19/07/2026
Notice
year Exam Routine 2083
Educational Institute
19/07/2026
Notice
year Exam Routine 2083
03/07/2026
विदा सम्बन्धी सूचना ।।
24/06/2026
स्नातक तह प्रथम वर्षमा नयाँ भर्ना सम्वन्धी सूचना ।
20/06/2026
# ४ वर्षे स्नातक तह दोस्रो वर्ष नियमित परीक्षाकाे आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०८३ सालको ४ वर्षे स्नातक तह दोस्रो वर्षकाे नियमित परीक्षा दिने परीक्षार्थीहरुकाे लागि परीक्षा आवेदन फाराम सम्वन्धी सूचना प्रकाशन गरेकाे छ । नियमित परीक्षा दिने परीक्षार्थीहरुले परीक्षा आवेदन फाराम भरी यही मिति २०८३ साल श्रावण ५ गतेसम्म नियमित दस्तुर तिरी तथा २०८३ श्रावण ८ गतेदेखि १५ गतेसम्म दाेब्बर दस्तुर तिरी बुझाइ सक्नुपर्नेछ ।
#जानकारी
#स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फाराम भर्नाका लागि भोली मिति २०८३। ०२। १० गते आइतबार पनि क्याम्पस खुला रहनेछ।
23/05/2026
#स्नातक तह चाैथाे वर्षकाे परीक्षा तालिका ।
09/05/2026
# शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातक तह तेस्राे वर्षकाे प्रयाेगात्मक परीक्षा यही २०८३।०१।३१ गते हुने व्यहाेरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
09/05/2026
#स्नातक दाेस्राे वर्षको आंशिक परीक्षा आवेदन फाराम भर्ने सूचना !!
जानकारी: स्नातक प्रथम वर्षको आंशिक परीक्षा फाराम २०७४ सालमा भर्ना भई २०७५ सालमा प्रथम वर्षको नियमित परीक्षामा प्रथम पटक सम्मिलित भएका विद्यार्थीका लागि यो परीक्षा अन्तिम पटक हुनेछ। साथै २०८१ सालकाे नियमित तथा आंशिक परीक्षामा अनुत्तीर्ण भएका र अवधि ननाघेका सम्पूर्ण परीक्षार्थीहरुले याे परीक्षा आवेदन फाराम भर्न पाउनेछन्। २०८२ साल पाैष महिनामा दाेस्राे वर्ष नियमित परीक्षा दिइ अनुत्तीर्ण भएका विद्यार्थीहरू यो परीक्षामा सम्मिलित हुन पाउने छैनन्।
09/05/2026
#स्नातकाेत्तर तह एम.एड. तेस्रो सेमेष्टरकाे परीक्षा केन्द्र सम्बन्धी सूचना !!
#यही २०८३ साल जेठ ८ गतेबाट सञ्चालन हुने एम.एड. तेस्राे सेमेष्टरकाे परीक्षाका लागि यस जनकल्याण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुकाे परीक्षा केन्द्र शारदा क्याम्पस शंखमुल सल्यानमा रहेकाे छ ।
09/05/2026
# ४ वर्षे स्नातक तह प्रथम वर्ष आंशिक तथा माैका परीक्षाकाे केन्द्र सम्वन्धी सूचना!!
# त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा यहि मिति २०८३।०१।३० गतेदेखि सञ्चालन हुन लागेकाे स्नातक तह प्रथम वर्ष २०८१ काे आंशिक तथा माैका परीक्षाकाे केन्द्र निर्धारण गरेकाे छ ।
#जनकल्याण क्याम्पसमा अध्ययनरत विद्यार्थी/परीक्षार्थीहरुकाे परीक्षा केन्द्र देहाय अनुसार रहेकाे छ ।
१. शिक्षाशास्त्र संकायका परीक्षार्थीहरुका लागि सल्यान क्याम्पस खलंगा सल्यान
२. व्यवस्थापन र मानविकी संकायका परीक्षार्थीहरुका लागि शारदा क्याम्पस शंखमुल सल्यान
३. व्यवस्थापन संकाय पुरानाे पाठ्यक्रमका परीक्षार्थीहरुका लागि महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज बाँके