01/07/2024
१ महिने वनज्य वस्तु अन्तर्गतको महिला दिदीबहिनीहरुको लागि तालिम कार्यक्रम सम्पन्न!!!
..........................................................
मिति २०८१ साल जेठ १५ गते समुद्घाटन गरि सुरुवात गरेको १ महिने महिला दिदीबहिनी लक्षित तालिम कार्यक्रम हिजो मिति २०८१ असार १६ गते समापन भएको छ।
तालिम अवधिभरि निष्ठाका साथ तालिममा सक्रिय सहभागी हुनुभएका दिदीबहिनीहरु प्रति हार्दिक धन्यवाद।यो सिकाईलाई उद्दमसंग,स्वरोजगारसंग जोडी अगाडि बढ्नुहुनेछ भन्ने पूर्ण विश्वास राखेका छौँ।
आयोजकः ग्रिन कर्णाली कन्सल्टेन्सी एण्ड ट्रेनिङ सेन्टर
08/02/2024
होटल र घरका लागि आकर्षक अर्गानिक फर्निचरको प्रयोग गरौ ।
कटुकुवा चोक , सिम्तालि चोक नजिक
04/02/2024
हार्दिक शुभकामना !!
कर्णाली प्रदेश सभा स्थापना दिवश-२०८०को पावन अवसरमा संघीय लोकतान्त्रीक गणतन्त्रको संस्थागत सुदृढिकरण एवम् “समृद्ध कर्णाली-सुखारी कर्णालीवासी मुल नाराको सम्पुर्ण दल र कर्मचारी,बाट सकरात्मक रूपमा कार्य अगाडी वढी नारा स्लाेगनमा मात्रै नभई बास्तवितामा हुने छ । भन्ने विश्वाससहित कर्णाली प्रदेश सभा स्थापना दिवशको अवसरमा प्रदेश सभा सदस्य,राष्ट्रसेवक कर्मचारीहरु,सम्पूर्ण कर्णालीवासी आमाबुवा दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु!
29/06/2023
"सन्ततिका लागि सोचौं, समृद्धि र हरियालीका लागि रुख रोपौं!" भन्ने नाराका साथ ग्रिन कर्णाली कन्सल्टेन्सि एण्ड टेनिंग सेन्टर प्रालि र लाईन्स क्लव अफ गुलाव सुर्खेत ले , राष्ट्रिय वृक्षारोपण दिवस २०८० काे अवसरमा भैरम सामुदायिक वन उपभाेता समितीकाे उपस्थितीमा प्रादेशिक सहिद पार्कमा भित्रने सडककाे छेउमा र पार्क भित्र साैन्दयकाे विरूवा गुलमाेहर, ईपिलिपि अम्वा,किम्मु , कपुर आदि प्रजातिका विरुवाहरु रोपण गरि मनाईयो। कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य माननिय सन्जु कुमारी चाैधरी , एफ ए अाे नेपालका वातावरण विज्ञ शालु अधिकारी ज्यु र लाईन्स क्वल गुलावका अध्यक्ष लक्ष्मि भटराई , vp दिनेश पाेखरेल लगाएत टिम र सा.व.उपभाेता समुह अध्यक्ष लगाएत पदाधिकारी तथा उपभोक्ताहरूको समेतको उपस्थिति रहेको थियो। विरूवा सहयाेग का लागि भु- तथा जलाधार व्यवस्थापन कार्यालय र डिभिजन वन कार्यालयलाई हार्दिक धन्यवाद।