21/08/2026
आज मिति २०८३/०५/०५ गते यस बिद्यालयको समाजिक परिक्षण प्राबिधिक उपसमितिमा श्री लक्ष्मी मा.वि का शिक्षक श्री लोकेन्द्र बहदुर चन्द संयोजक र शिक्षक श्री गङ्गा गिरी सदस्य पदमा छनोट भइ प्राबिधिक उपसमितिको सम्पुर्ण कामकार्बाही सम्पन्न गर्नु भएकोमा यस बिद्यालयको सम्पुर्ण बिद्यालय परिवारको तर्फबाट हार्दिक आभार तथा धन्यवाद प्रकट गर्न चाहनछौँ ।
11/08/2026
आफ्नो जन्मदिनको खुसीयालीमा विद्यालयका सम्पूर्ण बालबालिकाहरूलाई एक दिनको पोषिलो दिवा खाजा सौजन्य गर्नुभएकोमा विद्यालय परिवार उहाँप्रति हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछ।तपाईंको यो सह्रानीय र उदाहरणीय कार्यले हामी आभारी छौ । उहाँको सुस्वास्थ्य, दीर्घायु तथा उज्ज्वल भविष्यको संगै फेरि पनि जन्मदिनको शुभकामना व्यक्त गर्दछौँ।
10/08/2026
हाम्रो बिद्यालय कक्षा २ मा अध्ययनरत लगनशील, मेहनती छात्र सान्दर्भिक बुढालाई जन्मदिनको शुभकामना छ ।🌾💐🌹🥀🎂
24/07/2026
शिक्षक एक गुरु मात्र होइन अभिभावकीय दायित्व निभाउने क्रियाशील समर्पित गुरु शिक्षक असल गुरु हो ।🙏
17/07/2026
आदरणीय शिक्षक शिक्षिकाहरू, कर्मचारी वर्ग तथा विद्यार्थी भाइबहिनीहरू,
एक हजार असी रुपैयाँ) बराबरको स्टेसनरी सामग्रीहरू (कापी, कलम, रङ आदि) सौजन्य स्वरूप उपलब्ध गराउनुभएको छ।
"धन दिएर घट्छ, तर ज्ञान दिएर बढ्छ।"
जन्मदिन जस्तो पवित्र दिनमा विद्यालयका बालबालिकाहरूको शैक्षिक विकासका लागि गर्नुभएको यस उदाहरणीय सहयोगका लागि विद्यालय परिवार आदरणीय शिक्षक सृजना बुढा मगर ज्यू र उहाँको सम्पूर्ण परिवारप्रति हृदयदेखि नै हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दछ।
साथै, सानी नानीको आगामी भविष्य उज्ज्वल रहोस्, उहाँको पाइला-पाइलामा सफलता मिलोस् भन्ने कामना गर्दै पुनः एकपटक "पहिलो जन्मदिनको लाखौँ-लाख शुभकामना" व्यक्त गर्दछौँ।
10/07/2026
हाम्रो सृजनशील आधारभूत विद्यालय र वडाका अन्य ४ वटा विद्यालयका बालबालिकाहरूका लागि उचाई तथा तौल नाप्ने सामाग्री सौजन्य गर्नुहुने आदरणीय बुद्धिजिवी एवं समाजसेवी श्री शालिकराम बुढामगर ज्यूलाई हृदयदेखि नै धन्यवाद!
विद्यालय र बालबालिकाको हितका लागि यहाँले पुर्याउनुभएको यो सहयोग निकै सराहनीय छ। साथै, यस कार्यमा हातेमालो गर्ने वडा टिमप्रति पनि विशेष आभार व्यक्त गर्दछौँ।
10/07/2026
श्री सृजनशिल आधारभूत विद्यालयलयमा नगरपालिका को क्यालेन्डर अनुसार यहि असार २७ गते देखी साउन ३ गतेसम्म बर्षे बिदा हुनेछ । त्यस अवधिमा आआफ्नो बालबालिकालाई बिद्यालयबाट दिइएको गृहकार्य गराउने समयमा उनिहरुको पढ्ने र लेख्ने अभ्यासका गतिविधिहरु घरमा गराउनुहुन अनुरोध छ ।साथै नियमित पठनपाठन साउन ४ गतेदेखी हुने गरि विद्यालय खुल्ने कुराको पनि जानकारी गराउदछौ ।