22/08/2026
आरती टेक्निकल इन्स्टिच्युट, श्रीनगर, सल्यानद्वारा मिति २०८३ भाद्र ५ गते, शुक्रबारका दिन ‘स्वागत तथा बिदाइ कार्यक्रम’ भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। एच.ए. दोस्रो वर्षकी विद्यार्थी सुश्री प्रतिमा खड्काको अध्यक्षता तथा शारदा नगरपालिकाका नगर उपप्रमुख श्रीमती सुनिता सापकोटाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा इन्स्टिच्युट तथा कालीगण्डकी हेल्थ फाउन्डेसनका अध्यक्ष एवम् समाजसेवी श्री रामचन्द्र भण्डारीज्यू विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
सुश्री खिमा खड्काद्वारा सञ्चालित सो कार्यक्रममा इन्स्टिच्युटका कार्यकारी निर्देशक श्री दुर्गा प्रसाद भण्डारी, प्रिन्सिपल श्री बेनोज बस्नेत, विभिन्न प्रशासनिक, सामाजिक तथा शैक्षिक संस्थाका प्रतिनिधिहरू, शिक्षक तथा प्रशिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समारोहमा एच.ए. प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरूलाई भव्य स्वागत गरिनुका साथै तेस्रो वर्षका उत्तीर्ण विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरी बिदाइ गरिएको थियो। विद्यार्थीहरूका आकर्षक सांस्कृतिक नृत्य तथा अतिथिहरूको प्रेरणादायी मन्तव्यले कार्यक्रमलाई थप स्मरणीय बनाएको यस विशेष दिनका केही तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।
Photo Courtesy: Bhim Bhandari
09/08/2026
विद्यार्थी भर्ना तथा रजिष्ट्रेशन फाराम भर्ने म्याद सम्वन्धी अत्यन्त जरुरी सूचना
( सूचना प्रकाशित मिति २०८३/०४/२२ गते )
07/08/2026
प्रि-डिप्लोमा तहको एक विषयको मौका परीक्षाको केन्द्र कायम गरिएको सम्बन्धी
अत्यन्त जरुरी सूचना
(सूचना प्रकाशित मिति: २०८०।०४।२२ गते)