Basant Jaishi

Basant Jaishi

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Basant Jaishi, Lamkichuha/7, Surkhet.

अपाङ्गताको सवालमा संवैधानिक सुनिश्चितता र त्यसको कार्यान्वयन 03/12/2025

अपाङ्गता भएका व्यक्तिको ३४औ अन्तराष्ट्रिय दिवस २०२५ को अवसरमा बसन्त जैशी लेख्छन्,
“Fostering Disability Inclusive Societies for Advancing Social Progress”
-slogan by United Nations

“अपाङ्गता समावेशी समाजको प्रवर्द्धन: सामाजिक उन्नतिको संवर्द्धन”
-नेपाली नारा: महिला बालबालिका तथा ज्येष्ट नागरिक मन्त्रालय, नेपाल
३४औ अपाङ्गता भएका व्यक्तिको अन्तराष्ट्रिय दिवसले सबैलाई अपाङ्गता मैत्री बन्न प्रेरित गरोस् । किनकि अरूका लागि चालिने कदम अपाङ्गता भएका व्यक्तिका लागि उपयुक्त नहुन सक्छ तर अपाङ्गता मैत्री कुरा सबैको सर्वोत्तम हितमा छ । विद्यमान संवैधानिक प्रावधानको धरातलमा कमजोर कार्यान्वयन: एक विश्लेषण आजको युग आह्वान दैनिकमा! अवश्य पढ्नुहोस् ।

अपाङ्गताको सवालमा संवैधानिक सुनिश्चितता र त्यसको कार्यान्वयन बसन्त जैशी । पहिलो पटक संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९९२ मा अपाङ्गता भएका व्यक्तिको अन्तराष्ट्रिय दिवस म....

22/10/2025

नेपालीको मौलिक पात्रो, नेपाल संवत ११४६ का अवसरमा सबैलाई शुभकामना!
विक्रम संवत ९३६ देखि सुरु भएको नेपाल संवतलाई सुरुमा नेवार समुदायका जातिले मात्रै बढि प्रवर्धन गरेको भएतापनि पछिल्लो समय सरकारले नै यसलाई मान्यता दिएको छ । शङ्खधर शाख्वाले समकालिन परिवेशमा गरेको योगदान अतुलनीय छ । आधुनिक विकासका पूर्वाधार र तिखारिँदो ज्ञानका माध्यामबाट सबै खाले संवत/समय गणनाका पात्रोहरूको एकिकृत प्रकाशन औचित्यपूर्ण छ । यसले इतिहासको अध्ययन र भविष्यका लागि बर्तमानको लेखाजोखामा एकरुपता ल्याउन मदत पुग्छ ।

Send a message to learn more

Great joy for Nepal as they qualify for their second consecutive Men's #T20WorldCup 🇳🇵 16/10/2025

श्रीलङ्का र भारतले सन् २०२६ मा आयोजना गर्ने ICC T20 World Cup को लागि Rohit Kumar Paudel को कप्तानिमा लय समातिरहेको नेपालले लगातार दोस्रो पटक स्थान सुरक्षित गरी छनौट प्रतियोगिता आयोजक Oman Cricket लाई Cricket Association of Nepal-CAN ले पराजित गरेपछि भएको खुसि साटासाट ।

Great joy for Nepal as they qualify for their second consecutive Men's #T20WorldCup 🇳🇵

29/09/2025

बधाइ छ नेपालि राष्ट्रिय पुरुष क्रिकेट टोलिका सबै सदस्य र व्यवस्थापनका पदाधिकारि तथा प्रशिक्षकलाई!
विक्रम संवत २०८२-६-११ शनिबारको दिन खेलिएको खेलमा आफुले १४८/८ बनाउँदा प्रतिपक्षि वेस्ट इन्डिजलाई १२९/८ मा रोक्दै १९ रनले ऐतिहासिक विजय हासिल गर्यो । लगतै १३ गते भएको खेलमा १७३/६ बनाउँदा विपक्षिलाई १७.१ ओभरमा ८३/१० मा रोकेर दोस्रो खेल ९० रनले जित्दै पहिलो पटक खेलिएको पूर्ण सदस्य राष्ट्रसङ्गको टि-२० अन्तराष्ट्रिय खेलको सिरिज जित्दै नेपालको अभिलेख स्वर्णिम अक्षरमा लेखेको छ । 🙌 🇳🇵
बधाई! बधाई! बधाई! सिङ्गो क्रिकेटका नेपाली हस्तिलाई । धन्यवाद हामीलाई असिम खुसि दिएकोमा ।

