ज्योतिष केन्द्र

ज्योतिष केन्द्र

Share

Education

02/02/2026

पुस्ता छुट्याउने र आशौच बार्ने विषयमा

´´लेपभाजश्चतुर्थाद्याः पित्राद्याः पिण्डभागिनः।
पिण्डदः सप्तमस्तेषां सापिण्ड्यं साप्तपौरुषम्।।`` (श्राद्धकल्पः-१४५०)
पुस्ता छुट्याउने शास्त्रीय र प्रामाणिक आधार श्राद्ध नै हो। श्राद्धमा श्राद्धगर्ने कर्ता आफू १ पुस्ता हुन्छ ,उसका पिता २ पुस्ता हुन्छन् ,पितामह ३ पुस्ता हुन्छन् ,प्रपितामह ४ पुस्ता हुन्छन् , आफू माथिका ३ पुस्तालाई श्राद्धकर्ताले पिण्ड दिन्छ ।प्रपितामहका पिता पाँचौं पुस्ता हुन्छन् , प्रपितामहका पितामह छैटौं पुस्ता हुन्छन् र प्रपितामहका प्रपितामह सातौं पुस्ता हुन्छन्। ती तीनपुस्तालाई लेपभागभुजःपितरः भनेर लेपभाग दिइन्छ। पिण्डदिने कर्ता आफुसमेत माथिका सात पुस्तालाई सपिण्ड भनिन्छ।

´´आफैं एक भयो पिता दुइ भए तेस्रा बुढाबा भए ,
तीभन्दा अरु माथि चार पुगिए सापण्ड्य तेत्ती भए ।
सातौंका सुतसन्तति प्रति सबै बार्नू दशैरात हो ,
जूठो सूतक आठदेखि परका ती चौधपर्यन्तको ।।१।।
तीनै रात पछाडि शुद्ध भइने आशौचको पक्ष हो।
पन्ध्रौंदेखि अगाडिका जति भए एक्काइसैसम्मको ।
एकैरात पछाडि शुद्ध हुन ता पुग्छन् सबै बन्धुको ,
त्यो भन्दा अझ माथि बन्धु सबको स्नानै गरे शुद्ध भो ।।२।।``

