21/08/2026
"रक्तदान – जीवन दान" भन्ने पवित्र भावलाई आत्मसात् गर्दै राजयोगिनी दादी डा. प्रकाशमणि ज्यूको १९ औँ पुण्य तिथि तथा ब्रह्माकुमारीज़द्वारा आयोजित "विश्व बन्धुत्व रक्तदान महाअभियान" (भाद्र ५ देखि ९ गते) अन्तर्गत हाम्रो देउती विद्या मन्दिर माध्यमिक विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले उत्साहजनक रूपमा सहभागी भई रक्तदान गर्नुभएको छ।
हाम्रो विद्यालयले किताबी ज्ञानमा मात्र सीमित नरही विद्यार्थीहरूलाई मानवीय मूल्य-मान्यता, समाजसेवा, र भातृत्वको भावना सिकाउँदै आएको छ। युवा अवस्थामै अरूको जीवन रक्षाका लागि यसरी अघि सर्नुले देउती विद्या मन्दिरले प्रदान गर्दै आएको व्यवहारिक र संस्कारयुक्त शिक्षाको सार्थकतालाई पुष्टि गर्दछ।
यस महान् कार्यमा सहभागी भई जीवन रक्षाको सन्देश फैलाउनुहुने हाम्रा होनहार कक्षा १२ का सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछौँ। तपाईँहरूको यो नि:स्वार्थ कदमले समाजमा ठूलो सकारात्मक प्रभाव पार्नेछ।
19/08/2026
12/08/2026
31/07/2026
29/07/2026