Send a message to learn more

19/09/2025

संविधान दिवस, राष्ट्रिय दिवस २०८२ को अवसरमा आइ.सि.यु. मा रहेको संविधान निको भएर काम गरोस्, सबै राष्ट्र प्रेमि महानुभावहरूमा शुभकामना!
आजकै दिन विक्रम संवत २०७२ मा नेपालको संविधान जारि भएको थियो । म कम्प्युटरको आधारभुत कोर्स गर्न काठमाण्डौमा थिएँ, बेलुकि छात्रावासमै दिपावलि गरेको याद छ । विशेष दिनका रूपमा मनाएको एक दशकमा संविधान दुइ पटक संशोधन भयो र दुइ पटक आम निर्वाचन तथा तीन पटक प्रतिनिधि सभाको विगठन देखियो । यसर्थमा संविधानले पहिलो दशक प्रतिरक्षा प्रणाली विकासमै बेतित गरेको छ । अबको दशकमा स्विकार्यता बढाउने र मूल कानुन थप बलियो बनाउने बाटोमा जानुको विकल्प हामीसामु छैन । त्यसको लागि आगामि निर्वाचन समयमा हुनु संविधानको सल्यक्रिया सफल हुनु बराबर छ । २०८२-५-२७ मा एनेस्थिसिया दिएर बेहोस पारिएको संविधान २०८२-११-२१ मा होसमा फर्काइने डाक्टर रामचन्द्र पौडेलले भनेका छन् । जय देश ।

Send a message to learn more

आजको इ–पेपर २०८२-०५-२६ 11/09/2025

बसन्त जैशीको नयाँ लेख पढ्नु भयो त?
नेतृत्वबाट नजरन्दाजको परिणाम: मिति २०८२-५-२६ गते बिहिबारको साझा बिसौनी दैनिकको अङ्कमा उपलब्ध छ । अवश्य पढ्नुहोस् ।

आजको इ–पेपर २०८२-०५-२६ आजको इ–पेपर २०८२-०५-२६

नेतृत्वबाट नजरन्दाजको परिणाम 11/09/2025

पेसाले #सरकारि शिक्षक समेत रहेका #बसन्त जैशी नेतृत्वले कुनै पनि कुरालाई नजरन्दाज गर्न नहुने स्पष्ट मत राख्छन् । नेपालमा विक्रम संवत २०८२ भदौ २३-२४ गतेको हिंसात्मक आन्दोलनको कारक वाहालवाला प्रधान मन्त्री र दलको नेतृत्वलाई कारक मान्छन् बसन्त जैशी । थप उनको आज प्रकाशित यो लेखमा । 👉

नेतृत्वबाट नजरन्दाजको परिणाम नेपालको राष्ट्रिय हितको संरक्षण गर्न र देशमा शान्ति सुव्यवस्था कायम गर्न विभिन्न संयन्त्रहरू क्रियाशील छन् । त.....

09/09/2025

जेन-जि पुस्ताका समुहको आन्दोलनका नेतृत्वकर्तालाई एउटै आग्रह छ, सरकारी भवन यो व्यवस्थाका लागि तेतिनै सङ्ख्यामा भोलि पनि आवश्यक पर्नेवाला छन् । त्यसैले आक्रोसलाई सुजबुझपूर्ण निर्णयमा बदलि सहि निर्णयका लागि सहि सूचना प्रवाह गर्नुको विकल्प छैन । अवस्था फेर्न यहाँहरूको आन्दोलन, हाम्रो पनि साथ छ । तर विधिको साशनमा नचुक्नु विगतका नेताहरू जस्तै ।
विदेशि, BBC सहित धेरैले यसलाई सामाजिक सञ्जालको आक्रोस भनिरहेका छन् र प्रचार गरिरहेका छन् । तर वास्तवमा सामाजिक सञ्जाल बन्द नभई भ्रष्टाचार र बेथिति बिरुद्धको लडाइँ हो जित सबैको हुनु पर्छ जस्तो लाग्छ । दोशिलाई कडा सजायले पुग्दैन, राजनैतिक पेसामा नै नफर्किने गरी विराम लगाउन क्रियाशिलता निरन्तर जारि रहोस् । - बसन्त जैशी

Send a message to learn more

नतिजाले बनायो जिन्दगी: परिक्षा, परिवार र भविष्य 30/08/2025

ब्लग अध्यावधिकको श्रिङ्खला फेरि सुरु गरेँ । मेरा केहि अनुभव साझा गर्दै एउटा आत्मपरक ब्लग लेखेको छु । पाठकका रूपमा पनि यहाँहरूको सहयोग उतिकै रहोस् बसन्त जैशीलाई ।

नतिजाले बनायो जिन्दगी: परिक्षा, परिवार र भविष्य बसन्त जैशीले आफु नेपाल सरकारको शिक्षक सेवा आयोगमार्फत सरकारी सेवा प्रवेश गर्दाका सबै अनुभवलाई क्रमैले व्यक्त ग.....

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Culinary Team

Attire

Telephone

Address


Lamkichuha/7
Surkhet
9100