Ex-Students of महामाया भवानी उच्च मा बी देवदह केरवानी रुपन्देही

Ex-Students of महामाया भवानी उच्च मा बी देवदह केरवानी रुपन्देही

Share

welcome to All

11/02/2024

महामाया भवानी मा . बि. देवदह -०४,भवानिपुर ,रूपन्देहीमा स्थापनाकाल देखि हाल सम्म अध्ययन गर्नु भएका सम्पुर्ण बिद्यार्थीहरुलाई यहि मिति २०८०/११/०५ गते शनिबारका दिन बिहान ठिक १०:०० बजे बिद्यालयमा हुने बृहत् भेलामा उपस्थितिको लागि सादर अनुरोध छ ।

09/07/2023

श्री महामाया भवानी मा.वि देवदह-४ मा अध्ययन गरेका पुर्व विद्यार्थीहरुकाे प्रारम्भिक भेला वाट निम्नानुसारकाे तदर्थ समिति गठन गरिएकाे हुदा जिम्मेवारी प्राप्त गर्ने समपुर्णमा सफल कार्यकाे लागी बधाई तथा शुभकामना ।।
संयाेजक:- झविन्द्र पाण्डे
सह-संयाेजक :- गुमानसिंह कुवर
सचिव :- निलराज वस्याल
सह-सचिव:-एलिना हमाल
काेषाध्यक्ष:-हरी प्रसाद भण्डारी
सदस्य:-सुनिता लामिछाने
बावुराम वि.क
कल्पना सुवेदी
यमलाल पाण्डे
विनाेद उदय
छवि भट्टराई
श्रोत : प्रमोद खनाल।

25/03/2020


(COVID-2019 VS चीन, इटली, भारत र नेपाल)

परिचय:

१) चीनको घटना:
---------------------
१० डिसेम्बर २०१९ को त्यो मघ्य दिन, वुहान सहरको माछा ब्यापारी ५७ बर्षीय महिला मिकु जियान,- रूघाखोकी र ज्वरोले गाँजेपछि अस्पताल पुग्छिन्।

अस्पतालले मौसमी रूघाखोकी र ज्वरोको अौषधी दिन्छ। तत्पश्चात उनी फेरि आफनै पसलमा फर्किन्छिन्।

तर दूरभाग्य १८ डिसेम्बर २०१९ को त्यो साँझ फेरि उनी बेहोस भएर पसलमै ढल्छिन्। यो नै पहिलो केस थियो।

समय आफ्नै गतिमा बित्दै थियो। घटना भएको पनि दुई हप्ता हुन लागिसकेको थियो। तर मिकु जियानलाई लागेको रोगको बारेमा केही पत्ता लगाउन सकिरहेको थिएनन्। बरू त्यतिञ्जेल थप ४० जनालाई उहीँ प्रकारको लक्षण र समस्या देखा परिसकेका थियो।

तत्पश्चात्, वुहानले यो अज्ञात रोगको बिषयमा WHO लाई सुचना गराउँछ।

र ७ जनवरी २०२० मा WHO ले यस अज्ञात नयाँ रोगको बिषयमा पत्ता लगाउँछ। र उसैले यस रोगको नाम 2019- nCOV अर्थात 2019 Novel Coronavirus दियो। जसलाई Coronavirus Disease "COVID 2019" पनि भनिन्छ।

२) ईटलीको घटना:
----------------------
३१ जनवरी २०२० रोम, इटलीको त्यो बिहानी, बुहानबाट घुम्न आएका दुई चाईनीज पर्यटकलाई चेकजाँकमा पहिलो पटक COVID 2019 पोजेटीभ देखिन्छ।

ईटलीको लागि यो पहिलो केस थियो।

त्यसको ठिक एक हप्तापछि वुहानबाटै फर्केका एक इटालीयनमा पनि COVID 2019 पोजेटिभ देखिन्छ।

३) भारतको घटना:
-------------------
१ मार्च २०२० मा दुबईबाट मुम्बई आएका ५ जना भारतीय नागरिकमा COVID 2019 पोजेटिभ देखिन्छ।

भारतका लागि यो पहिलो केस थियो।

४) नेपालको अर्थात हाम्रो घटना:
-------------------------------------
२४ जनवरी २०२० जनबरीमा कोरियाबाट आएका एक नागरीकमा COVID 2019 पोजेटिभ देखिन्छ। जो निको हुन्छ।

यो नेपालको लागि पहिलो केस थियो।

तर पून: २३ मार्च २०२० मा फ्रान्सबाट आएको एक बिधार्थीमा पून: COVID 2019 देखियो।

उल्लेखित देशको यथार्थ
------------------------------
नेपाल बाहेक माथिका तीनबटै देश, हरेक दृष्टिकोणले सम्पन्न, सक्षम र शक्तिशाली छ।

स्वास्थ्य क्षेत्रको दृष्टिकोणले मत्र पनि मूल्याङ्कन गर्ने हो भने, चीन र भारत स्वास्थ्यमा एशियाकै सबल र सक्षम देश भित्र पर्दछ।

त्यस्तै गरि इटली, यूरोपकै उत्तम स्वास्थ्य ब्यबस्था भएको देश हो।

तर नेपाल उनीहरू भन्दा धेरै नै पछाडी छ।

COVID 2019 को फैलने चरण:
-----------------------------------------
COVID 2019 लाई फैलाईको आधारमा चार चरणमा बर्गिकरण गरिएको छ।

क) पहिलो चरण- बिदेशबाट आएकाहरूमा मात्र COVID 2019 पोजेटिभ देखिने चरण!

