खुस्बु STD मिडिया

खुस्बु STD मिडिया to give a education about sindhuli

कार्यवहाक सभापति पूर्णबहादुर खड्काले नेताहरूसँगै राखेर गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित
09/01/2026

कार्यवहाक सभापति पूर्णबहादुर खड्काले नेताहरूसँगै राखेर गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित

Huge Fire at Tinkune - Sinamangal area. More details to follow...Photo. Anjal Dulal
06/01/2026

Huge Fire at Tinkune - Sinamangal area.
More details to follow...

Photo. Anjal Dulal

05/01/2026

FPO ALERT –
Vijay Laghubitta Bittiya Sanstha Ltd.विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले FPO (Further Public Offering) ल्याएको छ। आज बाट आवेदन दिन सकिने छ ।

04/01/2026

ओली–प्रचण्ड भेट, कांग्रेससहित चुनावी तालमेलको प्रयास

चुनावी तालमेलको प्रयासमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले छलफल तीव्र पारेका छन् । आज बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल भएको हो । छलफलमा सहमति भए/नभएको बारे सार्वजनिक भएको छैन ।हिजो पनि ओली–प्रचण्डबीच भेटवार्ताको तयारी थियो । तर प्रचण्ड काठमाडौं बाहिर रहेको र प्लेन डिले भएर काठमाडौं उत्रिन ढिलो भएपछि भेट हुन नपाएको एमालेका केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । प्रचण्ड आइतबार भारतको नयाँदिल्ली जानु अगाडि ओलीसँग भेटेका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा प्रमुख दलहरूबीच छलफल चलिरहेको बताउँछन् । प्रमुख तीन दल मिलेर चुनाव लड्न लाग्नुभएको हो भन्ने प्रश्नमा उनले भनेका छन्, ‘कांग्रेसको तर्फबाट त्यस्तो प्रस्ताव आएको छ ।’

नेता पुनले तालमेलको विषयमा छलफल भएको तर टुंगो लागिनसकेको पनि बताएका छन् ।

राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । कार्यकाल सकिन लागेकामध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनित हुन् । राष्ट्रपतिबाट मनोनितको हकमा सरकारको सिफारिसमा फेरि राष्ट्रपतिबाटै मनोनित हुन्छन् ।

बाँकी १८ सिटका लागि आगामी ११ माघमा निर्वाचन हुँदैछ ।

कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।

प्रमुख तीन दल एक्ला एक्लै लड्ने अवस्था नभएकाले तालमेलको प्रयास भएको नेताहरू बताउँछन् । कांग्रेस र एमाले मिल्दा अन्तरघातको डर भएको र कांग्रेस र एमालेमध्ये जसले नेकपासँग तालमेल गरेता पनि अर्को पक्षलाई घाटा हुने अवस्था रहेकाले तीन वटै पक्षबीच तालमेलको प्रयास भइराखेको हो ।

राष्ट्रिय सभा निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेसका तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक, डा.प्रकाशशरण महत, एमालेका तर्फबाट शंकर पोखरेल र माओवादीका नेता वर्षमान पुन लगायतका नेतारू दुई पक्षीय र बहुपक्षीय छलफलमा रहेका छन् ।

यही पुस २३ गते मनोनयन दर्ताको समय छ । यसकारण पनि नेताहरूबीच संवाद बाक्लिएको छ । तर, नेताहरूले भेटका विषयबारे औपचारिक रुपमा बोल्न मानेका छैनन् ।

कांग्रेस नेता रमेश लेखकले राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा दलहरूबीच छलफल चलिरहेको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘कुराकानी भइराखेको छ । तर, केही टुंगो लागिसकेको अवस्था होइन ।’

प्रमुख तीन दल नै मिलेर चुनाव लड्ने प्रयासमा रहेका नेताहरूको तर्क छ– ठूला शक्तिहरु मिले भने एउटा बलियो सन्देश जाने कि संविधान बनाउने शक्ति एक ठाउँमा छन् । चुनावी परिणाममा पनि ठूलो तलमाथि हुँदैन । कसैको केही सिट तल माथि हुने न हो ।

कुन प्रदेशमा मतभार कति ?