आफु १ पुस्ता , पिता(बाबु )२ दोस्रो पुस्ता , पितामह (बुढाबाबु) ३ तेस्रो पुस्ता , प्रपितामह (जिजुबाजे )चौथो पुस्ता , प्रपितामहका पिता पाँचौं पुस्ता , प्रपितामहका बुढाबा छैटौं पुस्ता , प्रपितामहका प्रपितामह(जिजुबाजे) सातौं पुस्ता हुन्छन्।आफ्ना जिजुबाजेका जिजुबाजेलाई मूलपुरुष मानिन्छ र उनका जतिभाइ छोरा हुन् ,तिनीहरूका सबै छोरानाति आदि सातपुस्ताभित्रका परस्परमा सबै सपिण्ड मानिन्छन् । सपिण्डका पुरुष सन्ततिको आफुले १० रात्रि आशौच बार्नुपर्दछ , तरआफ्नो छोरो तिनीहरूसँग आठौं पुस्ता भएकाले छोराले भने तीनरात्रि आशौच बार्दा हुन्छ। यदिआशौच अवधिमा बाबुआमाले छोएको नखाएमा छोराले तीन रात्रिपछि नित्य नैमित्तिक कर्म गर्न हुन्छ। तर आफुले भने आफुभन्दा तलका भतिजा नाति-पनाति आदि सबैको १० रात्रि नै आशौच बार्नुपर्दछ। उनीहरूले भने आफ्नो तीनरात्रि भन्दा बढि बार्नुहुँदैन।
८ पुस्तादेखि १४ पुस्तासम्मका बन्धुलाई सोदक वा समानोदक भनिछ। सोदकको ३ रात्रि आशौच लाग्दछ। १५ पुस्तादेखि २१ पुस्तासम्मका बन्धुलाई सगोत्र भनिन्छ । सगोत्रको १ रात्रि आशौच लाग्दछ। कोही ता सगोत्रको आशौच लाग्दैन भन्दछन्।
(यो आशौचबार्ने कुरा जुठामा र सूतकमा पनि बराबरदिन नै बार्नुपर्दछ।)
´´कूटस्थादारभ्य सप्तमपुरुषपर्यन्ताः सपिण्डाः,ततः सप्त समानोदकाः, ततः सप्तैकविंशतिपर्यन्ताः सगोत्राः। तत्र सपिण्डानां दशाहमित्युक्तम्। ससोदकानां त्रिरात्रम् , सगोत्राणामेकरात्रमिति नागोजीभट्टीये। अन्ये तु सगोत्राणां नाशौचमित्याहुः। अयं सपिण्डसोदकाद्याशौचविभागो जनने मरणे च समानः। मरणे त्वाशौचविच्छेदेS पि स्नानमात्रं यावदेककुलत्वज्ञानं तावद्भवत्येवेति विशेषः। अत्रेदं बोध्यम्-कूटस्थादारभ्य सन्ततिभेदे एकसन्ततौ कश्चिदष्टमोSपरसन्ततौ च कश्चित्सप्तमस्तयोश्चैकतः सापिण्ड्यानुवृत्तिः परतो निवृत्तिरित्युक्तम्। तत्राष्टमेन निवृत्तसापिण्यकेन सप्तमादीनां परसन्ततिस्थानां जनने मरणे त्रिदिनाशौचं कार्यम्। सप्तमेन त्वनुवृत्तसापिण्ड्यकेनाष्टमादीनां जनने मरणे वा दशाहमेव कार्यम्। एवं सोदकत्रिरात्रादौ कन्याविषयकत्रिपुरुषसापिण्ये चोह्यम्। तत्राष्टमस्य मृतपितृकत्वे जीवत्पितृकत्वेSपि च त्रिदिनमेव।``
´´सपिण्डता तु पुरुषे सप्तमे विनिवर्तते।
समानोदकभावस्तु निवर्तेत चतुर्दशे।।
जन्मनामस्मृर्तेवैके तत्परं गोत्रमुच्यते।।``
´´ दशाहेन सपिण्डास्तु शुद्ध्यन्ति प्रेतसूतके।
त्रिरात्रेण सकुल्यास्तु स्नात्वा शुद्ध्यन्ति गोत्रजाः।।``
धर्मसि• सुधा• ८५४,८५५
ध•सि•हेम९०९-९१०
(बार्नू भनेका कुरा नबार्दा जति दोष लाग्दछ ,नबार्नू भनेका कुरा बार्दा पनि त्यति नै दोष लाग्दछ।)
ॐ हरये नमः।। (पुनःप्रस्तुत)