ख) दोस्रो चरण- बिदेशबाट आएकाहरूको आफन्त वा उनीहरूको सम्पर्कमा भएकाहरूमा मात्र COVID 2019 पोजेटिभ देखिने चरण!!

ग) तेस्रो चरण- कहिँ कतै नगएका र बिदेबाट आएकाहरूको सम्पर्कमा पनि नरहेकाहरूलाई COVID 2019 पोजेटिभ देखिने चरण!!!

घ) चौथो चरण- महामारीको चरण!!!!

अबस्था:
------------
चीन र इटली चौथो चरणमा गुज्रीरहेको छ।
भरत तेस्रो चरणमा प्रवेश गर्दैछ।
नेपाल पहिलो चरणमा छ।

गल्ति:
-------
क)चीन:- भाइरस नयाँ भएको कारण चीनलाई भाइरसको बारेमा थाहा पाउनै झल्डै तीन हप्ता लाग्यो। त्यतिन्जेल यसले तेस्रो चरण पार गरिसकेको थियो।

ख) इटली:- भाइरसको बिषयमा इटलीलाई पूरा जानकारी भैसकेको थियो। इटली दूरिमा भर परे। एशियामा फैलिएको हो, यूरोपमा हामी छौं,- भन्ने नै इटलीको ठूलो भ्रम भयो। साथै जनताले पनि सजगता, पूर्व तयारी र सरकारले भनेको कुनै पनि आदेशको सहि पालना गरेनन्। यसकारण इटलीसंग पहिलो चरणमै Corona रोक्ने सामर्थ भएता पनि उसको हेलचेक्र्याईं र अनआज्ञाकारीताको कारण पहिलो चरणबाट एकै पटक चौथो चरणमा पुग्नु पर्यो।

ग) भारत:- भाइरसको बिषयमा पूर्ण जानकारी भारतलाई छ। यसलाई रोक्न पूर्ण रूपले लागिपरेको पनि छ। तर इटलीको जनताझैं भारतीय जनताको अटेरिपन र हेलचेक्राईं नै, भारत,- तेस्रो चरणमा पुग्नुको कारण बनेको छ।

घ) नेपाल:- भाइरसको बिषयमा पूर्ण जानकारी छ। सजगता, पूर्व तयारी र सरकारको आदेश पालन गर्ने हो भने, पहिलो चरणमै भाइरसलाई रोक्न सक्छौं।

बर्तमान परिस्थिती:
-----------------------
चौथ चरण भएर गुज्रीएको चीन र इटलीको COVID 2019 ल्याएको अबस्था, वर्णन नै गर्न नसकिन खालको छ। अर्थात् भयाबह छ।

त्यो तपाईं हामीले सोंचेभन्दा १०० टाईम्स् भयानक छ।

भारतको स्थिती डरलाग्दो बन्दै गएको छ।

समीक्षा:
----------
हामीलाई दोस्रो र तेस्रो चरणसंग भिड्न धेरै नै गाह्रो हुनेछ। चौथो चरण त परको कुरा हो! त्यसैले हामीले COVID 2019 लाई पहिलो चरणमै हराउनु बुद्धिमानी हुनेछ। र यो सोचें भन्दा सजिलो पनि छ।

निचोड:
----------
क) लकडाउन र कर्फूको पालन गर्ने!
ख) घरबाट बाहिर निस्कँदै ननिस्कने!
ग) हात धोइरहने!
घ) मास्कको प्रयोग गर्ने!
ङ) सहि सुचना लिने र दिने!
छ) भिड र हुलबाट टाढा रहने!
ज) खोक्दा, ह्याछिउँ गर्दा मुख छोप्ने!
झ) COVID 2019 लक्षण देखिए तुरून्त अस्पताल जाने!

09/03/2020
21/02/2020

ॐ नम: शिवाय , महाशिवरात्रिकाे पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना।

30/01/2020

जय सरस्वती माता।

25/01/2020

सबै जना सचेत रहनुहोला।

12/01/2020

मेरा साना दुखले आर्ज्याको मुलूक होइन सबैको फूलबारी हो ।

03/01/2020

Vacancy !!

05/10/2019

विजया दशमी ,शुभ-दिपावली , छठपर्वको पावन अवसरमा सम्पुर्णमा सुस्वास्थ्य, दीर्घायु, सुख-शान्ति संमृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।

Want your school to be the top-listed School/college in Rupandehi?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kerwani-7 Bhawanipur
Rupandehi