Chhinchu English Boarding School

Chhinchu English Boarding School

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Chhinchu English Boarding School, High School, Bheriganga/12, Surkhet.

नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा २०७४ सालमा कर्णाली प्रदेशको उत्कृष्ट घोषित बिद्यालय।

🏫 Class PG to 12
📍 Location: Bheriganga - 12, Chhinchu, Surkhet
📞 Contact: 9822796316 / 083-540234

16/07/2026

आदरणीय अभिभावकज्यूहरु,

कर्णाली प्रदेश सरकार (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय) को निर्णय अनुसार, मिति २०८३ साउन ०१ गते शुक्रबारका दिन साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा विद्यालयको नियमित पठनपाठन तथा प्रशासनिक कार्यहरू पूर्ण रूपमा बन्द रहने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

विद्यालयको नियमित पठनपाठन तथा प्रशासनिक कार्यहरू मिति २०८३ साउन ०४ गते सोमबार देखि पूर्ववत् रूपमा सञ्चालन हुनेछ।

धन्यवाद।

Photos from Chhinchu English Boarding School's post 15/07/2026

काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसन (Kathmandu University School of Education) हात्तीवन, ललितपुरद्वारा आयोजित "𝐓𝐫𝐚𝐧𝐬𝐟𝐨𝐫𝐦𝐢𝐧𝐠 𝐄𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧 𝐭𝐡𝐫𝐨𝐮𝐠𝐡 𝐈𝐧𝐧𝐨𝐯𝐚𝐭𝐢𝐯𝐞 𝐏𝐞𝐝𝐚𝐠𝐨𝐠𝐲, 𝐓𝐞𝐚𝐜𝐡𝐞𝐫𝐬’ 𝐏𝐞𝐫𝐟𝐨𝐫𝐦𝐚𝐧𝐜𝐞 𝐚𝐧𝐝 𝐒𝐭𝐮𝐝𝐞𝐧𝐭𝐬’ 𝐖𝐞𝐥𝐥𝐛𝐞𝐢𝐧𝐠" विषयमा प्रशिक्षण कार्यक्रम आयोजना गर्नुभएकोमा विश्वविद्यालय परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।

आधुनिक शैक्षिक परिवेशमा शिक्षण शैलीलाई प्रविधिमैत्री र व्यावहारिक बनाउन यो सत्र अत्यन्तै फलदायी रह्यो। यस प्रशिक्षणले शिक्षकहरूको कार्यक्षमता अभिवृद्धि गर्नुका साथै कक्षाकोठामा बालबालिकाहरूको मानसिक एवं संवेगात्मक स्वास्थ्यलाई ध्यानमा राखेर सिकाउने नयाँ दृष्टिकोण प्रदान गरेको छ, जसले गर्दा हाम्रो विद्यालयको शिक्षण सिकाइ प्रक्रिया थप बढी प्रभावकारी, बालकेन्द्रित र गुणस्तरीय बन्ने कुरामा हामी विश्वस्त छौं।

उक्त प्रशिक्षण कार्यक्रममा यस विद्यालयबाटः
१. रेशम वली (परीक्षा संयोजक तथा माध्यमिक तह नेपाली शिक्षक)
२. सुशीला ज्ञवाली (प्राथमिक तह - कक्षा ३/४ संयोजक)
३. चन्द्रा राना (मन्टेस्वरी विभाग संयोजक)
४. दिपा घर्ती (मन्टेस्वरी विभाग सह-संयोजक)
को सहभागिता रहेको थियो।

08/07/2026

𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧𝐬 𝐎𝐧𝐠𝐨𝐢𝐧𝐠 𝐟𝐨𝐫 𝐂𝐥𝐚𝐬𝐬 𝟏𝟏
📍 Bheriganga-12, Chhinchu, Surkhet
📞 ⁨982-2796316⁩ / 083-540234

07/07/2026

FIRST TERMINAL EXAM ROUTINE

29/06/2026

दही चिउरा खाने दिन तथा राष्ट्रिय धान दिवसको पावन अवसरमा सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकज्यूहरूमा हार्दिक शुभकामना।

28/06/2026

आदरणीय अभिभावकज्यूहरु,

कर्णाली प्रदेश सरकार (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय) को निर्णय अनुसार, मिति २०८३ असार १५ गते सोमबारका दिन राष्ट्रिय धान दिवसको अवसरमा विद्यालयको नियमित पठनपाठन तथा प्रशासनिक कार्यहरू पूर्ण रूपमा बन्द रहने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
विद्यालयको नियमित पठनपाठन तथा प्रशासनिक कार्यहरू मिति २०८३ असार १६ गते मंगलबार देखि पूर्ववत् रूपमा सञ्चालन हुनेछ।

धन्यवाद।

Photos from Chhinchu English Boarding School's post 27/06/2026

औलो चेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न!

मिति २०८३ असार १० गतेका दिन छिन्चु स्वास्थ्य चौकी सुर्खेत को आयोजना तथा छिन्चु इङ्ग्लिस बोर्डिङ स्कुलको सहकार्यमा "औलो प्रभावित क्षेत्रमा मौसमी आप्रवासीहरूलाई सचेतना तथा अन्तरक्रिया कार्यक्रम" सम्पन्न भएको छ।
जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतका कार्यक्रम संयोजक उदय बहादुर बिसी ज्यूद्वारा प्रस्तुत गरिएको कार्यक्रममा औलो रोगको जोखिम, यसबाट बच्ने उपायहरू र मौसमी आप्रवासीहरूले अपनाउनुपर्ने सावधानीका बारेमा महत्त्वपूर्ण जानकारी तथा छलफल गरिएको थियो।
कार्यक्रममा उपस्थित भई अन्तरक्रियालाई सफल बनाइदिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद!

27/06/2026

शिक्षकहरूका लागि नि:शुल्क सूचना प्रविधि तालिम

छिन्चु इङ्ग्लिस बोर्डिङ स्कुलको आयोजनामा सामुदायिक तथा निजी विद्यालयका शिक्षक/शिक्षिकाहरूका लागि दुई दिने नि:शुल्क IT तालिम सञ्चालन हुन गइरहेको हुनाले इच्छुक सम्पूर्ण शिक्षक महानुभावहरूलाई यस तालिममा हार्दिक निमन्त्रणा गर्दछौँ।
आफ्नो प्राविधिक क्षमता अभिवृद्धि गरी आधुनिक शिक्षण प्रणालीमा जोडिन यो सुनौलो अवसरको फाइदा उठाउनुहोला।

तालिमको विवरण:
प्रशिक्षक: डा. बाबुराम भुसाल
मिति: २०८३ असार १४ र १५ गते
समय: बिहान १०:०० बजेदेखि
स्थान: छिन्चु इङ्लिस बोर्डिङ स्कूल

नाम दर्ता गर्नका लागी 9822796316 मा सम्पर्क गर्नुहोस्।

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Bheriganga/12
Surkhet
21700

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 16:00
Sunday 06:00 - 17:00