03/01/2026

#श्री_स्वस्थानी_व्रतकथा_प्रथम_अध्याय
परापूर्व कालमा समस्त मुनिहरूमा सबै प्रकारले ख्याति प्राप्त गरेका अगस्त्यमुनि आफ्नो आश्रममा तपमा लिन थिए। एकदिन मयुरमा चढेर स्कन्द कुमार त्यही पाल्नुभयो अगस्ते मुनिले देखेर सम्मानसाथ आसनमा बसाली स्वागत सत्कार गरिसकेपछि नम्र बाणीले सोधे हे कुमार यो संसार कसरी सृष्टि भयो? यसोको विषयमा जान्ने इच्छा भयो। म उपर कृपा गरी आज्ञा भई आफूलाई धन्य सम्झने थिए। अगस्त्यको प्रश्न सुनेर कुमारजी भन्नुहुन्छ हे मुने तिमी एकचित्त भई सुन म तिमीलाई सृष्टिको क्रम सुनाउँछु। यो सृष्टि प्रारम्भ हुँदा पहिले प्रारम्भ परमात्माको इच्छा स्वयं स्मरण हुनासाथ त्यही इच्छाले प्रेरित समस्त गुणले युक्त ब्रह्मा विष्णु र शिव प्रकट भए दिनका शक्ति स्वरूप त्रिगुणले युक्त माया वा प्रकृति उत्पन्न भइन्। ती त्रिगुणात्मिका मायालाई जित्न वा बस पार्न अत्यन्त कठिन छ। उनै मायाभन्दा पर प्रतिष्ठायुक्त निवृत्ति पद छ त्यो भन्दा पर शान्ति पद र त्यो भन्दा पनि पर छ त्यसपछि विद्या पद छ र विद्या भन्दा पनि पर निवृत्ति पद छ जान्नेहरु यसैलाई सृष्टिको क्रम बुझाउन र बुझ्न पनि निकै कठिन छ संक्षेपमा भनेको कारण पनि मुख्य यही हो प्रलय र सृष्टिको क्रम बेग्लाबेग्लै छ। एक नियमले सृष्टि हुन्छ र अर्को नियमले प्रलय हुन्छ। जो त्रिगुणात्मिका माया छन् ती शान्त्यातित शान्ति विद्या प्रतिष्ठा र निवृत्ति आदि पदमा रहन सक्दिनन्। मायाभन्दा पनि टाढा रहने जो अव्यक्त छ त्यो आत्मामा विद्यमान छ। जीव अज्ञानी र प्रकृति जड हुनाले समस्त परमाणु अचेत छन्। कारणबिना कुनै कार्य हुन सक्दैन यसैकारण जगतको अधिष्ठाता परमात्माको इच्छा बिना कुनै कार्य पनि हुन सक्दैन। यो कुरा वेद र शास्त्रले पनि स्वीकारेका छन्। तापनि वेदान्त आदि शास्त्रमा सबैको गति नपुग्ने हुनाले सबैलाई तुरुन्त निश्चय हुन सक्दैन। यसैकारण जन्म मरणरूप बन्धन छुटेर त्यसैको सुख दुःख केवल अनुभव गर्ने जीवद्वारा यो संसारको क्रम चलिरहेको छ। यो क्रम कल्प कल्पको भेदले भिन्नभिन्न झैँ देखिने हुँदा अनेकौं कल्पमध्ये केवल पद्मकल्पको मात्र वर्णन गर्दछु।

