहरू वर्षमा २ पटक व्याउने तथा वाली लाग्ने गर्दछन्, खासगरी अश्विन/कार्तिक, फागुन/चैत्र यिनिहरूको व्रिडिङ सिजन हो । यस समयमा बाख्रालाई विषेश किसिमको हेरचाह चाहिन्छ । यथेष्ठ सन्तुलित आहार प्रदान गर्न सके बाख्राहरूमा अण्डा र बोका हरूमा शुक्रकिट उत्पादन उच्च उत्सर्गमा पुग्ने हुँदा जुम्ल्याह जन्मन सक्ने सम्भावना बढि हुन्छ । प्रजनन गराउँदा शारीरिक अवस्था राम्रो भएको छनोट गरी नजिकको नातामा प्रजनन गराउनु हुँदैन ।
यस्तो भएमा जातिय उत्पादन क्षमतामा ह्रास आउने हुन्छ । बथानका बोका मिसाँउदा एक बोकाको लागी ४० वटा सम्म बाख्रा मात्र राख्नु पर्छ । एक वर्षको बोका भएपछि मात्र बाली लगाउनु राम्रो हुन्छ । नवजात पाठापाठीलाई ३/४ पटक दैनिक बिगौति दुध खुवाउने व्यवस्था मिलाउनु पर्छ ।
करिब ७/८ बेत ब्याईसकेपछि माउ बाख्राहरूलाई हटाउनु राम्रो हुन्छ । बथानमा प्रजनन्को बोका बाहेक अन्यलाई खसी पारिदिनु पर्छ । प्रजनन्को लागि बोका बाख्रा छनौट गर्दा राम्रो शारीरिक अवस्था भएको जुम्ल्याहा जन्मेको मध्यबाट छनौट गर्नु पर्दछ । प्रजनन् योग्य बोका बाख्रा नार्कको फर्महरू र जिल्ला पशु सेवा कार्यालयद्वारा स्थापित स्रोत केन्द्रबाट पाउन सकिन्छ ।
# स्वास्थ्य व्यवस्थापन
बाख्राहरूलाई बाहय तथा आन्तरिक परजिवीले निकै प्रभाव पार्ने हुन्छ । वर्षमा ४ महिनाको फरकमा बाहय तथा आन्तरिक परजिवी विरुद्घ डिपिङ्ग तथा डेन्चिङ गराउनु पदर्छ । डिपिङ्गको लागी ०.२५–०.५५ को बजारमा पाईने मालाथिएन, साइपरमेथ्रिनको झोलले सम्पूर्ण शरीर नुहाईदिने वा डिपिङ्ग टयाङ्कीमा डुबाईदिने ।
त्यसै गरी आन्तिरिक परजिविको लागी अलबेन्डाजोल, फेन्बेन्डाजोल ९५–७.५ एम.जि./प्रति के.जि. शारीरिक तौलको हिसाबमा खुवाउने वा आईभरमेक्टिन सुई ९१ एम एल/प्रति ३० के.जि शारीरिक तौलको हिसाबले छालामुनि लगाउँदा आन्तिरीक तथा बाहय दुवै परजिवीमा प्रभावकारी पाईएको छ । अन्य संक्रामक रोग पिपिआर, एचएस, खोरेत, इन्टरोटोक्सेमिया आदि विरुद्घको खोप नियमित रुपमा लगाउनु पर्छ । यसरी बाख्रालाई स्वस्थ राखी अधिकतम फाईदा लिन सकिन्छ #साभार_कृषि_App

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Surkhet
BHERIZONE