Mid-West University

Mid-West University

Share

1. Established by the Government of Nepal with a Parliament Act on June 17, 2010 A. D.

A brief introduction
Mid-Western University (MU) is an autonomous and public institution of higher learning with the mission to serve the people of Nepal and enrich the global learning comMUnity by extending the advantages of higher education. under the concept of MUlti-university system, Mid-Western University is a state supported institution, founded on land donated by the Government of Nepal. T

Photos from Mid-West University's post 29/07/2026

“मध्यपश्चिम विश्वविद्यालय नीति प्रयोगशालाद्वारा कानुनी शिक्षासम्बन्धी नीति संवाद कार्यक्रम सम्पन्न”

मध्यपश्चिम विश्वविद्यालय नीति प्रयोगशालाको आयोजनामा २०८३ साल साउन १३ गते वीरेन्द्रनगर, सुर्खेत स्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा उच्च शिक्षामा कानुन शिक्षाको नीतिगत हस्तक्षेप तथा सुधारका अवसरहरू विषयक नीति संवाद कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा मुलुकका सार्वजनिक नीति विश्लेषक तथा संवैधानिक कानूनका ज्ञाता प्रा. डा. बिपिन अधिकारीज्यूले नेपालको उच्च शिक्षामा कानून शिक्षाको वर्तमान अवस्था, नीतिगत हस्तक्षेपको आवश्यकता तथा सुधारका सम्भावनाबारे आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो ।

उहाँले गुणस्तरीय कानून शिक्षा, अनुसन्धानमा आधारित नीति निर्माण, शैक्षिक सुशासन तथा विश्वविद्यालय र राज्यबीच प्रभावकारी समन्वय मार्फत उच्च शिक्षालाई समयानुकूल रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रा. डा. अधिकारीज्यूले प्रमाणमा आधारित नीति निर्माण, सरोकारवालाबीच निरन्तर संवाद तथा प्रभावमुखी कार्यान्वयन मार्फत उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न सकिने धारणा व्यक्त गर्नुभयो । उहाँले कानुनी शिक्षालाई सार्वजनिक नीति, दर्शन, प्रविधि, अन्तर्राष्ट्रिय सम्बन्ध तथा अन्य शैक्षिक क्षेत्रसँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सहभागीहरूले सिकाइलाई समाजका वास्तविक समस्या र व्यावसायिक अभ्याससँग जोड्नुपर्ने सुझाव दिएका थिए । नीति प्रयोगशालाले आगामी दिनमा नीति संवाद, अनुसन्धान र ज्ञान आदानप्रदानलाई प्रवर्द्धन गर्दै उच्च शिक्षा सुधारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

रजिष्ट्रार सह-प्रा. डा. अर्जुनबहादुर अयडीज्यूको अध्यक्षता र अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक एवं नीति प्रयोगशालाका संयोजक डा. यदुप्रसाद ज्ञवालीज्यूले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा पूर्व उपकुलपति प्रा. डा. नारायणप्रसाद पौडेलज्यू, डीन सह-प्रा. डा. पूर्णमान श्रेष्ठज्यू, प्रा.डा. चन्द्रप्रसाद रिजालज्यू लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी, कानून व्यवसायी, उद्योगी, कानूनका विद्यार्थी लगायत विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।

“Mid-West University Policy Lab Conducts Policy Dialogue on Legal Education”

A policy dialogue and keynote address on “Legal Education: Policy Intervention and Reform Opportunities in Higher Education” was successfully conducted on July 29, 2026 at the Central Office of Mid-West University in Birendranagar, Surkhet, organized by the Mid-West University Policy Lab.

Prof. Dr. Bipin Adhikari, a prominent public policy analyst and constitutional law expert, was the keynote speaker at the program. He shared his perspectives on the current state of legal education in Nepal’s higher education sector, the need for policy interventions, and the prospects for reform.