ब्रह्मा विष्णु शिव एक हुन्। यिनमा सानो र ठूलो भन्ने भेद छैन हे मुने सृष्टि गर्ने चतुर्मुख ब्रह्मा पालन गर्ने विष्णु संहार गर्ने रुद्र हुन्। विष्णु र शिवका आयुको अवधि वा प्रमाण छैन ब्रह्माको सय वर्ष परम आयु मानिन्छ उनको प्रथम ५० वर्षलाई परार्ध भन्दछन्। १०० वर्ष पुगेपछि उनको पनि नाश हुन्छ वा प्रलय हुन्छ प्रलय भएपछि समस्त संसार र यसमा रहेका वस्तुहरू केही रहन्न अनि ईश्वरद्वारा अर्को सृष्टिको क्रम आरम्भ हुन्छ। त्यो नयाँ सृष्टि पनि अगाडि जुन क्रमले चलेको थियो सोही प्रकारले चल्न थाल्दछ। प्रलय चाहिँ अनेकौं प्रकारले हुन्छ। ब्रह्माको घर गृहस्ती सबै छ। उनले पनि खानु सुत्नुपर्छ। उनी बस्ने लोकको नाम सत्यलोक हो। प्रातकाल हुँदा उनले सृष्टि गर्दछन् उनको एक दिनमै सत्य त्रेता द्वापर कली चार युग ७२ पल्ट घुमि सक्दछन् रात परेपछि प्रलय गर्दछन् तब महाप्रलय हुन्छ। त्यस महाप्रलयपछि फेरि पहिले जस्तै रजोगुणले युक्त ब्रह्मा उत्पन्न गराई अहंकार र पञ्चमहाभूत ज्ञानेन्द्रिय कर्मेन्द्रिय पञ्चतन मात्रा शब्द रूप रस गन्धले युक्त एउटा अण्ड उत्पन्न हुन्छ। त्यो अण्ड ब्रह्ममय हुनाले यसको नाम ब्रह्माण्ड रहेको हो त्यही अण्डा फुटेर दुई भाग भएपछि एक भागको प्रकृति र अर्को भागको पुरुष बन्दछ। त्यसैबाट प्रथम सृष्टि चतुर्मुख ब्रह्मा भए पालन गर्ने अनन्तकोटीब्रह्माण्डका स्वामी विष्णु भए संहार गर्ने महारुद्र भए यिनैले यो सृष्टिको कार्य निर्वाद गतिले गर्दछन्। जसको इच्छाले यो अण्डको उत्पत्ति हुन्छ। त्यस परब्रह्म परमात्मालाई त्रिगुण गुणातित चतुर्युह अनादि अजनमा हिरण्य गर्व प्रजापति आदि भन्दछन्। सुमेरु पर्वत समुद्रको बीचमा समस्त जीवहरू गर्भाशयमा बालक रहेजस्तै रहेका छन्। सूर्य चन्द्र ग्रह नक्षत्र आदि पनि त्यही सुमेरुको चारैतिर स्थित छन्। निराकार आकाश पनि त्रिगुणात्मिका माया र पञ्चमहाभूतले बेरिए झैँ भई आकारवान अर्थात् एक रूपबाट अर्को रूप देखिन्छ। तर त्यस आकाशलाई राम्ररी विचार गर्दा आदि मध्य अन्त्य नभएको अनादि अनन्त परमेश्वरको लीला मात्र हो। यो संसार नै भ्रान्तिको रूप हो। किनकि उनै ईश्वरको इच्छाले सृष्टि स्थिति र संहार हुन्छ। धागोमा दाना उनिए झैँ यो संसार परब्रह्ममा उनिएको छ अनन्त कुटी ब्रह्माण्डको गणना गर्न सकिन्न। जति ब्रह्माण्ड छन् उति नै ब्रह्मा विष्णु शिव चन्द्र सूर्य इन्द्र दिक्पालहरु भिन्न भिन्न छन्। जस्तै स्वप्नमा देखिएका अनेकौं सुख दुःखको अनुभव जागा हुनासाथ केही पनि रहन्न त्यस्तै यो मिथ्या अनित्य संसारको सुख दुःख पनि स्वप्न जस्तै छ। सुख दुःख त मनले मात्र अनुभव गर्दछ। त्यसको भागी जुन मन हो त्यसलाई आफ्नो बसमा राख्नु नै ईश्वर प्राप्तिको मुख्य बाटो हो। भन्ने कुरा पण्डितले राम्ररी बुझ्नुपर्दछ। हे मुने तिमी पनि एकाग्र मनले तपस्या गर अवश्य सिद्धि मिल्नेछ। मैले यो सृष्टिको क्रम संक्षेपमा सुनाए अब दोस्रो अध्यायमा पद्मकल्पको वर्णन गर्नेछु। ध्यानपूर्वक सुन।

यति श्रीस्कन्द पुराणे केदारखण्डे माघ महात्मे कुमार अगस्ते संवादले श्री स्वस्थानी परमेश्वरीय व्रतकथायाम सृष्टिक्रम वर्णन नाम प्रथम अध्याय: ।

Photos from ज्योतिष केन्द्र's post 03/01/2026

आज मिति २०८२ साल पौष महिनाको १९ गते शनिबार पौषशुक्ल पक्षको पूर्णिमा तिथि । आजबाट श्री स्वस्थानी व्रत प्रारम्भ भएको छ ।
यस दिनदेखि एक महिनासम्म अर्थात् पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना श्री स्वस्थानी परमेश्वरीको व्रत बस्ने र कथा श्रवण गर्ने गरिन्छ। कथाश्रमण गर्नु अघि प्रारम्भमा निम्नानुसारको पुष्पाञ्जली गर्नुपर्दछ।

#प्रारम्भ_पुष्पाञ्जलिः

यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति दिन्यैः स्तवै
र्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थित-तद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्याऽन्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः ॥१॥

श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका-
मालाऽलङ्कतकुण्डला प्रविलसन्मुक्तावलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ॥२॥

