Department of International Relations and Diplomacy, Mid-West University

Department of International Relations and Diplomacy, Mid-West University

Share

Department of International Relations and Diplomacy, Mid-West University So, the foreign policies of a country should be visionary and solid.

At the outset of the twenty-first century, the world has become more interdependent than ever before. In this rapidly changing world, it is not enough to simply know the phenomenon going on in one’s town, state or country. Instead, we need to understand the complex relationships and interactions between states, non-state organizations and intergovernmental organizations (IGOs) such as UN, EU and S

12/08/2024
15/07/2020

सार्वजनिक बिदा सम्बन्धी सूचना ।

20/06/2020

हार्दिक निमन्त्रणा !!

छैटौं अन्तरास्ट्रिय योग दिवसको अवसरमा आयोजित "योग, स्वास्थ्य र आधुनिक विज्ञान" विषयक भर्चुअल अन्तरसम्बाद कार्यक्रममा यहाँहरुको सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौं !

Time: Jun 21, 2020 03:00 PM Kathmandu

Join Zoom Meeting Directly: bit.ly/lof-yogaday

Meeting ID: 649 8310 2206
Password: YOGADAY

Live at: facebook.com/mwuskt and facebook.com/ujyalojivan

17/06/2020

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको १० औं बार्षिक उत्सव मिति २०७७ असार ३ गते अनलाईनका माध्यमवाट भव्यताका साथ सम्पन्न भएको छ । विश्वविद्यालयका श्रीमान उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहज्यूको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन भएको थियो । कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । कोभिड-१९ र यसवाट सिर्जित लकडाउनको कारणले गर्दा विगतका दिनहरुमा जस्तो भौतिक उपस्थिती सहितको कार्यक्रम संचालन गर्न नसकिने अवस्था भएको हुँदा अनलाइन जुम र फेसबुक लाईभ मार्फत कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमका अध्यक्ष श्रीमान उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहज्यूले विश्वविद्यालयको स्थापना दिनको सु-अवसरमा शुभकामना मन्तब्य सहित विश्वविद्यालयको आगामी दिशा-निर्देश प्रस्तुत गर्नुभएको थियो । त्यसैगरि स्वागत मन्तव्य विश्वविद्यालयका रजिष्ट्रार यम बहादुर कार्कीज्यूले राख्नु भएको थियो भने प्रविधी संयोजन तथा कार्यक्रम संचालन उप-प्राध्यापक तथा सुचना प्रविधि विज्ञ पन्चदेव भट्टले गर्नु भएको थियो । कार्यक्रमको अन्तिम खण्डमा, सहभागीबाट प्राप्त प्रश्न तथा जिज्ञासाको जवाफ श्रीमान उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहज्यूले दिनुभएको थियो । कार्यक्रममा २५० बढीको प्रत्यक्ष सहभागीता थियो भने फेसबुकमार्फत करीब ६ हजार बढीले प्रत्यक्ष रुपमा हेरेका थिए ।

• उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण (रेकर्डेड) हेर्न यो लिंकमा जानुहोला: https://youtu.be/zyxAvW-Ptzg

• कार्यक्रमबारे मिडिया कभरेज तथा समाचार यो लिंकहरु बाट पढ्न सक्नुहुनेछ:
- OnlineKhabar: https://www.onlinekhabar.com/2020/06/874072
- Karnali Patra: https://karnalipatra.com/2020/06/11449
- Nepal Gatha: https://www.nepalgatha.com/samaj/15838
- Host Khabar: https://www.hostkhabar.com/2020/06/30037.html
- Core Pati: https://corepati.com/archives/3127

कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ।

'ई–तालिमले विश्वविद्यालयलाई प्रविधितर्फ जान सहज बनाएको छ' – उपकुलपति प्राडा सिंह 27/04/2020

मध्यपश्चिमाञ्चल विश्वविद्यालय प्रविधितर्फ लम्कदै !

'ई–तालिमले विश्वविद्यालयलाई प्रविधितर्फ जान सहज बनाएको छ' – उपकुलपति प्राडा सिंह सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय उपकुलपति प्राडा नन्दबहादुर सिंहले विश्वविद्यालयमा आयोजना गरिएको ई–त....

Photos from Mid-West University's post 26/04/2020
19/04/2020

अहिलेको लकडाउन र कोभिड-१९ को माहामरी बिच मध्यपश्चिमाञ्चल विश्वविद्यालयका श्रीमान उपकुलपती नन्द बहादुर सिंह ज्युद्वारा पदाधिकारीहरु विच अनलाईनका माध्यम बाट सम्पूर्ण कार्यालय, केन्द्रिय क्याम्पस तथा आङगिक क्याम्पस प्रमुख ज्युहरु सँग तेस्रो अनलाईन मिटिङ सम्पन्न भएको छ । उक्त मिटिङमा, मुख्यत अहिले को अवस्थामा विश्वविद्यालयले देशका लागि गर्न सक्ने योगदान, स्वयंसेवक, अनलाईन कक्षा संचालन, सैक्षिक क्यालेन्डर र लकडाउनमा सम्पूर्ण पदाधिकारी एवं कर्मचारीहरुको भुमिकाबारे प्रष्ठ पार्नुका साथै निर्देशन दिनु भएको थियो भने, विश्वविद्यालय अन्तर्गतका बिभिन्न निकाय प्रमुख द्वारा सम्बन्धित निकायको प्रगती तथा अवस्था प्रस्तुत गर्नु भएको थियो । बैठक करिब ३:३० घण्टा बढी संचालन भएको थियो ।

यो सँगै, विश्वविद्यालयले कोभिड-१९ को बिषम परिस्थितीमा प्रचार-प्रसार गरेका अनलाईन स्रब्य-द्रिश्य सामाग्री, कोभिड पोर्टल र जनचेतना फैलाउनेमा विश्वका केही र नेपालका दुइटा विश्वविद्यालय भित्र पर्न समेत सफल भएको कुरा मिटिङमा उल्लेख भएको थियो ।

हामी सबै मिली कोभिड-१९ बारे जन-चेतना फैलाउँदै स्वस्थ समाज, देश र विश्व निर्माण गर्न अगाडि बढौ भनी मध्यपश्चिमाञ्चल विश्वविद्यालय परिवार सम्पूर्णमा हार्दिक अपिल गर्दछ ।

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Address


Birendranagar 10
Surkhet
21700

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00