30/07/2026
नेपाल धार्मिक, सांस्कृतिक तथा जातीय विविधताले सुशोभित राष्ट्र हो। हिन्दू, बौद्ध, मुस्लिम, किराँत, इसाई, जैन, सिख लगायत सबै धर्मले मानवता, प्रेम, करुणा, क्षमा, सहिष्णुता र शान्तिको सन्देश दिएका छन्। कुनै पनि धर्मले हिंसा, घृणा वा द्वन्द्वलाई समर्थन गर्दैन।
तराई क्षेत्रमा घटिरहेका दुःखद घटनाप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं। यस घटनामा ज्यान गुमाउनु भएका सम्पूर्ण दिवङ्गत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछौं। साथै, घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।
आउनुहोस्, धर्म, जात, भाषा र संस्कृतिको विविधतालाई हाम्रो शक्ति ठानी आपसी सम्मान, सहिष्णुता र भाइचाराको भावना अझ सुदृढ बनाऔँ। कुनै पनि अफवाह, घृणा वा हिंसालाई प्रश्रय नदिई सत्य, संयमता र मानवताको पक्षमा एकजुट बनौँ।
हामी सबै नेपाली हौँ। हाम्रो धर्म फरक हुन सक्छ, तर हाम्रो साझा उद्देश्य शान्ति, सद्भाव, सहअस्तित्व र समृद्ध नेपाल निर्माण हो।
"मानवता सबैभन्दा ठूलो धर्म हो। शान्ति नै सबै धर्मको साझा सन्देश हो।"
– सिन्धुली सनराइज इङ्ग्लिस बोर्डिङ स्कुल परिवार