एउटा किताब, एउटा कलम, एउटा बच्चा र एक शिक्षकले संसार बदल्न सक्छन्!"
#एउटा किताब — ज्ञानको द्वार
किताब साधारण वस्तु जस्तो लाग्ने पनि यसमा विचार, इतिहास, विज्ञान, र अनुभवहरू सुरक्षित हुन्छन्। किताबले मानिसको सोच बदल्छ, र सोच बदलिँदा समाज बदलिन थाल्छ।
#एउटा कलम — अभिव्यक्तिको शक्ति
कलमले विचारलाई स्वर दिन्छ। लेखन सक्ने क्षमता भनेको आफ्नो आवाज संसारसम्म पुऱ्याउने क्षमता हो। कलमले परिवर्तनका कथा लेख्छ, प्रतिरोधको आवाज बुलन्द गर्छ, र भविष्यका कल्पनाहरूलाई आकार दिन्छ।
#एउटा बच्चा — भविष्यको बीउ
बच्चा आजको होइन, भोलिको प्रतिनिधि हो। उनीहरूमा लगाइएको शिक्षा र मूल्यले नै भविष्य कस्तो हुने हो भन्ने निर्धारण गर्छ। एक शिक्षित बच्चाले भोलि जिम्मेवार नागरिक आविष्कारक तथा नेता बनेर संसार परिवर्तन गर्छ।
#एक शिक्षक — मार्गदर्शक शक्ति
शिक्षकले किताब र कलमलाई अर्थ दिन्छन्, र बच्चामा असल विचार र चरित्र निर्माण गर्छन्। उनीहरूले ज्ञान मात्र नदिई, सोच्ने तरिका पनि सिकाउँछन्।
Shree indra jay bhagwati sec school Golbazar 6
This page is created to give some new information about the school
आदरणीय अभिभावक ज्यू तथा हाम्रा विद्यार्थीहरु, जसरी हजुरहरू लाई थाहा नै छ कि आज छुट्टी को अन्तिम दिन र भोलि देखि हाम्रो विद्यालयको पठन-पाठन शुरु हुनेछ त्यसो हुँदा सम्पूर्ण अभिभावकहरु लाई अनुरोध गरिन्छ कि आ-आफ्नो नानीबाबुहरु लाई उनीहरूले लगाउने पोशाक, जुत्ता, मुज्जा सफा का साथ लगाई पठाई दिनु होला ,
कपाल, नङ छोटो गरी काटी चिटिक्क बनाएर पठाइदिनु होला,
छात्रावास बस्ने विद्यार्थीलाई चाहिने सम्पूर्ण सामान उनीहरू सँगै पठाइदिनु होला ।
धन्यवाद।।।
📢 सूचना‼️ सूचना‼️
आदरणीय अभिभावकज्यू, शिक्षकवर्ग तथा प्रिय विद्यार्थीवर्ग,
भोलि मिति २०८२ असोज २२ गते (बुधवार) देखि नियमित कक्षाहरु सञ्चालन हुने जानकारी गराइन्छ।
कृपया सबै शिक्षकज्यू र विद्यार्थीहरूलाई निर्धारित समयमा विद्यालयमा उपस्थित हुन विनम्र अनुरोध गरिन्छ।
धन्यवाद।
श्री आई जे वि स्कुल गोलबजर ६ सिरहा
07/10/2025
📢 सूचना‼️ सूचना‼️
आदरणीय अभिभावकज्यू, शिक्षकवर्ग तथा प्रिय विद्यार्थीवर्ग,
भोलि मिति २०८२ असोज २२ गते (बुधवार) देखि नियमित कक्षाहरु सञ्चालन हुने जानकारी गराइन्छ।
कृपया सबै शिक्षकज्यू र विद्यार्थीहरूलाई निर्धारित समयमा विद्यालयमा उपस्थित हुन विनम्र अनुरोध गरिन्छ।
धन्यवाद।
श्री आई जे वि स्कुल गोलबजर ६ सिरहा
विद्यालयको विशेष सूचना!