Prof. Dr. Adhikari emphasized the need to transform higher education in line with contemporary needs through quality legal education, research-based policymaking, academic governance, and effective coordination between universities and the state.

He further stated that the quality of higher education can be enhanced through evidence-based policymaking, continuous dialogue among stakeholders, and effective implementation of policies. He also highlighted the need to integrate legal education with public policy, philosophy, technology, international relations, and other academic disciplines.

Participants suggested that learning should be connected with real-world social issues and professional practices to make legal education more relevant and impactful. The Policy Lab stated that it would continue such programs in the coming days to promote policy dialogue, research, and knowledge exchange for the improvement of higher education.

The program was chaired by Registrar Assoc. Prof. Dr. Arjun Bahadur Ayadi and facilitated by Dr. Yadu Prasad Gyawali, Executive Director of the Directorate of International Relations and Coordinator of the Policy Lab. Former Vice-Chancellor Prof. Dr. Narayan Prasad Poudel, Dean Assoc. Prof. Dr. Purnaman Shrestha, Prof. Dr. Chandra Prasad Rijal, among others, also delivered their remarks during the program.

The event was attended by university officials, faculty members, staff, legal professionals, entrepreneurs, law students, and representatives from various other stakeholder groups. ( https://mu.edu.np/news-and-events/mid-west-university-policy-lab-conducts-policy-dialogue-on-legal-education )

29/07/2026
Photos from Mid-West University's post 29/07/2026

“मध्यपश्चिम विश्वविद्यालय योजना परिषदको बैठक सम्पन्न”

मिति २०८३ साल साउन १२ गते मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन परिषद्को बैठक विश्वविद्यालयका उपकुलपति सह-प्रा. ई. डा. राजन सुवालज्यूको अध्यक्षतामा वीरेन्द्रनगर, सुर्खेत स्थित केन्द्रीय कार्यालयको सभाहलमा सम्पन्न भएको छ ।

बैठकमा योजना विकास तथा अनुगमन निर्देशनालयको संयोजनमा विश्वविद्यालयको चालु आ. व. २०८३/०८४ को स्वीकृत बजेट सिलिङभित्र रही तयार पारिएको पूँजीगत तर्फको वार्षिक खरिद योजना सम्बन्धी प्रस्ताव उपर आवश्यक छलफल एवं निर्णय गरिएको हो ।

योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवं योजना परिषद्का सदस्य सचिव डा. विष्णुकुमार खड्काज्यूद्वारा प्रस्तुत प्रस्ताव माथि बैठकका अध्यक्ष उपकुलपति सह-प्रा. ई. डा. राजन सुवालज्यू, रजिष्ट्रार सह-प्रा. डा. अर्जुनबहादुर अयडीज्यू सहित सदस्यका रुपमा रहनुभएका डीनह्ररु, विज्ञ सदस्य प्रा. डा. चन्द्रप्रसाद रिजालज्यू लगायत आमन्त्रित कार्यकारी निर्देशक तथा कर्मचारीहरुले धारणा राख्नुभएको थियो ।

“Mid-West University Planning Council Meeting Concluded”

The meeting of the Planning, Development and Monitoring Council of Mid-West University was successfully held on July 28, 2026 at the Meeting Hall of the Central Office in Birendranagar, Surkhet, under the chairpersonship of Vice-Chancellor Assoc. Prof. Er. Dr. Rajan Suwal.

The meeting held detailed discussions and made necessary decisions regarding the Annual Procurement Plan for capital expenditure, prepared under the coordination of the Directorate of Planning, Development and Monitoring within the approved budget ceiling of the University for the current fiscal year 2083/084 B.S.

