श्री रामेश्वर मा.वि. वाली बिज्ञान, धर्मदेवी-५, संखुवासभा

  • Home
  • Nepal
  • Sankhuwasabha
  • श्री रामेश्वर मा.वि. वाली बिज्ञान, धर्मदेवी-५, संखुवासभा

श्री रामेश्वर मा.वि. वाली बिज्ञान, धर्मदेवी-५, संखुवासभा Rameshwor Secondary School, Dharmadevi-5, Mamling, Sankhuwasabha, offers quality education from early childhood to Grade 12.

With modern facilities and technical streams, it nurtures skilled and responsible individuals for society. Rameshwor Secondary School, located in Dharmadevi Municipality-5, Mamling, Sankhuwasabha, is a renowned community school dedicated to providing quality education since its establishment in 2008 B.S. The school offers education from early childhood classes to Grade 12, including specialized programs in technical agriculture (Plant Science), commerce, and education streams. Equipped with modern facilities such as ICT-integrated classrooms, science laboratories, a well-organized library, and a smart learning environment, the school prioritizes both academic excellence and practical learning. Regular teacher capacity-building programs, curriculum innovations, and student-centered teaching methodologies ensure the holistic development of students. With strong community support and a focus on leadership, technical skills, and ethical values, Rameshwor Secondary School aims to nurture capable, responsible, and competitive individuals who contribute positively to society.

श्री रामेश्वर माध्यमिक विद्यालयमा विद्यार्थीहरूबीच आपसी सहयोग, स्वस्थ प्रतिस्पर्धा, अनुशासन, नेतृत्व क्षमता तथा प्रतिभा ...
10/09/2026

श्री रामेश्वर माध्यमिक विद्यालयमा विद्यार्थीहरूबीच आपसी सहयोग, स्वस्थ प्रतिस्पर्धा, अनुशासन, नेतृत्व क्षमता तथा प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले विद्यार्थीहरुलाई समावेश गरि ६ वटा सदन निर्माण गरिएको छ ।
विद्यार्थीहरूलाई अध्ययनसँगै छनौटका आधारमा अन्तर-सदनात्मक (खेलकुद, वक्तृत्वकला, हाजिरीजवाफ, कविता, गीत–सङ्गीत, सिर्जनात्मक तथा अन्य अतिरिक्त क्रियाकलाप) मा सहभागी गराइनेछ। यसले विद्यार्थीमा नेतृत्व गर्ने क्षमता, जिम्मेवारीबोध, आत्मविश्वास र समूहमा मिलेर काम गर्ने संस्कारको विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
सदनगत गतिविधिमा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नुका साथै एक–अर्काबाट सिक्ने र स्वस्थ प्रतिस्पर्धा मार्फत उत्कृष्ट बन्ने प्रेरणा पाउनेछन्। विद्यालयको शैक्षिक वातावरणलाई थप सक्रिय, सिर्जनशील र उत्साहपूर्ण बनाउन सहयोग पुर्‍याउँछ।
विद्यालय परिवारको निरन्तर प्रयास, शिक्षकहरूको मार्गदर्शन र विद्यार्थीहरूको सक्रिय सहभागिताबाट सदन प्रणालीलाई प्रभावकारी बनाउँदै विद्यालयको समग्र शैक्षिक तथा अतिरिक्त क्रियाकलापको गुणस्तर अझ उन्नत बनाउन सकिने विश्वास लिएका छौं।
सम्पूर्ण विद्यार्थीहरूलाई सफल सहभागिताका लागि हार्दिक शुभकामना!

07/09/2026

सार्वजनिक बिदासम्बन्धी सूचना

मिति २०८३ भदौ २३ गते "जेन्जी सहिद दिवस" मनाउने नेपाल सरकारको निर्णयअनुसार श्री रामेश्वर माध्यमिक विद्यालयमा पनि भोलि विद्यालयको नियमित पठनपाठन तथा अन्य सम्पूर्ण शैक्षिक गतिविधिहरू बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। विद्यालयको नियमित पठनपाठन भदौ २४ गतेदेखि पूर्ववत् रुपमा सञ्चालन हुनेछ।

श्री रामेश्वर माध्यमिक विद्यालय
विद्यालय प्रशासन

कक्षा ११ को बिषय दर्ता फारम बुझाउने सम्बन्धमा ।
07/09/2026

कक्षा ११ को बिषय दर्ता फारम बुझाउने सम्बन्धमा ।

06/09/2026

सूचना
भोलि मिति २०८३/०५/२२ गते सोमवार प्रार्थना समयमा शोक मनाएर नियमित पठनपाठन हुनेछ ।धन्यवाद।