आदरणीय अभिभावकज्यू,
हाम्रो महान् पर्व वडादशैंको पावन अवसरमा तपाईंहरू सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं । वडादशैँको लामो बिदा अवधिलाई सकारात्मक र प्रभावकारी बनाउनका लागि विद्यालयले विद्यार्थीहरुलाई Assignment प्रदान गरेको छ । यसले विद्यार्थीहरुको घुमफिर र पारिवारिक भेटघाटसँगै अध्ययनप्रति निरन्तर लगाव कायम राख्ने छ । विद्यार्थी भाइबहिनीहरूले सो गृहकार्य विदा पश्चात विद्यालय खुलेकै दिनमा बुझाउनु पर्ने छ । विद्यालय २०८२-०६-२२ गते बुधबारबाट बिहानी शत्रको नियमित तालिकामा सञ्चालन हुनेछ ।
विद्यार्थीको नियमित अध्ययन र व्यक्तित्व विकासमा तपाईँको सक्रिय सहकार्य अमूल्य रहेको छ ।
धन्यवाद ।
– विद्यालय परिवार
Shree I.J.B.school Golbazar 6 Siraha
22/09/2025
🎉🌸🙏 Happy Vijaya Dashami 2082! 🙏🌸🎉
On this auspicious occasion of Dashain, 🎊 we, the entire family of Shree I.J.B secondary boarding school extend our heartfelt wishes to all our dear students 👩🎓👨🎓, respected teachers 👩🏫👨🏫, beloved parents 👨👩👧👦, honorable founders 🙌, and every member connected with us 💖.
✨ May Goddess Durga bless you all with:
🌿 Prosperity 🌿 Peace 🌿 Good Health 🌿 Happiness 🌿 Success
Dashain is a festival of unity, love, and togetherness 🏡💞. Let’s celebrate this occasion with joy, spread positivity, and strengthen the bond that unites our school community. 🌈📚
Wishing you a safe and blissful Dashain! 🐐🍂🎶
With love and respect,
🌟 shree I.J.B secondary boarding school Family 🌟
.J.B school golbazar 6 Siraha
२०८२ सालको दोस्रो त्रैमासिक परीक्षा यहि मिति २०८२/०६/०५ आइतवार बाट सञ्चालन हुन गैरहेको हुनाले मिति २०८२/०६/०३ गते भित्र आफ्नो नानीबाबुहरुको प्रवेशपत्र लिइ विधालयलाइ परिक्षा सन्चालन गर्न सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ l
13/09/2025
सूचना ।
मिति :- २०८२ / ५ / २९ गतेदेखि बिधालय संचालन हुने ब्यहोरा सरोकारवाला सबैलाई जानकारी गराईन्छ।
13/09/2025
#विद्यार्थी_भाइबहिनी_अभिभावकहरूलाई_विशेष_अनुराेध।
हाल विद्यालय सञ्चालन हुन नसके पनि चाँडै परिस्थिति अनुकूल हुनेछ र विद्यालय सञ्चालन हुनेछ साथै परीक्षा सञ्चालन हुनेछ। त्यसैले घरमै बसेर नियमित अध्ययन गर्न सुझाव दिईन्छ।
१) पाठ्यपुस्तक ध्यानपूर्वक पढ्ने।
२) मुख्य बुँदाहरू कापीमा नोट गर्ने।
३) पुराना प्रश्नपत्र अभ्यास गर्ने।
४) नयाँ शब्दहरूको अर्थ बुझ्ने।
५) पढेकाे सम्झेर लेख्ने अभ्यास गर्ने।
६) नेपाली/अंग्रेजी भाषाका निबन्ध, कथा, कविता वा दैनिकी लेख्ने/पढ्ने।
७)बिज्ञान , गणित समस्या दैनिक अभ्यास गर्ने।( set बाट )
८) घरमै सरल विज्ञान प्रयोग गर्ने।
९) समाचार पत्र, पत्रिका वा उपन्यास पढ्ने।
१०) शैक्षिक रेडियो/टीभी कार्यक्रम हेर्ने/सुन्ने।
११) चित्रकला वा रचनात्मक गतिविधि गर्ने।
१२) दिदीभाइ वा साथीहरूसँग समूह अध्ययन गर्ने।
१३) सम्भावित प्रश्न आफैं बनाएर अभ्यास गर्ने।
१४) मोबाइल/इन्टरनेट प्रयोग गरेर शैक्षिक सामग्री पढ्ने।
१५) पढेका पाठ दोहोर्याउने।
१६) समय तालिका बनाएर नियमित पढ्ने।
१७) घरायसी कामलाई सिकाइसँग जोड्ने।
👉 निरन्तर अध्ययन, अभ्यास र पुनरावृत्तिले मात्र परीक्षा सफल हुन्छ।
अभिभावकज्यूहरूले आफ्ना नानीहरूको पढाइमा सहयोग र निगरानी गरिदिनुहोला।
- सोनु ठाकुर
विज्ञान शिक्षक I..j.B..school golbazar ६ Siraha
मिति 2082/05/29 गते आईतवार देखि विधालय सञ्चालन हुनेछ ।
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Golbazar 6
Siraha