The proposal was presented by Dr. Bishnu Kumar Khadka, Executive Director of the Directorate of Planning, Development and Monitoring and Member Secretary of the Planning Council. Following the presentation, views and suggestions were shared by the meeting chair Vice-Chancellor Assoc. Prof. Er. Dr. Rajan Suwal, Registrar Assoc. Prof. Dr. Arjun Bahadur Ayadi, the Deans serving as members of the Council, Expert Member Prof. Dr. Chandra Prasad Rijal, as well as invited Executive Directors and staff members. ( https://mu.edu.np/news-and-events/mid-west-university-planning-council-meeting-concluded )

28/07/2026

Invitation to Policy Keynote Address!

Photos from Mid-West University's post 22/07/2026

“मध्यपश्चिम विश्वविद्यालयको निर्माणाधीन केन्द्रीय पुस्तकालय भवन अनुगमन”

मध्यपश्चिम विश्वविद्यालयको वीरेन्द्रनगर, सुर्खेत स्थित केन्द्रीय विभाग परिसरमा निर्माणाधीन केन्द्रीय पुस्तकालय भवन साउन ६ गते अनुगमन गरिएको छ ।

चालू आर्थिक वर्ष २०८३/०८४ को आरम्भ भएसँगै मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयको संयोजनमा उपकुलपति सह-प्रा. ई. डा. राजन सुवालज्यू र रजिष्ट्रार सह-प्रा. डा. अर्जुनबहादुर अयडीज्यू सहितको टोलीद्वारा विश्वविद्यालयको उक्त निर्माणाधीन भवनको बुधबार स्थलगत अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा उपकुलपति सुवालज्यू र रजिष्ट्रार अयडीज्यूले निर्माण कार्यको हालसम्मको प्रगति, भवनको गुणस्तर तथा सुधार गर्नुपर्ने विषयमा निर्माण व्यवसायी सहित सरोकारवालाबाट जानकारी लिई गुणस्तरीय भवन हस्तान्तरण गर्न आवश्यक सुझाव दिनुभएको थियो ।

सो अवसरमा योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्का,पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक डा. लक्ष्मीप्रसाद आचार्य , ग्र्याजुएट स्कुल अफ एजुकेसन केन्द्रीय विभागका प्रमुख चन्द्रप्रकाश आचार्य, इन्जिनियर गोविन्द खत्री सहित केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरु र निर्माण व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

“Monitoring of the Under-Construction Central Library Building at Mid-West University”

The under-construction Central Library Building located at the Central Departments Campus premises of Mid-West University in Birendranagar, Surkhet, was monitored on July 22.

With the commencement of the Fiscal Year 2083/84 B.S., a monitoring team led by Vice-Chancellor Assoc. Prof. Er. Dr. Rajan Suwal and Registrar Assoc. Prof. Dr. Arjun Bahadur Ayadi, under the coordination of the Directorate of Planning, Development and Monitoring, conducted an on-site inspection of the under-construction building on Wednesday.

During the inspection, Vice-Chancellor Dr. Suwal and Registrar Dr. Ayadi reviewed the progress achieved so far, assessed the quality of the construction, and obtained updates from the contractor and other stakeholders regarding areas requiring further improvement. They also provided necessary suggestions to ensure the completion and handover of a high-quality building.

The inspection was attended by Dr. Bishnu Kumar Khadka, Executive Director of the Directorate of Planning, Development and Monitoring; Dr. Laxmi Prasad Acharya, Executive Director of the Curriculum Development Directorate; Chandra Prakash Acharya, Head of the Graduate School of Education, Central Department; Engineer Govinda Khatri; officials and staff members from the Central Office; representatives of the construction company; and other concerned stakeholders. ( https://mu.edu.np/news-and-events/monitoring-of-the-under-construction-central-library-building-at-mid-west-university )

Photos from Mid-West University's post 17/07/2026

“प्रमाणमा आधारित नीति अनुसन्धानका लागि मध्यपश्चिम विश्वविद्यालयको नीति प्रयोगशाला परियोजना शुभारम्भ”