मूकं करोति वाचालं पङ्गु लङ्घयते गिरिम् ।
यत्कृपा तमहं वन्दे परमानन्दशङ्करम् ॥३॥

नमो भगवते तस्मै व्यासायामिततेजसे ।
यस्य प्रसादाद् वक्ष्यामि महादेवकथामिमाम् ॥४॥

नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम्
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ॥५॥

17/12/2025

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको पञ्चाङ्ग चाहि पहिले झै ल्याउने निर्णय गरि आउने समय मा के गर्ने भन्ने कुरा ख्यातिप्राप्त ज्योतिषिहरुको सम्लेन र सल्लाह द्वारा निर्णय लिने सूचना दिएको छ ।

14/10/2025

२०८२ सालको भाइटीकाको साइत

06/10/2025

पुस्ता छुट्याउने र आशौच बार्ने विषयमा

तोयराज नेपाल २०७९/३/३१
´´लेपभाजश्चतुर्थाद्याः पित्राद्याः पिण्डभागिनः पिण्डदः सप्तमस्तेषां सापिण्ड्यं साप्तपौरुषम्।।`` (श्राद्धकल्पः-१४५०)

पुस्ता छुट्याउने
शास्त्रीय र प्रामाणिक आधार श्राद्ध नै हो।
श्रद्धमा श्राद्ध गर्ने
कर्ता आफू १ पुस्ता हुन्छ ,उसका पिता २ पुस्ता हुन्छन् ,पितामह ३ पुस्ता हुन्छन् ,प्रपितामह ४ पुस्ता हुन्छन् , आफू माथिका तीन पुस्तालाई श्राद्धकर्ताले पिण्ड दिन्छ ।प्रपितामहका पिता ५ चौं पुस्ता हुन्छन् , प्रपितामहका पितामह छैटौं पुस्ता हुन्छन् र प्रपितामहका प्रपितामह सातौं पुस्ता हुन्छन्। ती तीनपुस्तालाई लेपभाग दिइन्छ। पिण्डदिने कर्ता आफुसमेत सात पुस्तालाई सपिण्ड भनिन्छ।

आफैं एक भयो पिता दुइ भए
तेस्रा बुढाबा भए ,
तीभन्दा अरु माथि चार पुगिए
सापण्ड्य तेत्ती भए ।
सातौंका सुतसन्तति प्रति सबै
बार्नू दशैरात हो ,जूठो सूतक आठदेखि
परका ती चौधपर्यन्तको --।।१।।
तीनै रात पछाडि शुद्ध भइने
आशौचको पक्ष हो।
पन्ध्रौंदेखि अगाडिका जति भए एक्काइसैसम्मको ।
एकैरात पछाडि शुद्ध हुन ता
पुग्छन् सबै बन्धुको ,
त्यो भन्दा अझ माथि बन्धु सबको
स्नानै गरे शुद्ध भो
।।२।।

आफु १ पुस्ता , पिता(बाबु )२ दोस्रो पुस्ता , पितामह (बुढाबाबु) ३ तेस्रो पुस्ता , प्रपितामह (जिजुबाजे )४रौं पुस्ता , प्रपितामहका पिता ५चौं पुस्ता ,
प्रपितामहका बुढाबा ६टौं पुस्ता , प्रपितामहका प्रपितामह(जिजुबाजे) ७ पुस्ता हुन्छन्। ती जिजुबाजेका जिजुबाजेलाई मूलपुरुष मानिन्छ र उनका जतिभाइ छोरा हुन् ,तिनीहरूका सबै छोरानाति आदि सातपुस्ताभित्रका परस्परमा सबै सपिण्ड मानिन्छन् । सपिण्डका पुरुष सन्ततिको आफुले १० रात्रि आशौच बार्नुपर्दछ , तरआफ्नो छोरो तिनीहरूसँग आठौं पुस्ता भएकाले छोराले भने तीनरात्रि आशौच बार्दा हुन्छ। यदिआशौच अवधिमा बाबुआमाले छोएको नखाएमा छोराले तीन रात्रिपछि नित्य नैमित्तिक कर्म गर्न हुन्छ। तर आफुले भने आफुभन्दा तलका भतिजा नाति-पनाति आदि सबैको १० रात्रि नै आशौच बार्नुपर्दछ। उनीहरूले भने आफ्नो तीनरात्रि भन्दा बढि बार्नुहुँदैन।
८ पुस्तादेखि १४ पुस्तासम्मका बन्धुलाई सोदक वा समानोदक भनिछ। सोदकको ३ रात्रि आशौच लाग्दछ। १५ पुस्तादेखि २१ पुस्तासम्मका बन्धुलाई सगोत्र भनिन्छ । सगोत्रको १ रात्रि आशौच लाग्दछ। कोही ता सगोत्रको आशौच लाग्दैन भन्दछन्।
(यो आशौचबार्ने कुरा जुठामा र सूतकमा उति उतिदिन नै बार्नुपर्दछ।)

