Meta Education Birendranagar

Meta Education Birendranagar

Share

नेपाली सेना, प्रहरी , APF, ASI, Cadet, वनरक्षक, SEE/+ 2 Tuition, Computer लगायत काेरियन, जापानीज, अंग्रेजी भाषा एकै ठाउँमा 083-590560, 9861074370

19/08/2026

Question of the day(day-25)
प्राविधिक प्रहरी जवान तथा नेपाली सेना सैन्यका लागि
विषय: गणित
शिर्षक: परीक्षा
सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूले राम्रोसँग अध्ययन गर्नुहोला।
१. जोड गर्नुहोस् । (२)
क) ६३९८
​२५५८
​२. घटाऊ गर्नुहोस् । (२)
क) रु. ७२५ मा किनेको सामान रु. १००० तिर्दा कति फिर्ता पाइन्छ ?
​३. गुणन गर्नुहोस् । (२)
क) ५९९ × ६४०
​४. भाग गर्नुहोस् । (२)
क) रु. ६०० बराबर पर्ने गरी २० जनालाई बाँड्दा प्रत्येकले कति पाउँछन् ?
​५. तलका अंकलाई अक्षर र अक्षरलाई अंकमा लेख्नुहोस् । (२)
क) ७५५८२
ख) छब्बीस हजार चौरासी
​दोस्रो खण्ड
​६. २५ वटा कलमको मूल्य रु. ६२५ पर्छ भने ४० वटा कलमको मूल्य निकाल्नुहोस् । (३)
​७. १ दर्जन केरा रु. १२८ मा किनेर रु. १९२ मा बेच्दा प्रति कोशा कति रुपैयाँ नाफा हुन्छ ? निकाल्नुहोस् । (३)
​८. सरल गर्नुहोस् । (३)
४० ÷ २{(२+३) - ४} + ६
​९. रु. ३०० को रु. ७५ कति प्रतिशत हुन्छ ? (३)
​१०. श्यामले रु. ३०,००० वार्षिक ५% साधारण ब्याजदरमा २ वर्षका लागि जम्मा गर्दा कति रुपैयाँ ब्याज पाउँछ ? निकाल्नुहोस् । (३)

18/08/2026

Question of the day(day-24)
प्राविधिक प्रहरी जवान तथा नेपाली सेना सैन्यका लागि
विषय: गणित
शिर्षक: जोड, घटाउ, गुणान,भाग सम्बन्धि भाषागत समस्याहरु
सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूले अनिवार्य हल गर्नुहोला।

​​प्रश्न १: एउटा पसलमा पहिलो दिन रु. ५,४००, दोस्रो दिन रु. ३,८५० र तेस्रो दिन रु. ६,७२० को सामान बिक्री भयो भने तीन दिनमा जम्मा कति रुपैयाँको बिक्री भयो?
​प्रश्न २: एउटा टेलिभिजनको मूल्य रु. २५,००० पर्छ। यदि रामसँग रु. १८,४५० मात्र छ भने सो टेलिभिजन किन्न उसलाई अझै कति रुपैयाँ पुग्दैन?
​प्रश्न ३: एउटा बाकसमा ३५ वटा स्याउ अट्छन् भने त्यस्ता ४२ वटा बाकसहरूमा जम्मा कति वटा स्याउ अट्छन्?
​प्रश्न ४: रु. १२,६०० लाई १५ जना मजदूरहरूमा बराबर बाँड्दा प्रत्येक मजदूरले कति रुपैयाँ पाउँछन्?
​प्रश्न ५: रमेशले रु. ४५० पर्ने १ थान प्यान्ट र रु. २५० पर्ने २ थान टि-सर्ट किने। उनले पसलमा रु. १५०० को नोट दिए भने कति रुपैयाँ फिर्ता पाउँछन्?
​प्रश्न ६: एउटा पसलबाट सीताले रु. ६० दरका ५ वटा कापी र रु. १५ दरका १० वटा कलम किनिन्। उनले जम्मा कति रुपैयाँ खर्च गरिन्?
​प्रश्न ७: हरिबाबुले रु. २५०० मा एउटा घडी र रु. १२०० मा एउटा चश्मा किने। पछि उनले घडीमा रु. ३०० र चश्मामा रु. २०० नाफा राखेर बेचे भने जम्मा कति रुपैयाँ प्राप्त गरे?
​प्रश्न ८: एउटा विद्यालयका १५ जना विद्यार्थीहरूले जनही रु. २०० का दरले र १० जना शिक्षकहरूले जनही रु. ५०० का दरले शैक्षिक भ्रमणका लागि रकम उठाए भने जम्मा कति रकम जम्मा भयो?