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम अन्तर्गत सञ्चालित प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रमको सहयोगमा मध्यपश्चिम विश्वविद्यालय नीति प्रयोगशाला मार्फत सञ्चालन हुने प्रमाणमा आधारित नीति अनुसन्धान परियोजनाको किक-अफ बैठक असार ३२ गते धुलिखेल, बनेपामा सम्पन्न भएको छ।

कार्यक्रममा युएनडिपी, मध्यपश्चिम विश्वविद्यालयसहित चार विश्वविद्यालयका प्रतिनिधिहरू तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो। बैठकले नेपालको संघीय शासन प्रणालीलाई थप प्रभावकारी, जवाफदेही तथा प्रमाणमा आधारित बनाउन विश्वविद्यालयहरूको अनुसन्धान क्षमता, नीति संवाद तथा सरकारी निकायसँगको सहकार्यलाई सुदृढ गर्ने उद्देश्य लिएको छ।

युएनडिपी र मध्यपश्चिम विश्वविद्यालयबीच सम्पन्न सहमति पत्र अनुसार परियोजना ८ जुलाई २०२६ देखि ३० जुन २०२८ सम्म सञ्चालन हुनेछ। परियोजनाका लागि युएनडिपीले आर्थिक सहयोग उपलब्ध गराउनेछ। परियोजनाअन्तर्गत मध्यपश्चिम विश्वविद्यालयमा नीति प्रयोगशालालाई संस्थागत रूपमा सुदृढ गर्दै संघीय शासनसम्बन्धी अनुसन्धान, तथ्याङ्क सङ्कलन, विश्लेषण, नीतिपत्र निर्माण, प्रदेश तथा राष्ट्रियस्तरका नीतिगत संवाद, युवा तथ्याङ्क दूतको क्षमता विकास तथा अनुसन्धानका निष्कर्षलाई प्रत्यक्ष रूपमा सार्वजनिक नीतिसँग जोड्ने कार्यहरू सञ्चालन गरिनेछन्।

बैठकमा अन्तरसरकारी सम्बन्ध, वित्तीय संघीयता तथा आन्तरिक स्रोत परिचालन, डिजिटल शासन तथा लैङ्गिक समानता, सामाजिक समावेशीकरण र जवाफदेहिताका विषयलाई अनुसन्धानका प्राथमिक क्षेत्रका रूपमा अघि बढाउने विषयमा छलफल भएको थियो। सहभागी विश्वविद्यालयहरूले यीमध्ये एक–एक विषयगत क्षेत्रमा नेतृत्व गर्दै अनुसन्धानलाई नीति सुधारसँग जोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

यस अवसरमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सह-प्रा. ई. डा. राजन सुवालज्यूले परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि सहभागितामूलक दृष्टिकोणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। विश्वविद्यालय, सरकारी निकाय, अनुसन्धानकर्ता, विद्यार्थी तथा समुदायबीचको सहकार्यबाट मात्र अनुसन्धानलाई व्यवहारिक नीति सुधारमा रूपान्तरण गर्न सकिने उहाँको भनाइ थियो। उहाँले मध्यपश्चिम विश्वविद्यालयको नीति प्रयोगशालालाई दीर्घकालीन अनुसन्धान, नीतिगत संवाद तथा ज्ञान व्यवस्थापनको उत्कृष्ट केन्द्रका रूपमा विकास गरिने उल्लेख गर्दै अन्य विश्वविद्यालयहरूलाई नीति प्रयोगशालाको अवलोकन गर्न, अनुभव आदानप्रदान गर्न तथा दिगोपना र व्यावसायिक सहकार्यका लागि मध्यपश्चिम विश्वविद्यालयसँग सहकार्य गर्न आग्रह गर्नुभयो।