श्री रामेश्वर माध्यमिक विद्यालयमा २०८३ भाद्र १६ गतेका दिन आयोजित कृषिधारतर्फको OJT सेमिनार अत्यन्त उपयोगी, ज्ञानवर्धक तथ...
01/09/2026

श्री रामेश्वर माध्यमिक विद्यालयमा २०८३ भाद्र १६ गतेका दिन आयोजित कृषिधारतर्फको OJT सेमिनार अत्यन्त उपयोगी, ज्ञानवर्धक तथा प्रभावकारी रूपमा सम्पन्न भएको छ। उक्त सेमिनारले शिक्षकहरूमा आफ्नो पेशागत दक्षता अभिवृद्धि गर्नुका साथै शिक्षण–सिकाइका नवीन विधि, व्यवहारिक अभ्यास तथा अनुभव आदान–प्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।

त्यसैगरी, सेमिनारमा सहभागी सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्ना अनुभव, जिज्ञासा तथा विचारहरू प्रस्तुत गर्नुभएकोमा उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

कार्यक्रममा बाह्य प्रशिक्षकका रूपमा उपस्थित प्रशिक्षक ज्यूले आफ्नो ज्ञान, अनुभव र विशेषज्ञता मार्फत OJT सम्बन्धी महत्वपूर्ण विषयहरू स्पष्ट रूपमा प्रस्तुत गर्नुभएकोमा विशेष धन्यवाद व्यक्त गर्दछौं।

सेमिनार सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने प्रधानाध्यापक ज्यू, बाह्य प्रशिक्षक ज्यू, शिक्षक ज्यूहरू तथा विद्यार्थीहरुप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।

अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ६-८ र ९-१२ (वक्तृत्वकला), कक्षा १-५ (हिसाब दौड र भित्र-बाहिर खेल) मा सहभागी भैं प्रथम...
01/09/2026

अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ६-८ र ९-१२ (वक्तृत्वकला), कक्षा १-५ (हिसाब दौड र भित्र-बाहिर खेल) मा सहभागी भैं प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई प्रधानाध्यापक तथा तहगत इन्चार्जहरुद्वारा पुरस्कार वितरण (२०८३-०५-१६)

आज विद्यालयमा लाखे नाच, कक्षा ११ का विधार्थीहरुलाई स्वागत कार्यक्रम र वक्तृत्वकला प्रतियोगिताका झलकहरु।मिति:२०८३/०५/११ ब...
27/08/2026

आज विद्यालयमा लाखे नाच, कक्षा ११ का विधार्थीहरुलाई स्वागत कार्यक्रम र वक्तृत्वकला प्रतियोगिताका झलकहरु।मिति:२०८३/०५/११ बिहिवार ♥️

21/08/2026
श्री रामेश्वर माध्यमिक विद्यालयमा कक्षा ९ र १० (कृषिधार) का विद्यार्थीहरूद्वारा विद्यालय परिसरलाई सुन्दर, हराभरा र आकर्ष...
20/08/2026

श्री रामेश्वर माध्यमिक विद्यालयमा कक्षा ९ र १० (कृषिधार) का विद्यार्थीहरूद्वारा विद्यालय परिसरलाई सुन्दर, हराभरा र आकर्षक बनाउन गमलामा विभिन्न फूलहरू रोप्दै....(प्रयोगात्मक कार्य गर्दाबखतका केही तस्बिरहरु 🌺🪴)

श्री रामेश्वर मा. वि. का पूर्व विद्यार्थी लक्ष्मीमाया गुरुङ्गले आफ्नो जन्मोत्सव (भाद्र १) को पावन अवसरमा विद्यालयका अनुश...
17/08/2026

श्री रामेश्वर मा. वि. का पूर्व विद्यार्थी लक्ष्मीमाया गुरुङ्गले आफ्नो जन्मोत्सव (भाद्र १) को पावन अवसरमा विद्यालयका अनुशासित तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री प्रदान गर्नुभएको छ। उहाँको यस रचनात्मक सहयोगले विद्यार्थीहरूलाई अध्ययनमा थप प्रेरणा मिल्ने विश्वास गरेका छौं । जन्मोत्सवको अवसरमा विद्यालय परिवार उहाँप्रति हार्दिक शुभकामना तथा धन्यवाद व्यक्त गर्दछ।

Address

Mamling, Dharmadevi-5
Sankhuwasabha

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00
Sunday 09:00 - 17:00

Telephone

+9779742296044

Website

Alerts

Be the first to know and let us send you an email when श्री रामेश्वर मा.वि. वाली बिज्ञान, धर्मदेवी-५, संखुवासभा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to श्री रामेश्वर मा.वि. वाली बिज्ञान, धर्मदेवी-५, संखुवासभा:

Shortcuts

Share

Category