Photos from Meta Education Birendranagar's post 17/08/2026

मेटा एजुकेशन सुर्खेतमा श्रावण ३० गते शनिबार लिएको #नेपाली_सेना_सैन्य को साप्ताहिक नमुना लिखित परीक्षाको नतिजा।
बेरिङ तथा फिजिकल पास हुनुभएका भाइबहिनीहरूले कक्षा लिन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला। सम्पर्कका लागि ९८६१०७४३७०, ९८४८२२७७९४

17/08/2026

Question of the day(day-23)
प्राविधिक प्रहरी जवान तथा नेपाली सेना सैन्यका लागि
विषय: गणित
शिर्षक: परीक्षा
सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूले अनिवार्य हल गर्नुहोला।
पहिलो खण्ड
​१. जोड गर्नुहोस् । (२)
क) ८७९६+​४८६७
​२. घटाऊ गर्नुहोस् । (२)
क) रु. ८६५.५० मा किनेको सामान रु. १००० तिर्दा कति फिर्ता पाइन्छ ?
​३. गुणन गर्नुहोस् । (२)
क) ७८५ × ४५०
​४. भाग गर्नुहोस् । (२)
क) रु. १५०० बराबर पर्ने गरी २५ जनालाई बाँड्दा प्रत्येकले कति पाउँछन् ?
​५. तलका अंकलाई अक्षर र अक्षरलाई अंकमा लेख्नुहोस् । (२)
क) ९८०६५
ख) पचासी हजार सात सय नौ
​दोस्रो खण्ड
​६. ३५ वटा कपिको मूल्य रु. १२२५ पर्छ भने ५० वटा कपिको मूल्य निकाल्नुहोस् । (३)
​७. १ दर्जन सुन्तला रु. १८० मा किनेर रु. २४० मा बेच्दा प्रति गोटा कति रुपैयाँ नाफा हुन्छ ? निकाल्नुहोस् । (३)
​८. सरल गर्नुहोस् । (३)
६० ÷ ३{(४+६) - ७} + १५
​९. रु. ५०० को रु. १६० कति प्रतिशत हुन्छ ? (३)
​१०. हरिले रु. ५०,००० वार्षिक ८% साधारण ब्याजदरमा ३ वर्षका लागि जम्मा गर्दा कुल साधारण ब्याज र मिश्रधन कति हुन्छ ? निकाल्नुहोस् । (३)

Photos from Meta Education Birendranagar's post 17/08/2026

2083-04-30 गते शनिबार भएको मधेस प्रदेश वनरक्षक नमुना परीक्षा 69 काे नतिजा

Photos from Meta Education Birendranagar's post 17/08/2026

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा प्राविधिक प्रहरी जवानलाई परीक्षामा सोध्न सक्ने Hepling verb( सहायक क्रिया) सम्बन्धी नमुना प्रश्नहरू

16/08/2026

Question of the day(day-22)
प्राविधिक प्रहरी जवान तथा नेपाली सेना सैन्यका लागि
विषय: गणित
शिर्षक: अङ्क र अक्षर
सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूले राम्रोसँग अध्ययन गर्नुहोला।

16/08/2026

वनरक्षको साप्ताहिक परीक्षा
कक्षा लिन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला।

Photos from Meta Education Birendranagar's post 16/08/2026

#प्राविधिक_प्रहरी_जवानको श्रावण २९ गते शुक्रबार लिएको साप्ताहिक लिखित नमुना परीक्षाको नतिजा प्रकाशन।
ल है साथीहरू अझ व्यापक रूपमा मेहनत गर्नुपर्ने आवश्यकता देखिन्छ।

15/08/2026

#नेपाली_सेना_सैन्यको लिखित नमुना परीक्षा दिँदै विद्यार्थी भाइबहिनीहरु(2083-04-30)
मेटा एजुकेसन सेन्टर तपाईँलाई कस्तो लाग्छ कृपया तपाईंको प्रतिक्रिया दुई शब्दमा।
Meta Education Birendranagar
मेटा एजुकेशन सुर्खेत 986-8127941 , 9848227749, 9861074370

Want your school to be the top-listed School/college in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Mangalghadi
Surkhet