24/06/2026
आज मिति २०८३/०३/१० गते यस विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री चुडामणि पौडेलज्यूको प्रमुख आतिथ्यतामा कक्षा १, २ र ३ का अभिभावकहरूको भेला बिहान १०:०० बजे तथा कक्षा ६ र ७ का अभिभावकहरूको भेला दिउँसो १२:३० बजे सम्पन्न भयो।
साथै, भोलि मिति २०८३/०३/११ गते बिहीबार कक्षा ४ र ५ का अभिभावकहरूको भेला बिहान १०:०० बजे तथा कक्षा ८ का अभिभावकहरूको भेला दिउँसो १२:३० बजे हुने व्यहोरा सम्बन्धित सम्पूर्ण अभिभावक ज्युहरुलाई जानकारी गराइन्छ। आजका केही तस्वीरहरु
24/06/2026
आज मिति २०८३/०३/१० गतेका दिन यस विद्यालयका शिक्षक श्री धर्मराज पोख्रेलज्यूका सुपुत्रको व्रतबन्ध तथा लक्षवत्ती पूजामा सहभागी हुँदा खिचिएका केही तस्बिरहरू।
सुपुत्रलाई व्रतबन्धको हार्दिक बधाई तथा उज्ज्वल भविष्यका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
19/06/2026
सूचना
भोलि मिति २०८३/०३/०६ गते शनिबार रामापुर माध्यमिक विद्यालयमा बिहान ८:०० बजे सञ्चालन हुने SEE पूरक (ग्रेडवृद्धि) परीक्षाका लागि विद्यालयको बस बिहान ७:०० बजे जाने भएकाले परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरूलाई बिहान ७:०० बजे विद्यालयमा उपस्थित हुन सूचित गरिन्छ।
19/06/2026
आज मिति २०८३/०३/०५ गते शुक्रबार कञ्चन गाउँपालिकाबाट प्रदान गरिएका विभिन्न जातका फूल तथा बिरुवाहरू विद्यालयको क र ख ब्लकतर्फ वृक्षरोपण गरियो। केही तस्बिरहरू।
19/06/2026
आज मिति २०८३/०३/०५ गते शुक्रवार अतिरिक्त क्रियाकलाप अन्तर्गत क ब्लकतर्फ तहगत निबन्ध लेखन प्रतियोगिता , कक्षा १-५ अङ्ग्रेजी निबन्ध लेखन तथा १-३ अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता सम्पन्न भयो । केही तस्वीरहरु
19/06/2026
कक्षा १२ को (SLC) बोर्ड परीक्षा २०८३ मा तिर्सना राहादी मगर (3.70 GPA), सृजना लोध (3.64 GPA) र यमकुमारी अधिकारी (3.64 GPA) सहित उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ ।
18/06/2026
सूचना
भोलि मिति २०८३/०३/०५ गते शुक्रवार रामापुर माध्यमिक विद्यालयमा बिहान ८:०० बजे सञ्चालन हुने SEE पूरक (ग्रेडवृद्धि) सामाजिक विषयको परीक्षाका लागि विद्यालयको बस बिहान ७:०० बजे जाने भएकाले परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरूलाई बिहान ७:०० बजे विद्यालयमा उपस्थित हुन सूचित गरिन्छ।