संस्कृत मूल--

´´कूटस्थादारभ्य सप्तमपुरुषपर्यन्ताः सपिण्डाः,ततः सप्त समानोदकाः, ततः सप्तैकविंशतिपर्यन्ताः सगोत्राः। तत्र सपिण्डानां दशाहमित्युक्तम्। ससोदकानां त्रिरात्रम् , सगोत्राणामेकरात्रमिति नागोजीभट्टीये। अन्ये तु सगोत्राणां नाशौचमित्याहुः। अयं सपिण्डसोदकाद्याशौचविभागो जनने मरणे च समानः। मरणे त्वाशौचविच्छेदेS पि स्नानमात्रं यावदेककुलत्वज्ञानं तावद्भवत्येवेति विशेषः। अत्रेदं बोध्यम्-- कूटस्थादारभ्य सन्ततिभेदे एकसन्ततौ कश्चिदष्टमोSपरसन्ततौ च कश्चित्सप्तमस्तयोश्चैकतः सापिण्ड्यानुवृत्तिः परतो निवृत्तिरित्युक्तम्। तत्राष्टमेन निवृत्तसापिण्यकेन सप्तमादीनां परसन्ततिस्थानां जनने मरणे त्रिदिनाशौचं कार्यम्। सप्तमेन त्वनुवृत्तसापिण्ड्यकेनाष्टमादीनां जनने मरणे वा दशाहमेव कार्यम्। एवं सोदकत्रिरात्रादौ कन्याविषयकत्रिपुरुषसापिण्ये चोह्यम्। तत्राष्टमस्य मृतपितृकत्वे जीवत्पितृकत्वे S पि च त्रिदिनमेव।``

´´सपिण्डता तु पुरुषे सप्तमे विनिवर्तते। समानोदकभावस्तु निवर्तेत चतुर्दशे।। जन्मनामस्मृर्तेवैके तत्परं गोत्रमुच्यते।।--
(अग्निपुराण )
´´ दशाहेन सपिण्डास्तु शुद्ध्यन्ति प्रेतसूतके। त्रिरात्रेण सकुल्यास्तु स्नात्वा शुद्ध्यन्ति गोत्रजाः।।``-- (बृहस्पतिः)
धर्मसिन्धुः सुधाविवृति ८५४,८५५
ध०सि०हेम-९०९-९१०
(बार्नू भनेका कुरा नबार्दा जति दोष लाग्दछ ,नबार्नू भनेका कुरा बार्दा त्यति नै दोष लाग्दछ।)


तोयराज नेपालको वालबाट साभार सबैको जानकारी र प्रचारप्रसार को लागि अरुकुनै प्रयोजनकोलागि हैन ।

24/09/2025

बडादशैं २०८२ सम्बन्धी जानकारी

02/09/2024

तीजमा माइती आएका चेलीलाई सोध्नै पर्ने एक प्रश्न :
प्रश्न नं १ :
तिम्रो वैवाहिक जीवनमा कुनै समस्या त छैन ?

SEE Result 2080 27/06/2024

SEE result 2080

SEE Result 2080 View your SEE results at edusanjal.com

02/06/2024

अर्काको बुद्धिमा राजा हुनु भन्दा आफ्नै बुद्धिमा जोगी हुनु कैयौं गुणा बेश हुन्छ ।
🌙 शुभरात्री 🌙 💤💤💤💤💤💤😴😴😴😴

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Birendranagar-11
Surkhet