28/06/2024
स्त्रीलिङ्गी पक्ष ग्रहणशील पक्ष हो र खुला ढोका जस्तै हो जसबाट ब्रह्माण्डको उच्च बुद्धि प्रवाह हुन सक्छ र यदि हामीले स्त्रीलिंगी पक्षको कुरा ध्यानपूर्वक सुन्न सिक्यौं भने उसले पूर्ण रूपमा मार्गदर्शन गर्न सक्छ।
त्यसैगरी पुरुष पक्ष भनेको कार्य गर्ने पक्ष हो जसले भौतिक संसारमा कामहरू गर्ने हाम्रो क्षमता जस्तै सोच्ने, बोल्ने, हाम्रो शरीरलाई चलाउने आदि गर्दछ। महिला होस् या पुरुष उनीहरूभित्रको स्त्रीलिंगी पक्षले विश्वव्यापी सृजनात्मक ऊर्जा प्राप्त गर्दछ र पुरुषले यसलाई कार्य मार्फत संसारमा अभिव्यक्त गर्दछ। यस अर्थमा महिला र पुरुष भनेको विविध विशेषताहरूको सम्मिश्रण हुन् जुन एक विना अर्को चलायमान र सुचारु हुन् सक्दैनन्।
समग्रमा विश्व जटिल छ। कतिपय कुराहरू विज्ञानले र अनुसन्धानले प्रमाणित गर्न सकेको छैन। यद्यपि हामी लिङ्गको नाममा अनेकौं तर्क गर्छौं र एकले अर्कोलाई दबाउने, होच्याउने र फरक छुट्याउने काम गरिरहन्छौं। भौतिक र आध्यामिक विज्ञानको कुरा गर्ने हो भने यो ब्रह्माण्ड एक हो जहाँ कोही कुनै आधारमा सानो ठूलो छैन। तसर्थ, प्रत्येक व्यक्तिले कुनै पनि विचार र धारणा बनाउनु अघि विभिन्न दृष्टिकोणबाट संसारलाई हेर्नु जरूरी छ।
महिला वा पुरुषको एक्लै छुट्टै अस्तित्व छ ?
अध्यात्म, दर्शन र विज्ञान मानव जीवन र त्योभन्दा पनि पर (सृष्टि, ब्रह्माण्ड आदि) को अर्थात् सम्पूर्ण संसारको अभिन्न...
12/05/2023
रतिक्रिडा विशिष्ट कला र सृष्टिको निरन्तरताको सङ्गम हो भन्ने तथ्यबाट पुरुष पात्र संधै टाढा छ। निश्चित परिधिमा रहेर उपहार ग्रहण गर्नु सृष्टिको नियम नै हो। तर यसको विशिष्टतालाई आदिकालदेखि नै हिंसा, शोषण, युद्ध र जालझेलको अस्त्रका रुपमा प्रयोग गरिनु दु:खद छ।(हरिबोल काफ्ले-यशोधरा)
18/06/2020
सुरेश प्राञ्जलीको तुइन पढ्दै गर्दा मेरो मानस पटलमा पनि त्यो दश वर्षे शशस्त्र द्वन्द्वको दिनहरु एकपछि अर्को गर्दै फनफनी घुमे ।
--त्यति सुविधा सम्पन्न ठाउँमा मेरो जन्म नभएपनि ती कर्नालीका बालबालिकाले झै ज्यान धरापमा राखेर कर्नालीको तुइन तरी विद्यालय जान मलाई परेन ।
--५ किलो चामलका लागि मेरो बाले खाद्य संस्थानको चउरमा भोकभोकै लाइन बस्न पनि परेन ।
--कान्छाका आमाहरुले झै सीतामोल अथवा जीवनजलको एउटा पोको नपाएर मेरा आफन्तहरुले ज्यान गुमाउनु परेन ।
--अभावै अभावमा, दुखै-दुखमा मेरो बाल्यकाल बितेपनि कर्नालीको कथा पढ्दा त म धेरै भाग्यमानी रहेछु ।
16/06/2020
.........जिन्दगी कति कमजोर छ, व्यर्थ छ्वास्स कहीं केही मिलेन कि फुस्किहाल्छ । अंजुलीको पानीजस्तो, टम्म मिलाएर राखे धेरै बेर रहने, औंलाहरु अलिकति मिलेन कि पोखिइहाल्ने, यति मात्र होइन हल्केलाहरु अलिकति हल्लियो कि सब छताछुल्ल....। (कारागार : डा.बानिरा गिरी)
16/06/2020
........हरेक मान्छे आफ्नै इच्छाहरुको कैदी हुन्छ, सामाजिक एवम् पारिवारिक सीमा र मर्यादाहरुको कारागारमा थुनिएको हुन्छ । एकातर्फी प्रेममा परेको मान्छे त झन् कालकोठरी भित्रको उकुस मुकुसमा बाँचेको हुन्छ ।
(कारागार : डा.बानिरा गिरी)
14/11/2018
राजनीतिक हस्तक्षेपबाट न्यायलय पनि अछुतो नरहेपछि यो मुलुकमा प्रजातन्त्र र लोकतन्त्रको अभ्यास भएको जनताले कसरी आभास पाउने ?
साभार: सुशिला कार्कीको आत्मकथा "न्याय" बाट
14/08/2018
ब्राह्मणवाद कुनै वर्ण, जात र थरसँग जोडिएको वाद होइन । बरु वर्णव्यवस्था बनाउने, एक वर्ण, जात, थर र लिंगलाई श्रेष्ठ ठान्ने, त्यही अनुसार रगत, पेसा, यौन, बिहेबारी र खानपानलाई विभाजन गर्ने सिद्धान्त र व्यवहार हो ।
बलात्कारी जन्माउने कारखाना
तिमीलाई स्वास्नीमान्छेले बलात्कार गर्यो ?तिमीलाई स्वास्नीमान्छेले कलंकको टीका लगाइदियो ? तिमीलाई स्वास्नीम....
12/07/2018
प्रसिद्ध दार्शनिक नित्सेले भनेका छन्- ‘मान्छेको संगत गर्नुभन्दा जनावरको संगत गर्नु उत्तम हो । तर, यसो भनेर म मान्छेको संगत छाडेर जंगल पस्न पनि सक्दिनँ ।’
11/07/2018
"ऐना फोर्ने तरिका कसैले सिकाइरहनु पर्दैन, तर अनुहार फोर्ने अर्थात् फेर्ने तरिका भने जान्नुपर्छ, सिक्नुपर्छ"-मोहन मैनालीको देखेको देशबाट ।
11/06/2018
केन्द्र देखि प्रदेश सम्म नीति तथा कार्यक्रम र बजेटमा केवलकार, सुरुङ मार्ग, रेलमार्ग मात्रै आईराछ त ?? कै त रकेट र मंगलग्रहमा बस्ती बसाउने कुरा, लेख्दा भुलबस छुटेको त होइन होला नि !!
04/06/2018
'लिंगले प्लेन उडाउने वा गाडी चलाउने त होइन तर महिलालाई त्यसखाले काम गर्न बर्जित गरिएको छ। ऊसँग योनी भएकै कारण उसलाई कमजोर बनाइन्छ, जब कि त्यसमा योनी वा लिंगको कुनै भूमिका रहँदैन'-कपी:अन्नपूर्ण पोष्ट (घिमिरे युवराज)