Shabdavidya - शब्दविद्या

Shabdavidya - शब्दविद्या

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shabdavidya - शब्दविद्या, Education, Siraha.

14/06/2026

कुलतको चंगुलमा मधेस : युवा पुस्तामाथि मडारिएको संकट

मधेस प्रदेशमा पछिल्ला वर्षहरूमा लागुऔषधको कुलत एक गम्भीर सामाजिक समस्याका रूपमा फैलिरहेको छ। खुला सिमाना, नशालु पदार्थको सहज उपलब्धता, खराब संगत तथा अभिभावकीय निगरानीको कमीका कारण धेरै युवा र किशोरकिशोरीहरू यस कुलतमा फसिरहेका छन्। यसको परिणामस्वरूप स्वास्थ्य समस्या, अपराध वृद्धि, शैक्षिक क्षति र पारिवारिक विघटन जस्ता नकारात्मक असरहरू देखिन थालेका छन्। विशेष गरी देशको भविष्य निर्माण गर्ने युवा पुस्ता नै कुलतको सिकार बन्दै जानु अत्यन्त चिन्ताको विषय हो। यस समस्याको समाधानका लागि परिवार, विद्यालय, समुदाय र सरकारले संयुक्त रूपमा सचेतना अभिवृद्धि, कडा कानुनी निगरानी तथा प्रभावकारी पुनर्स्थापना सेवाहरू सञ्चालन गर्न आवश्यक छ। मधेसको उज्ज्वल भविष्यका लागि युवाहरूलाई कुलतबाट जोगाउनु आजको सबैभन्दा ठूलो सामाजिक दायित्व हो।
B***n PMO Nepal

19/10/2023

Today, Pt. Gobind Jha, a renowned Maithili poet, storyteller, novelist, linguist, grammarian, and polyglot of Indian origin, passed away at the age of 103. Even in the hundreds of years of his life, Pt. Jha lived an active and brilliantly creative life. I first learned about him through the esteemed Guru Shri Dhirendra Premarshi, who respectfully mentioned, "He is perhaps the first Maithili writer who remained active in creating literature for centuries of his life." Guru also noted, "He continued to be an active user of social media." His demise has inflicted irreparable damage upon Maithili language and literature today. Heartfelt tribute!

28/07/2022

२०७८ सालको एसईईको ग्रेड वृद्धि परीक्षा आगामी भदौको पहिलो सातामा हुनेछ ।

28/07/2022

G.P.A लाई नि Grade मा change गरेर A+ A, B+ ....आयो भनेको हल्ला देख्दा अचम्म लाग्छ। SEE को वास्तविक नतिजा प्राप्त गरेको G.P.A नै हो। यसलाई grade मा वा percentage मा रुपान्तरण गरेर मेरो A+, A, B+ ....अथवा यति र उति प्रतिशत आयो भन्नू बिल्कुलै गलत हो र अनिविज्ञयता पनि हो।

1) GPA लाई नम्बरमा नबदलौँ , त्यो बदल्ने कुनै आधिकारिक नियम छैन र बदल्न मिल्दैन ।
2) GPA लाई प्रतिशतमा नबदलौँ , त्यो बदल्ने कुनै आधिकारिक नियम छैन र बदल्न मिल्दैन ।
3) GPA लाई GPA नै बुझौँ । यो GPA नै हो , नम्बर होइन, प्रतिशत होइन।

SEE को नतिजा बिश्लेशणमा आफूले प्राप्त गरेको GPA ( grade point average ) लाई 25 ले multiply गरेर प्रतिशात निकाल्ने कुरा गलती हो। कसैले यदि 3.2 GPA प्राप्त गरेमा त्यो उसको प्रत्येक विषयको उपलब्धी नभई समग्र बिषयको औसत हो जुन 80% हैन।
प्रतिशत मै तुलनामा गर्न मन लागे बिषयगत रुपमा letter GRADE हेरि प्रत्येक विषयको B+ आएमा 70% भन्दा माथी र 80 % भन्दा तल को औसत उपलब्धी मान्न सकिन्छ ।

26/07/2022

३५ प्रतिशतभन्दा कम ल्याउनेलाई अवर्गीकृत (नन ग्रेडेड) गर्ने व्यवस्था यसपटक लागू नगर्ने निर्णय भएको छ । एसईईमा पूरानै ग्रेडिङ पद्धति लागू हुनेछ! भोलि नतिजा आउँदा Math र Science मा E आयो भने पनि अब कक्षा ११ मा Math, Science बाहेकका अन्य विषय पढ्न पाउनुहुनेछ! ❤

26/07/2022

SEE को नतिजा भोलि सार्वजनिक हुँदै...

यसपालिको नतिजा पुरानै प्रारुपको ग्रेडिङ प्रणालीअनुसार प्रकाशित हुँदै। NG (Not Graded) यसपालीदेखी लागू नगरिने।

26/01/2022

▶️केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरे अनुुसार नेपालको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा:

◾️जनसंख्या : २,९१,९२,४८०
◾️पुरुष : १,४२,९१,३११
◾️महिला : १,४९,०१,१६९
◾️वृद्धि दर : ०.९३%
◾️जनघनत्व : १९८ जना प्रति वर्ग किमि
◾️बिदेशमा बसेका नेपाली : २१,६९,४७८
◾️प्रति परिवार संख्या : ४.३२
◾️धेरै जनसंख्या भएको जिल्ला : काठमाडौं
◾️कम जनसंख्या भएको जिल्ला : मनाङ
◾️जम्मा परिवार संख्या : ५६,४३,९४५

▶️लैङ्गिक अनुपात (जिल्लाको आधारमा)
◾️सबैभन्दा बढी लैंगिक अनुपात भएको जिल्ला : मनाङ, १३०
◾️सबैभन्दा कम लैंगिक अनुपात भएको जिल्ला : प्यूठान, ८२

▶️भौगोलिक बनोट अनुसार नेपालको जनसंख्या
◾️हिमालको जनसंख्या : ६.०९%
◾️पहाडको जनसंख्या : ४०.२५%
◾️तराईको जनसंख्या : ५३.६६%

▶️सबैभन्दा कम जनसङ्ख्या भएका ५ जिल्ला :
◾️१) मनाङ
◾️२) मुस्ताङ
◾️३) डोल्पा
◾️४) रसुवा
◾️५) हुम्ला

▶️सबैभन्दा धेरै जनसंख्या भएको प्रदेश : मधेस प्रदेश
◾️दोस्रो : बागमती
◾️तेस्रो : लुम्बिनी
◾️चौथो : प्रदेश १
◾️पाँचौ : सुदूरपश्चिम
◾️छैठौं : गण्डकी
◾️सबैभन्दा कम जनसंख्या भएको प्रदेश : कर्णाली

▶️सबैभन्दा बढी जनसङ्ख्या भएका ५ जिल्ला :
◾️१) काठमाडौं
◾️२) मोरङ्ग
◾️३) रुपन्देही
◾️४) झापा
◾️५) सुनसरी

Want your school to be the top-listed School/college in Siraha?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Siraha