यदि राष्ट्रिय सभाको निर्वाचनमा प्रमुख तीन दल मिले भने अर्को प्रतिस्प्रर्धी दल नै हुने छैन । किनभने सातै प्रदेशको मतभारमा तीन दल मिल्दा धेरै नै बलिया हुनेछन् ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी एक हजार ५०६ मतदाता रहन्छन् ।

प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको मतभार १९ छ ।

कोशी प्रदेशमा एमालेको ४२१०, कांग्रेसको ३७२२ र नेकपाको १६२३ मतभार जोड्दा ९५५५ पुग्छ । यो कुल मतभार १०१३५ को ९० प्रतिशत बढी हो ।

मधेश प्रदेशको मतभारमा पनि तीन दल दुई तिहाइ मतभारमा छन् । जहाँ कांग्रेस ३१०४, एमाले २४०८ र नेकपा १३४६ मिल्दा मतभार ६८५८ पुग्छ । मधेश प्रदेशमा कुल मतभार १०८३९ छ ।

बागमती प्रदेशको अवस्था उस्तै हुनेछ । कांग्रेसको ४०१३, नेकपाको २७३८ र एमालेको २५७१ जोड्दा ९३२२ पुग्छ । यहाँ कुल मतभार १० हजार ३३५ मतभार छ ।

गण्डकी प्रदेशमा कांग्रेसको २७०४, एमालेको २४५८ र नेकपाको १०१३ जोड्दा ६१७५ मतभार पुग्छ । यहाँ कुल मतभार ६४१० छ । अर्थात्, तीन् दल मिले ९० प्रतिशत बढी बहुमतमा हुनेछन् ।

लुम्बिनीमा कांग्रेसको ३१७९ मतभार छ । एमालेको २८१०, नेकपाको १३९६ मतभार छ । यदि तीन दल मिलेर चुनाव लडे भने ७३८५ मतभार पुग्छ । लुम्बिनीमा कुल मतभार ८७५३ छ । यहाँ तीन दल मिले अर्को कुनै पक्षले चुनाव जित्न सक्ने अवस्था रहन्न ।

कर्णालीमा कांग्रेसको १८६३ मतभार छ । नेकपाको १८४४ मतभार छ । एमालेको ११९५ मतभार छ । तीन वटै दल मिल्दा ४९०२ मतभार हुन्छ । यो प्रदेशमा कुल मतभार ५१५२ छ ।

सुदूरपश्चिममा पनि उस्तै अवस्था छ । कांग्रेसको २५५८, एमालेको १५३३ र नेकपाको १३६५ मतभार जोड्दा ५४५६ पुग्छ । यहाँ कुल ६१५३ मतभार छ ।

अर्थात्, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि प्रमुख तीन दल नै मिलेपछि प्रतिस्प्रर्धा कसैसँग हुने छैन ।

सिन्धुलिमा बोलेरो  दुर्घट्ना मिती २०८२।९।१० गते अं.०८००  बजेको समयमा जि. सिन्धुली तिनपाटन गा.पा ६ गडाम्रे स्थित भित्री स...
25/12/2025