त्यसैगरी, मध्यपश्चिम विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक तथा नीति प्रयोगशालाका संयोजक डा. यदुप्रसाद ज्ञवालीज्यूले नीति प्रयोगशालाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विश्वविद्यालयको पहिचान र दृश्यता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।उहाँले बदलिँदो विश्वव्यापी अनुसन्धान प्रवृत्तिअनुसार विश्वविद्यालय, अनुसन्धान संस्था तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य विस्तार गर्दै नीति प्रयोगशालालाई अनुसन्धान तथा विकासको सक्रिय मञ्चका रूपमा अघि बढाइने बताउनुभयो।

प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी तथा युवा विद्वानहरूको सक्रिय सहभागितामार्फत प्रमाणमा आधारित अनुसन्धानलाई नीति निर्माण र सुशासनसँग जोड्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने दिशामा नीति प्रयोगशाला प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा सहभागीहरूले विश्वविद्यालयमा आधारित नीति अनुसन्धानलाई सरकारी नीति निर्माण प्रक्रियासँग जोड्ने, प्रमाणमा आधारित निर्णय प्रणालीलाई संस्थागत गर्ने तथा संघीय शासन सुदृढीकरणमा विश्वविद्यालयहरूको भूमिका अझ प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए।

“Mid-West University Launches Policy Lab Project for Evidence-Based Policy Research”

The kick-off meeting of the Evidence-Based Policy Research Project, which will be implemented through the Mid-West University Policy Lab with the support of the Provincial and Local Governance Strengthening Programme (PLGSP) under the United Nations Development Programme (UNDP), was held today at Banepa, Dhulikhel.

The program was attended by representatives from UNDP, Mid-West University, three other universities, and various stakeholders. The meeting aimed to strengthen the research capacity of universities, promote policy dialogue, and enhance collaboration with government agencies to make Nepal’s federal governance system more effective, accountable, and evidence-based.

According to the Letter of Agreement (LOA) signed between UNDP and Mid-West University, the project will be implemented from July 8, 2026, to June 30, 2028. UNDP will provide financial support for the project. Under this initiative, Mid-West University will institutionally strengthen its Policy Lab and undertake activities related to federal governance research, data collection and analysis, preparation of policy briefs, provincial and national policy dialogues, capacity building of Youth Data Ambassadors, and connecting research findings directly with public policymaking processes.

During the meeting, discussions were held on prioritizing research in the areas of intergovernmental relations, fiscal federalism and internal resource mobilization, digital governance, gender equality, social inclusion, and accountability. Participating universities expressed their commitment to leading research in one thematic area each and linking research outcomes to policy reforms.

On the occasion, Assoc. Prof. Er. Dr. Rajan Suwal, Vice-Chancellor of Mid-West University, emphasized the need to prioritize a participatory approach for the effective implementation of the project. He stated that research can only be transformed into practical policy reforms through collaboration among universities, government agencies, researchers, students, and communities. He further noted that the Mid-West University Policy Lab would be developed as a center of excellence for long-term research, policy dialogue, and knowledge management. He also invited other universities to visit the Policy Lab, exchange experiences, and collaborate with Mid-West University to ensure sustainability and professional cooperation.

Similarly, Dr. Yadu Prasad Gyawali, Executive Director of the Directorate of International Relations and Coordinator of the Policy Lab at Mid-West University, expressed confidence that the Policy Lab would enhance the university’s identity and visibility at both national and international levels. He stated that the Policy Lab would be advanced as an active platform for Research and Development (R&D) by expanding collaboration with universities, research institutions, and international partners in line with evolving global research trends. He further emphasized that the Policy Lab is committed to bringing positive social change by connecting evidence-based research with policymaking and good governance through the active participation of professors, researchers, students, and young scholars.

Participants in the program highlighted the importance of linking university-based policy research with government policymaking processes, institutionalizing evidence-based decision-making systems, and making universities’ contributions to strengthening federal governance more effective. ( https://mu.edu.np/news-and-events/mid-west-university-launches-policy-lab-project-for-evidence-based-policy-research )

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Birendranagar
Surkhet
21700

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00