सिन्धुलिमा बोलेरो दुर्घट्ना
मिती २०८२।९।१० गते अं.०८०० बजेको समयमा जि. सिन्धुली तिनपाटन गा.पा ६ गडाम्रे स्थित भित्री सडक खण्डमा गडाम्रेबाट चकमके तर्फ जाँदै गरेको चालक ऐ. ऐ. ५ बस्ने बर्ष २७को पुष्प तामाङले चलाएको बा.१७च. ३१०३ नम्बरको बोलेरो पिकअप गाडी अचानक ब्रेक फेल भई सडक देखी अ. १५० मिटर तल खेतमा खसि दुर्घटना हुदा चालक सहित निम्न स्थान बस्ने निम्न सवार मानिसहरु घाईते भएको भन्ने खबर ऐ ०९;०० बजेको समयमा प्र.चौ वाङरिङमा जानकारी प्राप्त हुनासाथ प्र.चौ वाङरिङबाट प्र.ह बालकृष्ण खत्री(९८४४५७१३८९)को कमाण्डमा २ जना प्रहरी टोली खटी गई घाइतेहरुलाई जिल्ला अस्पताल सिन्धुली तर्फ पठाएको उक्त नम्बरको गाडी पुर्ण रुपमा क्षती भएको घटना स्थलमा नै रहेको चालकको का.प. साथमा नरहेको घटना स्थल प्रचौ वाङरिङबाट अ. १५ कि.मि. कच्ची उत्तर पर्ने , अन्य बिबि पछी।
निम्न घाईतेहरुः-
१ चालकः- जिल्ला सिन्धुली तिनपाटन गापा ५ बस्ने बर्ष २७ को पुष्प तामाङको दाँया हात , खुट्टामा चोट अवस्था मध्यम ।
२ ऐ.ऐ. ६ बस्ने बर्ष २४ की साबित्रा थापाको ढाड र दुवै खुट्टामा चोट अवस्था मध्यम ।
३. ऐ. ऐ. बस्ने बर्ष २८ की सविता बुर्जाको बाया खुट्टा नचलेको अवस्था मध्यम ।
४ ऐ.ऐ. बस्ने बर्ष २३ कि पुनम पुलामीको निधार र वाया पाखुरामा चोट अवस्था मध्यम ।
५. ऐ. ५ बस्ने बर्ष २३ को अर्जुन तामाङको निधारमा चोट अवस्था मध्यम ।
६. ऐ.ऐ. बस्ने बर्ष २१ को निरज तामाङ बाहिरी चोट नदेखीएको अबस्था मध्यम।

23/12/2025

रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन साहबीच आगामी राजनीतिक यात्रा सँगै अघि बढाउने समझदारी बनेको छ। स्रोतका अनुसार, पहिलो चरणमा बालेनलाई भावी प्रधानमन्त्री बनाउन रवि सघाउनेछन् भने अर्को चुनावमा बालेनले रविलाई सघाउने सहमति भएको छ।
गएराति रास्वपा केन्द्रीय सदस्य असिम साहको आवासमा ६ घण्टा वार्ता भएको थियो। छलफलमा एउटै पार्टी बनाएर अघि बढ्ने, शक्ति बाँडफाँट, चुनाव चिह्न र पार्टीको नामजस्ता विषयमा कुराकानी भएको छ। स्रोतका अनुसार बालेनले रास्वपाको घण्टी चुनाव चिह्न र पार्टीको नाममा भने छलफल जारी राख्ने छन् । मिल्न बाँकी थप विषयमा निरन्तर छलफल जारी राख्ने समझदारी उनीहरुबीच भएको छ । बालेनसँग एकता र शक्ति बाँडफाँटमा रवि लचिलो देखिएका छन् ।

18/12/2025

एमाले महाधिवेशनको ताजा मतपरिणाम :
अध्यक्ष :
केपी ओ‌ली - १६६३ 🟩
ईश्वर पोखरेल - ५६४
महासचिव :
शंकर पोखरेल - १२२८🟩
सुरेन्द्र प्रसाद पाण्डे -९९८

18/12/2025

पप्पु कन्स्ट्रक्सनको लापरबाहीले अलपत्र परेको पुलमा कुलमान घिसिङको छड्के निरीक्षण, उद्घाटन नहुँदै भत्कियो बर्दियाको गुलरिया–बारबर्दिया जोड्ने पक्की पुल
भिडियो : Hemraj Thapa

18/12/2025

मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने
समाचार कमेन्टमा

अन्तर्राष्ट्रिय आप्रवासी दिवसमा आईटीयूसीले सुरक्षित, व्यवस्थित र अधिकारसम्बद्ध आप्रवासन प्रणाली कार्यान्वयन गर्न सबै सरक...
18/12/2025

अन्तर्राष्ट्रिय आप्रवासी दिवसमा आईटीयूसीले सुरक्षित, व्यवस्थित र अधिकारसम्बद्ध आप्रवासन प्रणाली कार्यान्वयन गर्न सबै सरकारलाई आह्वान गरेको छ।

अन्तर्राष्ट्रिय आप्रवासी दिवस २०२५ को अवसरमा अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आईटीयूसी) ले मानव अधिकारमा आ.....

Address

Sindhuli
Sindhuli Gadhi
NO

Telephone

9844253699

Website

Alerts

Be the first to know and let us send you an email when खुस्बु STD मिडिया posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category